Trending
>>   काँग्रेस–एमालेले अविलम्व सहकार्य गरेर अघि बढ्नुपर्छः रामबहादुर थापा >>   टुँडिखेलमा हर्षोल्लासका साथ तमु ल्होसार मनाइयो (तस्बिरहरु) >>   नेपालमा च्याउ खेतीको प्रचुर सम्भावना छः कृषिमन्त्री परियार >>   न्यु डायमण्ड सेमिफाइनलमा >>   कीर्तिपुरको डाँडामा बसेर महिनाको तीन लाख कमाउन सकिन्छः अर्थमन्त्री खनाल >>   सेन्ट्रल ओपनमा राहुलको अग्रता कायमै >>   रवि, बालेन, कुलमानलक्षित ओलीको टिप्पणीः कुखुरा, बाख्रा र स्यालको मोर्चा गरेर बाघको शिकार हुँदैन >>   नेपालमा अब नेपाली कम्युनिष्ट पार्टीको विकल्प छैनः माधव नेपाल >>   मदन–आश्रितका हत्यारालाई कानूनको कठघरामा उभ्याउनेछौँः रामबहादुर थापा >>   सामाजिक सञ्जाल र शहरमा होहल्ला गर्नेहरूले देश कब्जा गरिसकेको भ्रम फैल्याएः प्रचण्ड
Logo
१५ पुष २०८२, मंगलवार
१५ पुष २०८२, मंगलवार

नेपालमा च्याउ खेतीको प्रचुर सम्भावना छः कृषिमन्त्री परियार


नेपालमा च्याउ खेतीको प्रचुर सम्भावना छः कृषिमन्त्री परियार

काठमाडौँ। कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. मदनप्रसाद परियारले नेपालमा च्याउ खेतीको ठूलो सम्भावना रहेको बताएका छन्। उपभोक्तामा च्याउको माग तीव्र रूपमा बढ्दै गएको उल्लेख गर्दै उनले न्यून आयस्रोत भएका किसानका लागि च्याउ खेती प्रभावकारी जीविकोपार्जनको माध्यम बन्न सक्ने बताए।

प्रथम राष्ट्रिय च्याउ दिवसको अवसरमा आयोजित कार्यक्रममा मन्त्री परियारले हाल नेपालमा वार्षिक १५ हजार मेट्रिक टनभन्दा बढी च्याउ उत्पादन भए पनि माग करिब ७२ हजार मेट्रिक टन रहेको जानकारी दिए। च्याउ ७१ भन्दा बढी जिल्लामा उत्पादन भए पनि ४७ जिल्लामा मात्रै व्यवसायिक रूपमा खेती भइरहेको छ भने करिब ३५ हजार किसान प्रत्यक्ष संलग्न छन्।

उनका अनुसार आर्थिक वर्ष २०८१/८२ मा ६ लाख ७१ हजार रुपैयाँ बराबरको २,२६२ केजी च्याउ आयात भएको छ भने १ करोड १ लाख रुपैयाँ बराबरको १७,१९८ केजी च्याउ निर्यात भएको छ। पछिल्लो समय अन्य प्रजातिका च्याउसमेत निर्यात हुन थालेका छन्।

उनले भने, ‘नेपालमा हाल वार्षिक १५ हजार मेट्रिकटन भन्दा बढी ताजा च्याउको उत्पादन हुने गरेको र माग ७२ हजार मेट्रिक टन रहेको अनुमान छ । च्याउ ७१ भन्दा बढी जिल्लामा उत्पादन हुने गरेको भएतापनि ४७ जिल्लाहरुमा व्यवसायिक रुपमा उत्पादन र करिव ३५ हजार किसानहरु प्रत्यक्ष संलग्न रहेका छन् । देशभरमा च्याउको बीउ उत्पादन गर्ने प्रयोगशालाको संख्या ६७ रहेको छ भने कुल गार्हस्थ्य कृषि गार्हस्थ्य उत्पादनमा च्याउ क्षेत्रको योगदान ०.१५ प्रतिशत गरेको छ । मानव शरिरलाई आवश्यक पर्ने १२ प्रकारका अमिनु एसिडहरुमध्ये ९ प्रकारका अमिनु एसिडहरुको साथै प्रोटिन, कार्वोहाईडेड, चिल्लो पदार्थ, भिटामिन जस्ता पौष्टिक तत्वहरु च्याउमा पाइन्छ । साकाहारीका लागि समेत स्वीकार्य भएको च्याउ पौष्टिक तत्वको हिसावले मासु र तरकारीको बीचमा पर्दछ । न्युन आयस्रोत भएका कृषकहरुलाई च्याउ खेती जीविकोपार्जनको लागि राम्रो खेती मानिन्छ भने आधुनिक उच्च प्रविधि समेत प्रयोग गरी औद्योगिक रुपमा व्यवसायिक उत्पादन गरी रोजगारीको समेत सिर्जना गर्न सकिन्छ । नेपालमा उपभोक्ताहरुमा च्याउ सेवनको महत्वको ज्ञान वृद्धिसँगै च्याउको माग बढ्दै गएकोले नेपालमा च्याउ खेतीको प्रचुर सम्भावना रहेको छ । नेपालको रैथाने च्याउहरुको साथै नयाँ प्रजातीहरुको अध्ययन अनुसन्धान गरि खेती प्रविधिको विकास र दक्ष जनशक्तिको उपलब्धता प्रयाप्त हुन सकेको छैन । वर्तमान अवस्थामा च्याउ तथा च्याउको बीउ उत्पादनको सहजिकरण, प्रवद्र्धन तथा गुणस्तरको नियमन गर्नु अपरिहार्य भएको छ । आर्थिक वर्ष २०८१÷८२ मा ताजा वा चिस्यान गरिएको गोव्रे च्याउ ६ लाख ७१ हजार रुपैयाँ बराबरको २२६२ केजी च्याउ आयात तथा १ करोड १ लाख रुपैयाँ बराबरको १७ हजार एक सय ९८ केजी निर्यात भएको छ भने पछिल्लो समय अन्य प्रकारका च्याउ निर्यात हुन थालेको अवस्था छ ।’

मन्त्री परियारले च्याउमा मानव शरीरलाई आवश्यक १२ मध्ये ९ प्रकारका एमिनो एसिडसहित प्रोटिन, भिटामिनलगायत पौष्टिक तत्व पाइने उल्लेख गर्दै आधुनिक प्रविधिबाट औद्योगिक उत्पादन गरे रोजगारी सिर्जनामा ठूलो योगदान पुग्ने बताए। सरकारले च्याउ प्रविधि, अनुसन्धान, बीउ उत्पादन र गुणस्तर नियमनलाई प्राथमिकता दिएको पनि उनले स्पष्ट पारे।

प्रथम राष्ट्रिय च्याउ दिवसका अवसरमा च्याउ मेला तथा परिकार महोत्सव आयोजना गरिएको छ भने उत्कृष्ट च्याउ किसानलाई सम्मानसमेत गरिएको छ।


प्रकाशित मिति: १५ पुष २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?