Trending
>>   काँग्रेस–एमालेले अविलम्व सहकार्य गरेर अघि बढ्नुपर्छः रामबहादुर थापा >>   टुँडिखेलमा हर्षोल्लासका साथ तमु ल्होसार मनाइयो (तस्बिरहरु) >>   नेपालमा च्याउ खेतीको प्रचुर सम्भावना छः कृषिमन्त्री परियार >>   न्यु डायमण्ड सेमिफाइनलमा >>   कीर्तिपुरको डाँडामा बसेर महिनाको तीन लाख कमाउन सकिन्छः अर्थमन्त्री खनाल >>   सेन्ट्रल ओपनमा राहुलको अग्रता कायमै >>   रवि, बालेन, कुलमानलक्षित ओलीको टिप्पणीः कुखुरा, बाख्रा र स्यालको मोर्चा गरेर बाघको शिकार हुँदैन >>   नेपालमा अब नेपाली कम्युनिष्ट पार्टीको विकल्प छैनः माधव नेपाल >>   मदन–आश्रितका हत्यारालाई कानूनको कठघरामा उभ्याउनेछौँः रामबहादुर थापा >>   सामाजिक सञ्जाल र शहरमा होहल्ला गर्नेहरूले देश कब्जा गरिसकेको भ्रम फैल्याएः प्रचण्ड
Logo
१६ पुष २०८२, बुधबार
१६ पुष २०८२, बुधबार

राजनिति


राष्ट्र ऋण उठाउने विधेयक स्वीकृत

१३ असार ,काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले “राष्ट्र ऋण उठाउने विधेयक, २०८० माथि विचार गरियोस्” भन्ने प्रस्तावलाई स्वीकृत गरेको छ । बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले प्रस्तुत गर्नुभएको उक्त प्र्रस्तावलाई बैठकको बहुमतले स्वीकृत गरेको हो । त्यसअघि विधेयकको सैद्धान्तिक पक्षमाथिको छलफलमा सांसद डा स्वर्णिम वाग्ले, गोकर्ण विष्ट, प्रेम सुवाल, सुमना

गण्डकी प्रदेशसभा: बजेटमाथि मन्त्रालयगत छलफल जारी

१३ असार, गण्डकी । गण्डकी प्रदेशसभामा आगामी आर्थिक वर्ष २०८०/८१ का लागि विनियोजित बजेटको मन्त्रालयगत छलफल जारी छ। बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, आर्थिक मामिला मन्त्रालय, प्रदेशसभा सचिवालय, प्रदेश लोकसेवा आयोग लगायत प्रतिष्ठान र निकायसँग सम्बन्धित शीर्षकहरुमा छलफल भयो। यही असार ८ गते प्रदेशसभा समक्ष प्रस्तुत भएको विनियोजन विधेयक–२०८० माथि मङ्गलबारदेखि

राष्ट्रपति पाैडेल अस्पतालबाट डिस्चार्ज

१३ असार, काठमाडाैँ । अस्पतालमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेल बुधबार डिस्चार्ज भई राष्ट्रपति निवास फर्किएका छन् । उपचारको क्रममा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल तथा त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान अन्तर्गत मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत पौडेल डिस्चार्ज भएका हुन् । अस्पतालका प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार असार

संसद्‍बाट बहुमतले पारित भयो बजेट

१३ असार, काठमाडाैँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले जेठ १५ गते पेश गरेको आगामी आर्थिक वर्षको बजेट प्रतिनिधि सभाको बुधबारको दोस्रो बैठकले बहुमतले पारित गरेको छ। अर्थमन्त्री महतले आर्थिक वर्ष २०८०/८१ का लागि १७ खर्ब ५१ अर्ब रुपियाँको बजेट विनियोजन गरेका थिए। बैठकमा सभामुख देवराज घिमिरेले बजेटसम्बन्धी प्रस्ताव निर्णयार्थ प्रस्तुत

