Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

शिक्षा मन्त्रालय अन्तर्गतका विभागमा भइरहेको ढिलासुस्ति तत्काल अन्त्य गर्न मन्त्री पुनको निर्देशन


काठमाडौँ। नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले मन्त्रालयअन्तर्गतका विभागबाट सेवा प्रवाहमा भइरहेको ढिलासुस्ति अन्त्य गर्न निर्देशन दिएका छन् ।

सोमवार पदभार ग्रहण लगत्तै उहाँले सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिँदै कर्मचारीहरुलाई यस्तो निर्देशन दिएका हुन् । उनले आफूलाई बस्नका लागि क्वाटर नचाहिने भन्दै मन्त्रालयमै सुत्नेगरी खाटको व्यवस्था गर्न निर्देशन दिएका छन् । उनले मन्त्री नियुक्त हुनुअघि नै राष्ट्रिय आविष्कार केन्द्रबाट राजीनामा दिइसकेको पनि बताएका छन् ।

उनले भने, ‘शिक्षा मन्त्रालयको हरेक विभागबाट हुने काममा ढिलासुस्ति नगर्नुहोस् । शिक्षा मन्त्रालयमा ढिलासुस्ति गर्दा कस्तो समस्या हुन्छ भन्ने मैले भोगेको छु ।’

उनले आफूलाई सुरक्षा नचाहिने र औपचारिक कामको लागि मात्र सरकारी गाडीको प्रयोग गर्ने पनि बताएका छन् ।


प्रकाशित मिति: ६ आश्विन २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?