Trending
>>   काँग्रेस–एमालेले अविलम्व सहकार्य गरेर अघि बढ्नुपर्छः रामबहादुर थापा >>   टुँडिखेलमा हर्षोल्लासका साथ तमु ल्होसार मनाइयो (तस्बिरहरु) >>   नेपालमा च्याउ खेतीको प्रचुर सम्भावना छः कृषिमन्त्री परियार >>   न्यु डायमण्ड सेमिफाइनलमा >>   कीर्तिपुरको डाँडामा बसेर महिनाको तीन लाख कमाउन सकिन्छः अर्थमन्त्री खनाल >>   सेन्ट्रल ओपनमा राहुलको अग्रता कायमै >>   रवि, बालेन, कुलमानलक्षित ओलीको टिप्पणीः कुखुरा, बाख्रा र स्यालको मोर्चा गरेर बाघको शिकार हुँदैन >>   नेपालमा अब नेपाली कम्युनिष्ट पार्टीको विकल्प छैनः माधव नेपाल >>   मदन–आश्रितका हत्यारालाई कानूनको कठघरामा उभ्याउनेछौँः रामबहादुर थापा >>   सामाजिक सञ्जाल र शहरमा होहल्ला गर्नेहरूले देश कब्जा गरिसकेको भ्रम फैल्याएः प्रचण्ड
Logo
१५ पुष २०८२, मंगलवार
१५ पुष २०८२, मंगलवार

मदन–आश्रितका हत्यारालाई कानूनको कठघरामा उभ्याउनेछौँः रामबहादुर थापा


मदन–आश्रितका हत्यारालाई कानूनको कठघरामा उभ्याउनेछौँः रामबहादुर थापा

काठमाडौँ। नेकपा एमाले उपाध्यक्ष रामबहादुर थापाले मदन भण्डारी र जीवराज आश्रितका हत्यारालाई कानूनको कठघरामा उभ्याएर छोड्ने प्रतिवद्धता जनाएका छन् ।

मदन–आश्रित प्रतिष्ठानले आयोजना गरेको विचार विमर्शलाई सम्बोधन गर्दै उनले दासढुंगा घटना सुनियोजित षड्यन्त्र भएको जिकिर गरेका छन् । उनले उक्त घटना नेपालविरोधी जनविरोधीहरुको षड्यन्त्र रहेको बताएका छन् । अहिलेसम्म मदन–आश्रितका हत्यारालाई कानूनको कठघरामा ल्याउन नसकेको भएपनि एकदिन कानूनको कठघरामा उभ्याउने बताएका छन् ।

उनले भने, ‘दासढुंगा घटना जुन भयो । दासढुंगा घटना जहाँ मदनआश्रितको निधन भएको थियो । त्यो एउटा सडक दुर्घटना थियो वा सुनियोजित दुर्घटना थियो । एउटा हत्या षड्यन्त्र थियो ? त्यो बेला यो प्रश्न उठेको थियो । छानविनले के सावित ग¥यो, निष्कर्ष के निस्कियो भने नेपालविरोधी जनविरोधीहरुको भयंकर षड्यन्त्र थियो । षड्यन्त्रअन्तर्गत नै मदनआश्रितको हत्या गरिएको थियो । हामीले ति हत्याराहरु कानूनको कठघरामा ल्याउन सकिरहेका छैनौँ । तर एकदिन हामी मदनआश्रितको हत्यारालाई कानूनको कठघरामा उभ्याउनेछौँ ।’

उपाध्यक्ष थापाले भाद्र २३ र २४ गते नेपालमा भएको घटना साधारण नभएको बताउदै २४ घण्टाभित्र राज्यका तीन वटै अंगहरुलाई ध्वस्त बनाइनु, आगजनी गरिनु, राजनीतिक दलका नेताहरुमाथि आक्रमण र आगजनी हुनुले सामान्य नभएको जिकिर गरेका छन् । उक्त घटना जनविद्रोह, जनक्रान्ति वा अग्रगमन नभएको बताउनुहुँदै उक्त घटना प्रतिक्रान्ति र प्रतिगमन भएको पनि बताएका छन् ।

उनले भने, ‘त्यसको झन्डै तीन दशक भन्दा बढी समयपछि २०८२ मा आउँदा यो प्रश्न उठेको छ । भाद्र २३ र २४ गते जुन घटना भयो नेपालमा । एउटा असाधारण घटना । २४ घण्टाभित्र राज्यका तीन वटै अंगहरुलाई ध्वस्त बनाइयो । आगजनी गरियो । राजनीतिक दलका नेताहरुमाथि आक्रमण गरियो, आगजनी गरियो । यो घटना सामान्य घटना होइन । यो असाधारण घटना हो । यहाँको जननिर्वाचित सरकार र सदन दुवै विघटन गरियो । न्यायपालिकालाई आगो लगाइयो । त्यसकारण आज फेरि एउटा प्रश्न उठेको छ । त्यो जनविद्रोह थियो ? जेन–जीको आवरणमा गरिएको घटना हो । वा यो प्रतिगमन थियो, प्रतिक्रान्ति थियो ? यो प्रश्न उठेको छ । भदौ २३ र २४ को घटना जनविद्रोह थिएन । जनक्रान्ति थिएन । अग्रगमन थिएन । प्रतिगमन थियो । प्रतिक्रान्ति थियो ।’

उपाध्यक्ष थापाले अहिले नेपाल भूराजनीतिको शिकार भएको बताउनु भयो । संसद विघटन र जननिर्वाचित सरकार विघटन गरेर लोकतन्त्र अपहरण गरिएको बताएका छन् ।


प्रकाशित मिति: १५ पुष २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?