Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
४ कार्तिक २०८३, मंगलवार
४ कार्तिक २०८३, मंगलवार

नेपालको दिगो विकासका निम्ति विश्व बैंकले सघाउने


काठमाडौ।  विश्व बैंकले जाजरकोट भूकम्पबाट प्रभावित भएका जनतालाई तत्काल सहयोग गर्न उपलब्ध कोषबाट स्रोत परिचालन गर्ने भएको छ ।
नेपालको चारदिने भ्रमण पूरा गरी अमेरिका प्रस्थान गर्नुअघि विश्व बैंकका प्रबन्ध निर्देशक आना जेर्डीले एक विज्ञप्ति निकालेर भूकम्पपीडितका निम्ति नेपाल सरकारबाट हुने प्रयासमा बैंकले स्रोत परिचालन गर्ने बताएका हुन् ।
दक्षिण एसियाका लागि बैंकका उपाध्यक्ष मार्टिन रेजरसँगै चारदिने भ्रमणका क्रममा उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर नेपालको दिगो एवम् समावेशी विकासका लागि बैंकले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्  ।
यहाँस्थित विश्व बैंकको कार्यालयका अनुसार प्रबन्ध निर्देशक जेर्डीले अर्थमन्त्री प्रकाशशरण महतलगायत नेपाल सरकारका उच्चअधिकारी, नेपालको विकासका साझेदार, नागरिक समाज, विद्वत वर्गलाई बेग्लाबेग्लै भेटेर नेपालको दिगो एवम् समावेशी विकासका निम्ति बैंकले सघाउने र सम्बद्ध निकायबाट पनि त्यस प्रयासमा साझेदारी हुने विश्वास व्यक्त गरे । उहाँले महिला तथा युवा वर्गलाई सीपमूलक तालिमका माध्यमबाट आत्मनिर्भर एवम् उद्यमी बनाउने कार्यक्रम आवश्यक भएकामा जोड दिएका छन् ।

प्रकाशित मिति: २० कार्तिक २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?