Trending
>>   एसिडिटी के हो ? यस्ता छन् सजिलै निवारण गर्ने उपायहरु >>   रास्वपालाई अमेरिकाले चीन विरोधी शक्तिको रुपमा प्रयोग गर्छः राष्ट्रिय जनमोर्चा >>   मध्यपूर्वको तनावलाई अर्थ मन्त्रालयले कसरी हेरेको छ ? >>   हिम्मत भए प्रधानमन्त्रीको कार्यकक्षमा र संसद भवनमा ग्रेटर नेपालको नक्शा राख्न बालेनलाई चुनौती >>   सर्वोच्च अदालतको फैसला नआई काँग्रेसको नियमित महाधिवेशन हुन सक्दैनः देउवा पक्ष >>   नेपाली काँग्रेसको १५ औं महाधिवेशन आगामी भदौ २४ देखि २६ सम्म काठमाडौंमा हुने >>   हतार र हतास मनस्थितिमा आएर राजीनामा दिएको थिइनँः सभापति थापा >>   मुलुकमा सुशासन कायम तथा शासकीय सुधारका सन्दर्भमा सरकारसँग सहकार्य गर्छौंः सभापति थापा >>   राष्ट्रिय स्वतन्त्र पार्टीको उदय हुनुमा प्रवासी नेपालीको ठूलो भुमिका छ : सोमनाथ सापकोटा >>   नेपाली तयारी पोशाकलाई विश्व बजारमा पुर्‍याउन ‘ऊलमार्क’ सँग सहकार्य, उच्च मूल्यका उत्पादनमा जोड
Logo
१० चैत्र २०८२, मंगलवार
१० चैत्र २०८२, मंगलवार

इजरायलका विदेशमन्त्री एली कोहेन र अमेरिकी विदेशमन्त्री बीच कुराकानी


१३ असार, एजेन्सी । इजरायलका विदेशमन्त्री एली कोहेनले मङ्गलबार साँझ अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनसँग कुराकानी गरेका छन् ।

सो अवसरमा दुबै नेताले अब्राहम सम्झौताको विस्तार र नेगेभ फोरमको लागि मिति तय गर्ने बारे छलफल गरेको बताइएको छ । इजरायलसँगको कूटनीतिक सम्बन्ध सामान्यीकरण प्रक्रियामा जोडिन चाहाने थप देशहरूको सहभागिताको बारेमा पनि छलफल भएको बताइएको छ ।

कोहेनले प्यालेस्टिनी आतङ्कवादको बिरूद्ध लड्ने र आफ्ना नागरिकहरूको सुरक्षाको लागि तम्तयार रहने पनि प्रतिबद्धता व्यक्त गरेका छन् ।

छलफलमा इरानको आणविक कार्यक्रम विरुद्धको लडाइँलाई प्रवर्द्धन गर्दै इजरायली नागरिकहरूलाई अमेरिका भ्रमण सहजीकरण गर्ने प्रक्रियाको प्रगतिको बारेमा पनि छलफल गरिएको छ ।


प्रकाशित मिति: १३ असार २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?