Trending
>>   काँग्रेस–एमालेले अविलम्व सहकार्य गरेर अघि बढ्नुपर्छः रामबहादुर थापा >>   टुँडिखेलमा हर्षोल्लासका साथ तमु ल्होसार मनाइयो (तस्बिरहरु) >>   नेपालमा च्याउ खेतीको प्रचुर सम्भावना छः कृषिमन्त्री परियार >>   न्यु डायमण्ड सेमिफाइनलमा >>   कीर्तिपुरको डाँडामा बसेर महिनाको तीन लाख कमाउन सकिन्छः अर्थमन्त्री खनाल >>   सेन्ट्रल ओपनमा राहुलको अग्रता कायमै >>   रवि, बालेन, कुलमानलक्षित ओलीको टिप्पणीः कुखुरा, बाख्रा र स्यालको मोर्चा गरेर बाघको शिकार हुँदैन >>   नेपालमा अब नेपाली कम्युनिष्ट पार्टीको विकल्प छैनः माधव नेपाल >>   मदन–आश्रितका हत्यारालाई कानूनको कठघरामा उभ्याउनेछौँः रामबहादुर थापा >>   सामाजिक सञ्जाल र शहरमा होहल्ला गर्नेहरूले देश कब्जा गरिसकेको भ्रम फैल्याएः प्रचण्ड
Logo
१५ पुष २०८२, मंगलवार
१५ पुष २०८२, मंगलवार

टुँडिखेलमा हर्षोल्लासका साथ तमु ल्होसार मनाइयो (तस्बिरहरु)


टुँडिखेलमा हर्षोल्लासका साथ तमु ल्होसार मनाइयो (तस्बिरहरु)

काठमाडौँ। गुरुङ समुदायको महान पर्व तमु ल्होसार देशभर हर्षोल्लासका साथ मनाइएको छ । विशेष गरी काठमाडौंको टुँडिखेलमा हजारौं गुरुङ समुदायका व्यक्तिहरू परम्परागत भेषभूषामा सजिएर जम्मा भई सांस्कृतिक कार्यक्रमहरू आयोजना गरी नयाँ वर्षको स्वागत गरेका छन् ।

तमु ल्होसार गुरुङ समुदायको नयाँ वर्ष हो । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई तमु ल्होसार भनिन्छ । यस पर्वलाई पुरानो वर्षलाई बिदाइ र नयाँ वर्षलाई स्वागत गर्ने प्रतिकका रूपमा मनाइन्छ । यस वर्ष गुरुङ समुदायले पुरानो वर्गलाई बिदाइ गरी नयाँ वर्गको स्वागत गरेका छन् । यो पर्व सूर्यको किरणसँग पनि जोडिएको छ । गुरुङ बाहुल्य जिल्लाहरू लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायतमा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने परम्परा रहेको विश्वास गरिन्छ ।

यसैगरी पुस १५ को रात सबैभन्दा लामो हुने र त्यसपछि दिनहरू लम्बिँदै जाने भएकाले अन्धकारमाथि उज्यालोको विजयको प्रतीकका रूपमा पनि यसलाई लिइन्छ । तमु ल्होसारको अवसरमा संघीय सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ ।

टुँडिखेलमा हर्षोल्लासका साथ तमु ल्होसार मनाइयो (तस्बिरहरु)
टुँडिखेलमा हर्षोल्लासका साथ तमु ल्होसार मनाइयो (तस्बिरहरु)


प्रकाशित मिति: १५ पुष २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?