Trending
>>   सहकारी पीडितको वचत फिर्तामा सरकार संवेदनशील, १ लाख मुनिकालाई प्राथमिकता >>   सरकारद्वारा चैत १९ मा संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस, संविधान संशोधनका लागि कार्यदल गठन >>   सांसदहरुलाई पूर्णबहादुर खड्काले भने–‘संविधान संशोधनको मुद्दा उठेको छ, ख्याल गर्नुहोला’ >>   बालश्रम शोषणको आरोपमा सांसद रेखा शर्मा पक्राउ >>   राइड शेयरिङमा मनोमानी बढेको भन्दै ‘प्रो राइडर समूह’ आन्दोलित, प्रतिकिलोमिटर २७ रुपैयाँ भाडा तोक्न माग >>   सरकारको कार्ययोजनाः सार्वजनिक खरिद सुधारदेखि ऊर्जा निर्यात रणनीतिसम्म >>   ‘बखान’ उपन्यासलाई शहीद शिवप्रसाद पौडेल स्मृति राष्ट्रिय पुरस्कार >>   पीएसपीपी कार्यान्वयन गर्ने सरकारी निर्णयको निजी क्षेत्रबाट स्वागत >>   पूर्वप्रधानमन्त्री र गृहमन्त्रीको पक्राउः कानूनको शासन कि शक्तिको कानून ? >>   सरकारको कदम प्रतिशोधपूर्ण र घृणायुक्त, अध्यक्ष र पूर्व गृहमन्त्रीलाई तत्काल रिहा गरियोस्ः महेश बस्नेत
Logo
१७ चैत्र २०८२, मंगलवार
१७ चैत्र २०८२, मंगलवार

नेपालको दिगो विकासका निम्ति विश्व बैंकले सघाउने


काठमाडौ।  विश्व बैंकले जाजरकोट भूकम्पबाट प्रभावित भएका जनतालाई तत्काल सहयोग गर्न उपलब्ध कोषबाट स्रोत परिचालन गर्ने भएको छ ।
नेपालको चारदिने भ्रमण पूरा गरी अमेरिका प्रस्थान गर्नुअघि विश्व बैंकका प्रबन्ध निर्देशक आना जेर्डीले एक विज्ञप्ति निकालेर भूकम्पपीडितका निम्ति नेपाल सरकारबाट हुने प्रयासमा बैंकले स्रोत परिचालन गर्ने बताएका हुन् ।
दक्षिण एसियाका लागि बैंकका उपाध्यक्ष मार्टिन रेजरसँगै चारदिने भ्रमणका क्रममा उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर नेपालको दिगो एवम् समावेशी विकासका लागि बैंकले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्  ।
यहाँस्थित विश्व बैंकको कार्यालयका अनुसार प्रबन्ध निर्देशक जेर्डीले अर्थमन्त्री प्रकाशशरण महतलगायत नेपाल सरकारका उच्चअधिकारी, नेपालको विकासका साझेदार, नागरिक समाज, विद्वत वर्गलाई बेग्लाबेग्लै भेटेर नेपालको दिगो एवम् समावेशी विकासका निम्ति बैंकले सघाउने र सम्बद्ध निकायबाट पनि त्यस प्रयासमा साझेदारी हुने विश्वास व्यक्त गरे । उहाँले महिला तथा युवा वर्गलाई सीपमूलक तालिमका माध्यमबाट आत्मनिर्भर एवम् उद्यमी बनाउने कार्यक्रम आवश्यक भएकामा जोड दिएका छन् ।

प्रकाशित मिति: २० कार्तिक २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?