Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
३० आश्विन २०८३, शुक्रबार
३० आश्विन २०८३, शुक्रबार

सामाजिक सञ्जाल र शहरमा होहल्ला गर्नेहरूले देश कब्जा गरिसकेको भ्रम फैल्याएः प्रचण्ड


सामाजिक सञ्जाल र शहरमा होहल्ला गर्नेहरूले देश कब्जा गरिसकेको भ्रम फैल्याएः संयोजक दाहाल

काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले सामाजिक सञ्जाल र शहरबजारमा होहल्ला गर्ने, इतिहास र निष्ठाविहीनहरूले देश कब्जा गरिसकेको भ्रम फैल्याएको टिप्पणी गरेका छन् ।

रुकुमपूर्वदेखि काठमाडौंसम्म यात्रामा आएका केशव रावलको सम्मानसहितको यात्रा समापन कार्यक्रममा बोल्दै उनले दशकौँको संघर्ष, त्याग र तपस्याबाट स्थापित पार्टीहरू अब आवश्यक छैनन् भन्ने भाष्य निर्माण गर्न खोजिएको बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत हल्ला गर्नेहरूलाई नै मुक्तिदाता जस्तो गरी प्रश्तुत गर्दा नागरिकमा भ्रम पार्न खोजिएको भएपनि आवस्तविकता त्यस्तो नभएको बताएका छन् ।

उनले भने,‘सामाजिक सञ्जाल र्हेयो भने, शहरबजारका मान्छेका होहल्ला र्हेयो भने त विचारविहीन, इतिहासविहीन, त्याग तपस्या बलिदान र निष्ठाविहीनहरूले नेपाल पूरै कब्जा गरिसके भनेजस्तो छ । पार्टीहरू त सिद्धिसके भन्ने छ । जसले दशकौँ लडाईं गरेर त्याग र तपस्या विचार र निष्ठाका कीर्तिमान राखेका बदमास र यिनको अब काम छैन भन्याजस्तो । सोसल मिडियाबाट होहल्ला गर्नेहरू नै मुक्तिदाता हुन् भनेर बजार र मोबाइल हेर्नेको हातहातमा त्यस्तै हो कि भन्ने भ्रम पर्ने गरेको छ । तपाईले पैदल यात्रा गरेर सबै ठाउँका र सबै पार्टीका समर्थकहरुको भावना बुझ्दा त्यस्तो होइन है भन्ने बुझियो । अहिले पनि नेपाली कम्युनिष्ट पार्टी र हाम्रो एकतअ प्रक्रियाप्रति सकारात्मक भाव छ भनेर तपाईले जुन कुरा राख्नुभयो यसले पनि बलियो सन्देश नै प्रवाह गर्नुभयो ।’

उनले रावलको पैदल यात्राले पार्टीका नेता तथा कार्यकर्ताहरुमा समेत एकताको सन्देश प्रवाह भएको उनको भनाइ छ ।


प्रकाशित मिति: १५ पुष २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?