Trending
>>   काँग्रेस–एमालेले अविलम्व सहकार्य गरेर अघि बढ्नुपर्छः रामबहादुर थापा >>   टुँडिखेलमा हर्षोल्लासका साथ तमु ल्होसार मनाइयो (तस्बिरहरु) >>   नेपालमा च्याउ खेतीको प्रचुर सम्भावना छः कृषिमन्त्री परियार >>   न्यु डायमण्ड सेमिफाइनलमा >>   कीर्तिपुरको डाँडामा बसेर महिनाको तीन लाख कमाउन सकिन्छः अर्थमन्त्री खनाल >>   सेन्ट्रल ओपनमा राहुलको अग्रता कायमै >>   रवि, बालेन, कुलमानलक्षित ओलीको टिप्पणीः कुखुरा, बाख्रा र स्यालको मोर्चा गरेर बाघको शिकार हुँदैन >>   नेपालमा अब नेपाली कम्युनिष्ट पार्टीको विकल्प छैनः माधव नेपाल >>   मदन–आश्रितका हत्यारालाई कानूनको कठघरामा उभ्याउनेछौँः रामबहादुर थापा >>   सामाजिक सञ्जाल र शहरमा होहल्ला गर्नेहरूले देश कब्जा गरिसकेको भ्रम फैल्याएः प्रचण्ड
Logo
१६ पुष २०८२, बुधबार
१६ पुष २०८२, बुधबार

एमाले र रास्वपाले विरोध गरेपछि संसद् बैठक स्थगित


१३ असार, काठमाडाैँ । प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ। एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले निर्वाचन कार्यालय हटाउने अर्थमन्त्री डा. प्रकाशशरण महतको प्रतिवद्धता विनियोजन शीर्षकमा समावेश गर्न माग गरेपछि बैठक १५ मिनेटका लागि स्थगित गरिएको हो।

बैठकमा एमालेका प्रमुख सचेतक पदम गिरीले अर्थमन्त्री महतले जिल्ला निर्वाचन कार्यालय खारेज नगर्ने निर्णय विनियोजन शीर्षकमा समावेश नगरी संसद बैठक अघि बढ्न नदिने अडान लिएपछि एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदले उठेर अवरोध गरेका थिए। त्यसपछि राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले अर्थमन्त्रीको सो प्रतिवद्धता समावेश गरेर मात्रै बजेट पास गर्नुपर्ने अडान लिएका थिए ।

यता, सत्तारुढ कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले भने त्यसमा आफ्नो पार्टीले मन्त्री महतलाई जिल्ला निर्वाचन कार्यालय खारेज नगर्ने प्रतिवद्धताका जनाउन लगाएर संसदलाई सुचारु गराउन उपयुक्त हुने सुझाव सभामुख देवराज घिमिरेलाई दिएका थिए।


प्रकाशित मिति: १३ असार २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?