Trending
>>   भारत सरकारले बनाइदियो वैद्यनाथ देवनारायण जनता नमूना माध्यमिक विद्यालयको भवन >>   आठ खेलका १४ खेलाडीलाई छात्रवृत्ति >>   नेपाली महिला फुटबलमा उपाधि खडेरी तोड्ने एपिएफको लक्ष्य >>   एमाले केन्द्रिय कमिटी बैठक पुस २६, २७ र २८ गते बोलाइयो >>   एमाले राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली पार्टी होइनः ओली >>   १५ औं महाधिवेशनमा सहमहामन्त्री माग्छु, नदिए महामन्त्रीमा लड्छुः काँग्रेस नेता शर्मा >>   राज्यले निर्माण व्यवसायीमाथि आतंक बढायोः मुख्यमन्त्री बानियाँ >>   कुलमानले निर्माण व्यवसायीको मान मर्दन गरे : अध्यक्ष सिंह >>   जेन–जी आन्दोलनको रिपोर्टिङका क्रममा घाइते पत्रकारहरुको उपचार खर्च सरकारले व्यहोर्ने >>   पार्टी नेता, कार्यकर्तालाई ओलीको निर्देशनः आर्मीले मार्च गरेजस्तो ताल मिलाएर हिँड्नू
Logo
४ पुष २०८२, शुक्रबार
४ पुष २०८२, शुक्रबार

अमेरिकाको आपत्तिका बाबजुद बेलायतद्वारा प्यालेस्टाइन राज्यलाई मान्यता


बेलायत। बेलायती प्रधानमन्त्री केयर स्टारमरले आईतवार बेलायतले प्यालेस्टाइन राज्यलाई औपचारिक रूपमा मान्यता दिएको घोषणा गरेका छन् ।

प्यालेस्टिनी जनताको आत्मनिर्णयको अधिकार र दुई–राज्य समाधानको लागि बेलायतको समर्थनलाई पुष्टि गर्दै प्यालेस्टाइन राज्यलाई औपचारिक रूपमा मान्यता दिएको घोषणा गरेका छन् । उनले गाजामा मानव निर्मित मानवीय संकटको भिडियो घोषणामा निन्दा गरेका छन् । दशौं हजार मारिएका र जसमा हजारौंले खाना र पानी संकलन गर्ने प्रयास गर्दा मारिएको बताएका छन्। यो मृत्यु र विनाशले हामी सबैलाई डराएको बताए ।

प्यालेस्टिनी राष्ट्रपति महमूद अब्बासलाई लेखेको पत्रमा स्टारमरले उल्लेख गर्नुभएको छ की दुई–राज्य समाधान नै यस क्षेत्रको लागि न्यायपूर्ण र दिगो शान्तिको एक मात्र बाटो हो । गाजामा आधारित स्वास्थ्य अधिकारीहरूकाअनुसार अक्टोबर ७, २०२३ देखि गाजा पट्टीमा इजरायली सेनाद्वारा मारिएका प्यालेस्टिनीहरूको संख्या ६५ हजार नाघेको छ । आईतवार क्यानडा, अष्ट्रेलिया र पोर्चुगलले प्यालेस्टिनी राज्यलाई मान्यता दिने घोषणा गरेका छन् ।


प्रकाशित मिति: ६ आश्विन २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?