Trending
>>   सेना परिचालनबारे अध्यक्ष ओलीको अभिव्यक्तिलाई गलत व्याख्या गरियो : एमाले >>   एमाले समानुपातिक उम्मेदवारको बन्दसूची पारित, सोमबार निर्वाचन आयोगमा बुझाउने >>   काठमाडौं मेडिकल कलेजमा ‘क्याथल्याव’ र ‘इपिल्याव’ प्रविधिः आधुनिक हृदय–मस्तिष्क उपचारमा नयाँ युग >>   रास्वपा–बालेन सम्झौताः संघीयता र धर्मनिरपेक्षताबारे मौन रहेको भन्दै जसपा नेपालको आपत्ति >>   चुनाव नै नभई प्रधानमन्त्रीको उम्मेद्वार बनाउने सहमति हाँस्यास्पद : एमाले >>   रवि–बालेनलाई काँग्रेस नेता राठौरको चुनौतिः सहकारी ठग र गँजेडीहरुले १० वर्ष पार्टी चलाएर देखाउन् >>   रवि–बालेनको सहमतिलाई अनौठो मान्नु पर्दैनः धनराज गुरुङ >>   रवि–बालेन सहमतिमा मुलुकलाई निकास दिने ठोस एजेण्डा छैनः राजनीतिक विश्लेषकहरू >>   काँग्रेसले समानुपातिक सूचि सोमवार आयोगमा बुझाउने >>   रवि र बालेनले सत्ता स्वार्थको लागि जेन–जी आन्दोलन हाइज्याक गर्न खोजेः योगेश भट्टराई
Logo
१३ पुष २०८२, आईतवार
१३ पुष २०८२, आईतवार

प्रधानमन्त्री प्रचण्डले आज बोलाए सर्वदलीय बैठक


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज सर्वदलीय बैठक बोलाएका छन् । दिउँसो २ बजे सिंहदरबारमा बस्ने बैठक भूकम्प प्रभावित क्षेत्रमा जारी उद्धार, राहत र पुनर्स्थापनाको विषयमा केन्द्रित हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । त्यस्तै, सरकारले एकद्वार प्रणालीबाट राहत सामग्री वितरणको काम सुरु गरेको छ भने उनीहरुलाई आवासको व्यवस्था गर्ने काम पनि अघि बढाइएको जनाएको छ । यही कात्तिक १७ गते राति जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो । उक्त भूकम्पमा परी जाजरकोट र त्यसको छिमेकी जिल्ला रुकुम पश्चिममा गरी १५३ जनाको मृत्यु भइसकेको छ भने साढे ३ सय जना घाइते भएका छन् । त्यसैगरी दुवै जिल्लामा गरी १७ हजार ७ सय बढी घरहरु पूर्णरुपमा क्षतिग्रस्त भएका छन् । सरकारले भूकम्पमा परी मृत्यु भएकाका परिवारलाई प्रतिपरिवार दुई लाख रुपैयाँ राहत र घाइतेहरुको निःशुल्क उपचार गर्ने निर्णय गरेको छ ।


प्रकाशित मिति: २१ कार्तिक २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?