Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

दशैँ शुरुः राखियो जमरा


काठमाडौँ। हिन्दु धर्मावलम्वीहरुको पर्व दशैँ आजबाट शुरु भएको छ । दशैँको पहिलो दिन जनकपुरधामको राजदेवी मन्दिरसहित गाउँ गाउँका शक्ति पीठहरुहरुमा घटस्थापना गरिँदैछ ।

जनकपुरधामको प्रमुुख शक्तिपीठ राजदेवी मन्दिर, बौधी माई मन्दिर, विद्यापति चोकस्थित दुर्गा मन्दिर, रामानन्द चोकमा दशैँका लागि सिंगारिएका छ । राजदेवी मन्दिर लगायतका मन्दिरहरुमा बिहानैदेखि भक्तजनहरु पूजा अराधनाका लागि पुगेका छन् ।

यता जनकपुरधामको राजदेवी मन्दिरमा नवरात्री पूजाका लागि सम्पूर्ण तयारी पूरा भएको छ । जनकपुरधामको प्रमुख शक्तिपीठ राजदेवी मन्दिरलाई सिँगारीएको छ । प्रत्येक वर्ष दशैँमा हजारौँको संख्यामा राजदेवी मन्दिरमा भीड हुने गर्दछ । राम युवा कमिटीले बौधीमाता मन्दिर, अमरखाना मन्दिर र अन्नपूर्णा माता मन्दिरको पूजा व्यवस्थापन गर्दै आईरहेको छ । दशैँमा यी मन्दिरहरुमा घटस्थापनादेखि विजया दशमीसम्मका लागि सम्पूर्ण तयारी पूरा गरिसकिएको छ ।

जनकपुरधामको राजदेवी मन्दिरमा प्रत्येक वर्ष नवरात्रीको समयमा दैनिक हजारौँको भीड हुन्छ । दर्शनार्थीहरुलाई व्यवस्थापन गर्न समेत कठिनाई हुन्छ । प्रत्येक वर्ष राजदेवी मन्दिरमा सप्तमीदेखि अष्टमी दिनसम्म प्रसाद चढाउनेहरुको घुइँचो हुन्छ । राजदेवी माताको नवरात्री अन्तर्गत घटस्थापनादेखि नवमीसम्म विशेष विधि विधान पूर्वक गर्ने गरिन्छ ।

तान्त्रिक पद्धति अनुसार हुने राजदेवी माताको पूजाका लागि गणेश कलश, भैरव कलश तथा दुर्गा कलश स्थापना गरी घटस्थापना गरिन्छ ।


प्रकाशित मिति: ६ आश्विन २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?