Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

अमेरिकाको आपत्तिका बाबजुद बेलायतद्वारा प्यालेस्टाइन राज्यलाई मान्यता


बेलायत। बेलायती प्रधानमन्त्री केयर स्टारमरले आईतवार बेलायतले प्यालेस्टाइन राज्यलाई औपचारिक रूपमा मान्यता दिएको घोषणा गरेका छन् ।

प्यालेस्टिनी जनताको आत्मनिर्णयको अधिकार र दुई–राज्य समाधानको लागि बेलायतको समर्थनलाई पुष्टि गर्दै प्यालेस्टाइन राज्यलाई औपचारिक रूपमा मान्यता दिएको घोषणा गरेका छन् । उनले गाजामा मानव निर्मित मानवीय संकटको भिडियो घोषणामा निन्दा गरेका छन् । दशौं हजार मारिएका र जसमा हजारौंले खाना र पानी संकलन गर्ने प्रयास गर्दा मारिएको बताएका छन्। यो मृत्यु र विनाशले हामी सबैलाई डराएको बताए ।

प्यालेस्टिनी राष्ट्रपति महमूद अब्बासलाई लेखेको पत्रमा स्टारमरले उल्लेख गर्नुभएको छ की दुई–राज्य समाधान नै यस क्षेत्रको लागि न्यायपूर्ण र दिगो शान्तिको एक मात्र बाटो हो । गाजामा आधारित स्वास्थ्य अधिकारीहरूकाअनुसार अक्टोबर ७, २०२३ देखि गाजा पट्टीमा इजरायली सेनाद्वारा मारिएका प्यालेस्टिनीहरूको संख्या ६५ हजार नाघेको छ । आईतवार क्यानडा, अष्ट्रेलिया र पोर्चुगलले प्यालेस्टिनी राज्यलाई मान्यता दिने घोषणा गरेका छन् ।


प्रकाशित मिति: ६ आश्विन २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?