Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

मदन–आश्रितका हत्यारालाई कानूनको कठघरामा उभ्याउनेछौँः रामबहादुर थापा


मदन–आश्रितका हत्यारालाई कानूनको कठघरामा उभ्याउनेछौँः रामबहादुर थापा

काठमाडौँ। नेकपा एमाले उपाध्यक्ष रामबहादुर थापाले मदन भण्डारी र जीवराज आश्रितका हत्यारालाई कानूनको कठघरामा उभ्याएर छोड्ने प्रतिवद्धता जनाएका छन् ।

मदन–आश्रित प्रतिष्ठानले आयोजना गरेको विचार विमर्शलाई सम्बोधन गर्दै उनले दासढुंगा घटना सुनियोजित षड्यन्त्र भएको जिकिर गरेका छन् । उनले उक्त घटना नेपालविरोधी जनविरोधीहरुको षड्यन्त्र रहेको बताएका छन् । अहिलेसम्म मदन–आश्रितका हत्यारालाई कानूनको कठघरामा ल्याउन नसकेको भएपनि एकदिन कानूनको कठघरामा उभ्याउने बताएका छन् ।

उनले भने, ‘दासढुंगा घटना जुन भयो । दासढुंगा घटना जहाँ मदनआश्रितको निधन भएको थियो । त्यो एउटा सडक दुर्घटना थियो वा सुनियोजित दुर्घटना थियो । एउटा हत्या षड्यन्त्र थियो ? त्यो बेला यो प्रश्न उठेको थियो । छानविनले के सावित ग¥यो, निष्कर्ष के निस्कियो भने नेपालविरोधी जनविरोधीहरुको भयंकर षड्यन्त्र थियो । षड्यन्त्रअन्तर्गत नै मदनआश्रितको हत्या गरिएको थियो । हामीले ति हत्याराहरु कानूनको कठघरामा ल्याउन सकिरहेका छैनौँ । तर एकदिन हामी मदनआश्रितको हत्यारालाई कानूनको कठघरामा उभ्याउनेछौँ ।’

उपाध्यक्ष थापाले भाद्र २३ र २४ गते नेपालमा भएको घटना साधारण नभएको बताउदै २४ घण्टाभित्र राज्यका तीन वटै अंगहरुलाई ध्वस्त बनाइनु, आगजनी गरिनु, राजनीतिक दलका नेताहरुमाथि आक्रमण र आगजनी हुनुले सामान्य नभएको जिकिर गरेका छन् । उक्त घटना जनविद्रोह, जनक्रान्ति वा अग्रगमन नभएको बताउनुहुँदै उक्त घटना प्रतिक्रान्ति र प्रतिगमन भएको पनि बताएका छन् ।

उनले भने, ‘त्यसको झन्डै तीन दशक भन्दा बढी समयपछि २०८२ मा आउँदा यो प्रश्न उठेको छ । भाद्र २३ र २४ गते जुन घटना भयो नेपालमा । एउटा असाधारण घटना । २४ घण्टाभित्र राज्यका तीन वटै अंगहरुलाई ध्वस्त बनाइयो । आगजनी गरियो । राजनीतिक दलका नेताहरुमाथि आक्रमण गरियो, आगजनी गरियो । यो घटना सामान्य घटना होइन । यो असाधारण घटना हो । यहाँको जननिर्वाचित सरकार र सदन दुवै विघटन गरियो । न्यायपालिकालाई आगो लगाइयो । त्यसकारण आज फेरि एउटा प्रश्न उठेको छ । त्यो जनविद्रोह थियो ? जेन–जीको आवरणमा गरिएको घटना हो । वा यो प्रतिगमन थियो, प्रतिक्रान्ति थियो ? यो प्रश्न उठेको छ । भदौ २३ र २४ को घटना जनविद्रोह थिएन । जनक्रान्ति थिएन । अग्रगमन थिएन । प्रतिगमन थियो । प्रतिक्रान्ति थियो ।’

उपाध्यक्ष थापाले अहिले नेपाल भूराजनीतिको शिकार भएको बताउनु भयो । संसद विघटन र जननिर्वाचित सरकार विघटन गरेर लोकतन्त्र अपहरण गरिएको बताएका छन् ।


प्रकाशित मिति: १५ पुष २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?