Trending
>>   सहकारी पीडितको वचत फिर्तामा सरकार संवेदनशील, १ लाख मुनिकालाई प्राथमिकता >>   सरकारद्वारा चैत १९ मा संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस, संविधान संशोधनका लागि कार्यदल गठन >>   सांसदहरुलाई पूर्णबहादुर खड्काले भने–‘संविधान संशोधनको मुद्दा उठेको छ, ख्याल गर्नुहोला’ >>   बालश्रम शोषणको आरोपमा सांसद रेखा शर्मा पक्राउ >>   राइड शेयरिङमा मनोमानी बढेको भन्दै ‘प्रो राइडर समूह’ आन्दोलित, प्रतिकिलोमिटर २७ रुपैयाँ भाडा तोक्न माग >>   सरकारको कार्ययोजनाः सार्वजनिक खरिद सुधारदेखि ऊर्जा निर्यात रणनीतिसम्म >>   ‘बखान’ उपन्यासलाई शहीद शिवप्रसाद पौडेल स्मृति राष्ट्रिय पुरस्कार >>   पीएसपीपी कार्यान्वयन गर्ने सरकारी निर्णयको निजी क्षेत्रबाट स्वागत >>   पूर्वप्रधानमन्त्री र गृहमन्त्रीको पक्राउः कानूनको शासन कि शक्तिको कानून ? >>   सरकारको कदम प्रतिशोधपूर्ण र घृणायुक्त, अध्यक्ष र पूर्व गृहमन्त्रीलाई तत्काल रिहा गरियोस्ः महेश बस्नेत
Logo
१७ चैत्र २०८२, मंगलवार
१७ चैत्र २०८२, मंगलवार

माओवादी उपत्यका प्रदेशले पठायो भूकम्प पीडितलाई राहत


काठमाण्डौं ।  नेकपा माओवादी केन्द्रको उपत्यका विशेष प्रदेशले जाजरकोट र रुकुमपश्चिमका भूकम्प प्रभावितका लागि राहत पठाएको छ ।

प्रदेश इन्चार्ज वर्षमान पुन अनन्तले गोंगबु नयाँबसपार्क पुगेर सोमबार भूकम्प प्रभावित क्षेत्रका लागि राहत पठाएका हुन् । ४ सय थान कम्बलसहित चाउचाउ र खाद्यान्न पठाइएको सो माओवादी सम्वद्ध मजदुर संगठन अखिल नेपाल ट्रेड युनियन महासंघका अध्यक्षसमेत रहेका प्रदेश अध्यक्ष जगत सिंखडाले बताए ।

यस्तै सिरक, त्रिपाल र म्याट ४/४ सय थान तथा ४ सय क्विन्टल चामल समेत पठाउन लागिएको पुनले जानकारी दिए । बुधबार वा बिहीबारसम्म राहत सामग्री प्रभावितका जिल्ला दैवी प्रकोप उद्धार समिति समक्षा पुग्ने गरी व्यवस्था मिलाइएको उनको भनाइ थियो ।

उनले प्रभावितहरु नियमित जीवनमा नफर्किंदासम्म पार्टी र सरकारका तर्फबाट राहत संकलन र वितरण जारी राखिने जानकारी दिए । जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रबिन्दु भएर शुक्रबार राति गएको ६.४ रेक्टर स्केलको भूकम्पका कारण जाजरकोटमा १ सय ४ र रुकुमपश्चिममा ५३ गरी १ सय ७५ जनाले ज्यान गुमाएका छन् ।

दुई सयभन्दा बढी घाइतेको जाजरकोट, रुकुमपश्चिम, सुर्खेत, बाँके र काठमाण्डुका विभिन्न अस्पतालमा उपचार जारी छ । भूकम्पका कारण झण्डै ८ हजार घर बस्नै नमिल्ने गरी भत्किएका छन् ।


प्रकाशित मिति: २१ कार्तिक २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?