Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

नेपालमा अब नेपाली कम्युनिष्ट पार्टीको विकल्प छैनः माधव नेपाल


नेपालमा अब नेपाली कम्युनिष्ट पार्टीको विकल्प छैनः माधव नेपाल मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले देशमा एकतालाई बलियो बनाउन, शान्ति र समृद्धिको दिशालाई अघि बढाउन नेपाल कम्युनिष्ट पार्टीको विकल्प नभएको जिकिर गर्नुभयो । उहाँले नेपकाले नै अब राजनीतिमा देखापरेका विकृतिहरु अन्त्य गर्ने पनि बताउनु भयो । आम नेपाली जनताको बीचमा एकताको, आपसी सद्भावको सन्देश संप्रेषण गर्न जरुरी रहेको बताउनु भयो । समाजवादी क्रान्तिको कार्यक्रमलाई आत्मसात गर्ने बाहेक अरु कुनै विकल्प नरहेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘नेपालमा अब नेपाली कम्युनिष्ट पार्टीको विकल्प छैन । देशमा एकतालाई बलियो बनाउनु छ भने शान्ति र समृद्धिको दिशालाई अघि बढाउनु छ भने राजनीतिमा देखापरेका विकृतिहरु अन्त्य गर्नुछ भने, समाजमा देखापरेका विसंगतिहरुलाई समाप्त पार्नुछ भने आम नेपाली जनताको बीचमा एकताको, आपसी सद्भावको सन्देश संप्रषण गर्नुछ भने त्यसको निम्ति नेपाली कम्युनिष्ट पार्टीले जुन विचार अघि सारेको छ, सिद्धान्त अघि सारेको छ, कार्यक्रम अघि सारेको छ, समाजवादी क्रान्तिको कार्यक्रम, यो कार्यक्रमलाई आत्मसात गर्ने बाहेक अरु कुनै विकल्प छैन । यस अर्थमा पनि जसरी ठाउँ ठाउँका जनताले उहाँलाई अत्यन्त उत्साहपूर्ण ढंगले स्वागत र सम्मान गरेका छन् ।’ सहसंयोजक नेपालले नेपाल्ी कम्युनिष्ट पार्टीमा अनेक राजनीतिक दलहरु एकतावद्ध भइरहेको बताउनु भयो ।

काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले नेपालमा अब नेपाली कम्युनिष्ट पार्टीको विकल्प नरहेको बताएका छन् ।

मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशमा एकतालाई बलियो बनाउन, शान्ति र समृद्धिको दिशालाई अघि बढाउन नेपाल कम्युनिष्ट पार्टीको विकल्प नभएको जिकिर गरेका छन् । उनले नेपकाले नै अब राजनीतिमा देखापरेका विकृतिहरु अन्त्य गर्ने पनि बताए । आम नेपाली जनताको बीचमा एकताको, आपसी सद्भावको सन्देश संप्रेषण गर्न जरुरी रहेको बताउदै उनले समाजवादी क्रान्तिको कार्यक्रमलाई आत्मसात गर्ने बाहेक अरु कुनै विकल्प नरहेको बताएका छन् ।

उनले भने, ‘नेपालमा अब नेपाली कम्युनिष्ट पार्टीको विकल्प छैन । देशमा एकतालाई बलियो बनाउनु छ भने शान्ति र समृद्धिको दिशालाई अघि बढाउनु छ भने राजनीतिमा देखापरेका विकृतिहरु अन्त्य गर्नुछ भने, समाजमा देखापरेका विसंगतिहरुलाई समाप्त पार्नुछ भने आम नेपाली जनताको बीचमा एकताको, आपसी सद्भावको सन्देश संप्रषण गर्नुछ भने त्यसको निम्ति नेपाली कम्युनिष्ट पार्टीले जुन विचार अघि सारेको छ, सिद्धान्त अघि सारेको छ, कार्यक्रम अघि सारेको छ, समाजवादी क्रान्तिको कार्यक्रम, यो कार्यक्रमलाई आत्मसात गर्ने बाहेक अरु कुनै विकल्प छैन । यस अर्थमा पनि जसरी ठाउँ ठाउँका जनताले उहाँलाई अत्यन्त उत्साहपूर्ण ढंगले स्वागत र सम्मान गरेका छन् ।’

सहसंयोजक नेपालले नेपाली कम्युनिष्ट पार्टीमा अनेक राजनीतिक दलहरु एकतावद्ध भइरहेको बताएका छन् ।


प्रकाशित मिति: १५ पुष २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?