जिल्ला निर्वाचन कार्यालय यथावत् नै रहन्छ : अर्थमन्त्री महत

१३ असार, काठमाडाैँ । अर्थमन्त्री डा प्रकाशशरण महतले लोकतान्त्रिक मूल्य मान्यता, आवधिक तथा स्वच्छ निर्वाचन भयरहित तवरले सम्पन्न हुनुपर्छ भन्नेमा स्पष्ट रहेको बताएका छन् । उनले भने “निर्वाचन आयोगलाई संवैधानिक हैसियत संविधानले दिएको छ । ” प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा सभामुखसँग समय लिएर बोल्दै अर्थमन्त्री डा महतले भयरहित तवरले निर्वाचन

चीनको छेन्दु पुगे उपप्रधानमन्त्री श्रेष्ठ

१३ असार, काठमाडाैँ । पाँच दिने चीन भ्रमणमा रहेका उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ चीनको सिचुवान प्रान्तको राजधानी छेन्दुमा पुगेका छन् । छेन्दुस्थित थियान्फु अन्तर्राष्ट्रिय विमानस्थलमा आज उनलाई सिचुवान जनसरकारका उपमहासचिव सिया ओफङ र यहाँस्थित नेपाली महावाणिज्यदूत दिनेशकुमार घिमिरेलगायतले स्वागत गरे । उपप्रधानमन्त्री श्रेष्ठलाई विमानस्थलमा चिनियाँ बालबालिकाले स्वागत गरेका थिए

एमाले र रास्वपाले विरोध गरेपछि संसद् बैठक स्थगित

१३ असार, काठमाडाैँ । प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ। एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले निर्वाचन कार्यालय हटाउने अर्थमन्त्री डा. प्रकाशशरण महतको प्रतिवद्धता विनियोजन शीर्षकमा समावेश गर्न माग गरेपछि बैठक १५ मिनेटका लागि स्थगित गरिएको हो। बैठकमा एमालेका प्रमुख सचेतक पदम गिरीले अर्थमन्त्री महतले जिल्ला निर्वाचन कार्यालय खारेज

सचिवहरूको सरुवाबारे संसद्मा सवाल उठ्दा प्रधानमन्त्रीले भने – मेरो ध्यान गएको छ, संरचना बदलिन्छ

१३ असार, काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री कार्यालयमा सचिवहरू उत्साहित हुन नसकेको प्रति आफु जानकार रहेको बताएका छन् । सांसद् सांसद अमरेशकुमार सिंहले प्रधानमन्त्री कार्यालयमा सरुवा हुँदा सचिवहरूले कारबाहीमा परेको जस्तो महसुस गर्ने गरेकोबारे सवाल उठाएका थिए । सांसद् यादवको सवालको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले सेवा कसरी सुदृढीकरण गर्ने

नेकपा एकीकृत समाजवादीले बजेटको पक्षमा मतदान गर्ने

१३ असार, काठमाडाैँ । नेकपा (एकीकृत समाजवादी) ले बजेटको पक्षमा मतदान गर्ने निर्णय गरेको छ । आज बसेको सो पार्टीको संसदीय दलको बैठकले बजेटको पक्षमा मतदान गर्ने निर्णय गरेको सांसद प्रेमबहादुर आलेले जानकारी दिए । यसअघि सो पार्टीका नेताहरुले बजेट असन्तुलित आएको भन्दै शंशोधन नगरे बजेटको विपक्षमा मतदान गर्ने जनाउँदै

इजरायलका विदेशमन्त्री एली कोहेन र अमेरिकी विदेशमन्त्री बीच कुराकानी

१३ असार, एजेन्सी । इजरायलका विदेशमन्त्री एली कोहेनले मङ्गलबार साँझ अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनसँग कुराकानी गरेका छन् । सो अवसरमा दुबै नेताले अब्राहम सम्झौताको विस्तार र नेगेभ फोरमको लागि मिति तय गर्ने बारे छलफल गरेको बताइएको छ । इजरायलसँगको कूटनीतिक सम्बन्ध सामान्यीकरण प्रक्रियामा जोडिन चाहाने थप देशहरूको सहभागिताको बारेमा पनि

सम्वन्धित समाचारहरु