Trending
>>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत >>   नेपाल सुरक्षित रहेको सन्देश फैलाउनसके धेरै पर्यटकीय बजार गुमाउनुपर्दैनः हान अध्यक्ष शाह >>   विपद् व्यवस्थापन कोषको नाम परिवर्तन गर्न र अधिकारसम्पन्न प्राधिकरण गठन गर्न सांसद खरेलको माग >>   प्रधानमन्त्री राहत कोषको हिसाबकिताब खोज्दै एमाले सांसद कँडेल >>   कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता भट्टद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
Logo
१३ आश्विन २०८३, मंगलवार
१३ आश्विन २०८३, मंगलवार

कानुन निर्माणमा ध्यान नदिएको आरोप खेप्दै छौँ : नेत्री बलम्पाकी


२० ,कात्तिक ,काठमाडौँ । “जनताका जे जस्ता माग र आवश्यकता लिएर आइएको थियो, त्यो सम्बोधन नभएको अनुभव छ, विधेयकमै पनि सही थाप्नेजस्तो मात्र भएको छ, यस अवस्थामा पनि जिल्ला र राष्ट्रका जल्दाबल्दा विषय सदनमा शून्य, विशेष र आकस्मिक समयमा निरन्तर उठाउँदै आएकी छु ।”

‘सांसदसँग रासस संवाद’ मा नेकपा (एमाले) की नेत्री रणकुमारी बलम्पाकी मगर यसरी जनताका माग र आवश्यकता सम्बोधन नभएकामा असन्तुष्टि पोख्दै आफूहरूले कानुन निर्माणमा ध्यान नदिएको आरोप खेप्दैआएको बताउछिन् ।

उनले सांसदको मुख्य काम अहिले करिब ४० कानुन तत्काल बनाउनैपर्ने रहेकामा किन ढिलासुस्ती भयो भन्ने बुझिनसक्नु रहेको प्रतिक्रिया दिईन् । उनले भनिन्, “सदनमा यो मेरो पहिलो प्रवेश हो । यसबीचमा सदन नियमित भएन । कानुन निर्माणमा तपाईँहरूले ध्यान दिनुभएन भन्ने जनताको आरोप छ, यस मामिलामा सरकार स्वयं तात्नुपर्ने हो, हामीले मात्र भनेर हुँदोरहेन छ ।”

सदनमा राजनीतिक दलको सिट सङ्ख्या र त्रिकोणात्मक शक्ति सन्तुलनले राजनीतिलाई सहजरूपमा अघि बढाउन चुनौती खडा गरेको जनाउँदै नेत्री बलम्पाकीले सरकार बचाउने र टिकिरहने मनस्थितिले भ्रष्टाचार, महँगी र अनियमितताका विषयमा तै चुपमैचुपको स्थिति बनेको विचार प्रकट गरिन् ।

उनि भन्छिन्, “कुटपिट, हत्या, अपहरणमा संलग्न व्यक्तिलाई सरकारले नै संरक्षण दिइरहेको घटना एकपछि अर्काे गर्दै बाहिरिएको अवस्थाले समाज र जनतामा राजनीतिप्रति वितृष्णा र अविश्वास पैदा भएको छ ।”

धारा, पानी, बाटो, सडक, पोखरी, विद्यालय, स्वास्थ्यचौकीलगायत विकास निर्माणको काम स्थानीय र प्रदेश सरकारको जिम्मेवारीभित्रका विषय भए पनि त्यसमा सांसद संलग्न हुने स्थिति राम्रो नभएको उनले प्रतिक्रिया दिईन् ।

न्यूनतम उपस्थिति सङ्ख्या अपुग भई विधेयक ‘फेल’ हुने अवस्था आउन दिन नहुने पक्षलाई सांसद स्वयंले हेक्कामा राख्न जरुरी रहेको बताउँदै ओखलढुङ्गामा जन्मेर सिन्धुलीलाई कर्मथलो बनाउँदै आएकि उनि भन्छिन्, “एउटा विधायक हुनाका नाताले हाम्रो सर्वाेच्च जिम्मेवारी कानुन नै निर्माण गर्नु हो ।”

उनिसँग विसं २०४६ को आन्दोलनपछि अनेरास्ववियुको सदस्यता लिई पद्मकन्या कलेजका स्ववियु सचिव र काठमाडौँ जिल्ला सचिव तथा पार्टी काठमाडौँ–ओखलढुङ्गा सम्पर्क मञ्चका सदस्य भई काम गरेको अनुभव पनि छ ।

‘भोट’ माग्ने बेला गरिएको वाचानुरूप मतदाताले कुवा, पँधेरो, धारा र पाइपका लागि अनुरोध गर्नु चाहिँ तिनको अधिकार भएको बताउँदै उनले आफूले मन्त्रालयका कोठा–चोटा नधाएर हुनसक्छ, प्रस्ताव गरेका एउटै योजनामा पनि बजेटमा परेन भनिन् ।

आफूहरूले मत दिएर पठाएकाले जनप्रतिनिधिबाट यति काम होस् भन्ने जनतामा आशा हुनु स्वभाविक रहेको बताउँदै सांसद बलम्पाकीले बजेट विनियोजनमा भएको विभेदप्रति सत्तापक्षका सांसदले नै सदनमा उभिएर मौन बसेको तथा विरोध गरेको घटनाले असन्तुष्टिलाई नै पुष्टि गरेको जिकिर गरिन् ।

देश र दुनियाँको अध्ययन, तयारी, प्रस्तुति र जनतासँग भिजेर गरिएको कामले नै अवसर दिन्छ भन्ने मान्यतामा दृढ नेत्री बलम्पाकीले पार्टीमा महिला भएकै कारण विभेद भएको खासै घटना भने नरहेको प्रतिक्रिया दिईन् ।


प्रकाशित मिति: २० कार्तिक २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?