Trending
>>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा
Logo
१५ माघ २०८२, बिहीबार
१५ माघ २०८२, बिहीबार

दशैँ शुरुः राखियो जमरा


काठमाडौँ। हिन्दु धर्मावलम्वीहरुको पर्व दशैँ आजबाट शुरु भएको छ । दशैँको पहिलो दिन जनकपुरधामको राजदेवी मन्दिरसहित गाउँ गाउँका शक्ति पीठहरुहरुमा घटस्थापना गरिँदैछ ।

जनकपुरधामको प्रमुुख शक्तिपीठ राजदेवी मन्दिर, बौधी माई मन्दिर, विद्यापति चोकस्थित दुर्गा मन्दिर, रामानन्द चोकमा दशैँका लागि सिंगारिएका छ । राजदेवी मन्दिर लगायतका मन्दिरहरुमा बिहानैदेखि भक्तजनहरु पूजा अराधनाका लागि पुगेका छन् ।

यता जनकपुरधामको राजदेवी मन्दिरमा नवरात्री पूजाका लागि सम्पूर्ण तयारी पूरा भएको छ । जनकपुरधामको प्रमुख शक्तिपीठ राजदेवी मन्दिरलाई सिँगारीएको छ । प्रत्येक वर्ष दशैँमा हजारौँको संख्यामा राजदेवी मन्दिरमा भीड हुने गर्दछ । राम युवा कमिटीले बौधीमाता मन्दिर, अमरखाना मन्दिर र अन्नपूर्णा माता मन्दिरको पूजा व्यवस्थापन गर्दै आईरहेको छ । दशैँमा यी मन्दिरहरुमा घटस्थापनादेखि विजया दशमीसम्मका लागि सम्पूर्ण तयारी पूरा गरिसकिएको छ ।

जनकपुरधामको राजदेवी मन्दिरमा प्रत्येक वर्ष नवरात्रीको समयमा दैनिक हजारौँको भीड हुन्छ । दर्शनार्थीहरुलाई व्यवस्थापन गर्न समेत कठिनाई हुन्छ । प्रत्येक वर्ष राजदेवी मन्दिरमा सप्तमीदेखि अष्टमी दिनसम्म प्रसाद चढाउनेहरुको घुइँचो हुन्छ । राजदेवी माताको नवरात्री अन्तर्गत घटस्थापनादेखि नवमीसम्म विशेष विधि विधान पूर्वक गर्ने गरिन्छ ।

तान्त्रिक पद्धति अनुसार हुने राजदेवी माताको पूजाका लागि गणेश कलश, भैरव कलश तथा दुर्गा कलश स्थापना गरी घटस्थापना गरिन्छ ।


प्रकाशित मिति: ६ आश्विन २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?