Trending
>>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ >>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा >>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे >>   नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी >>   प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ >>   नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः आईजीपी कार्की
Logo
२८ आश्विन २०८३, बुधबार
२८ आश्विन २०८३, बुधबार

न्यु डायमण्ड सेमिफाइनलमा


न्यु डायमण्ड सेमिफाइनलमा

काठमाडौँ। विभागीय टोली नेपाल पुलिस क्लवले एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा दोस्रो जित निकाल्दै समूहविजेताका रूपमा सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको समूह ‘बी’ को खेलमा मंगलबार पुलिसले विभागीय डर्बीमा एपिएफमाथि ३–२ को जित निकाल्यो । समूहमा बलियो मानिएको एपिएफलाई हराउँदै पुलिसले विजेता बन्ने सम्भावना बलियो बनाएको हो । पुलिसले पहिलो दुई सेट २५–२१ र २५–२५ ले हराउँदै सोझो सेटमा जित निकाल्ने संकेत गरेको थियो । तर, तेस्रो सेट प्रतिस्पर्धात्मक बन्यो । यो सेट एपिएफले २५–२२ ले आफ्नो बनाउँदै खेलमा पुनरागमन गर्ने प्रयास ग¥यो । चौथो सेट पनि एपिएफले २५–२१ ले जितेपछि खेल पाँचौं सेटतर्पm धकेलियो । यो सेट जितेपछि एपिएफले कम्तीमा एक अंक पनि सुरक्षित ग¥यो । निर्णायक तथा पाँचौं सेटमा एपिएफले लय जारी राख्न सकेन ।

एपिएफले १५–९ ले सेट आफ्नो बनाउँदै दुई अंक बटुल्यो । यो जितपछि पुलिस सेमिफाइनलमा पुग्यो । तीन खेलबाट एपिएफले सात अंक बटुल्यो । एक खेल कम खेलेको पुलिसको पाँच अंक भएको छ । अब पुलिसले समूहको अन्तिम खेल बुधबार मधेश प्रदेश स्पोटर््स काउन्सिलसँग खेल्नेछ । चार टोली रहेको समूहमा अन्तिम खेल जित्दै पुलिस समूहविजेता बन्ने लक्ष्यमा छ । मधेशले दुई खेलबाट अंक जोड्न सकेको छैन । तीन खेल खेलेको सुदूरपश्चिम प्रदेश स्पोटर््स काउन्सिलले तीन अंक बटुल्दै प्रतियोगिताको यात्रा टुङ्गाएको छ । महिलातर्पm सहभागी आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

समूह ‘ए’ बाट न्यु डायमन्ड युथ स्पोटर््स क्लव विजेताका रूपमा सेमिफाइनलमा पुगेको छ । न्यु डायमण्डले समूहको अन्तिम खेलमा एभरेस्ट भलिबल क्लबलाई सोझो सेटमा हरायो । न्यु डायमण्डले एभरेस्ट क्लबलाई २५–२१, २५–१५ र २५–१४ ले सहजै पराजित ग¥यो । न्यु डायमण्डको जितसँगै त्रिभुवन आर्मी क्लब यो समूहबाट उपविजेताका रूपमा सेमिफाइनलमा पुग्न सफल भयो । समान तीन खेलबाट न्यु डायमण्डले ९ अंक र आर्मीले ६ अंक जोड्यो । दुई खेलबाट एभरेस्ट र चुली युवा क्लब जितविहीन छन् । यी दुई टोली बुधबार भिड्ने तालिका छ । पुरुषतर्पm समूह ‘ए’ को एपिएफ र समूह ‘बी’ को खिल्जी युवा क्लब पनि उपविजेताका रूपमा क्वार्टरफाइनलमा पुगेका छन् ।

तीन टोली रहेको समूहमा दुवै टोलीले पहिलो खेल गुमाएका थिए । तर, समूहको अन्तिम तथा निर्णायक खेलमा एपिएफले मणिमुकुन्द भलिबल क्लव र खिल्जीले ढोरपाटन क्लबलाई सोझो सेटमा हराउँदै नकआउट चरणको यात्रा तय गर्न सफल भएका हुन् । एपिएफले मणि मुकुन्दलाई २५–१०, २५–१६ र २९–२७ ले हरायो । समूह ‘ए’ बाट हेल्प नेपाल स्पोटर््स क्लब विजेताको रूपमा क्वार्टरफाइनलमा पुगिसकेको छ । अर्घाखाँचीको खिल्जी युवा क्लबले दुई भारतीय खेलाडीसहित यो प्रतियोगिता खेल्ने आएको हो । विदेशी खेलाडीको राम्रो साथ नपाउँदा खिल्जी समूहविजेता बन्न सकेन ।

समूह ‘बी’ अन्तिम खेलमा खिल्जी ढोरपाटनमाथि २५–१५, २५–१९ र २५–२३ ले हराउँदै क्वार्टरफाइनलमा पुग्न सफल भयो । समूह ‘सी’ बाट रुकुम पश्चिम भलिबल ट्रेनिङ सेन्टर र समूह ‘डी’ बाट त्रिभुवन आर्मी क्लब विजेताका रूपमा क्वार्टरफाइनलमा पुगिसकेका छन् ।


प्रकाशित मिति: १५ पुष २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?