Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
५ कार्तिक २०८३, बुधबार
५ कार्तिक २०८३, बुधबार

इजरायलका विदेशमन्त्री एली कोहेन र अमेरिकी विदेशमन्त्री बीच कुराकानी


१३ असार, एजेन्सी । इजरायलका विदेशमन्त्री एली कोहेनले मङ्गलबार साँझ अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनसँग कुराकानी गरेका छन् ।

सो अवसरमा दुबै नेताले अब्राहम सम्झौताको विस्तार र नेगेभ फोरमको लागि मिति तय गर्ने बारे छलफल गरेको बताइएको छ । इजरायलसँगको कूटनीतिक सम्बन्ध सामान्यीकरण प्रक्रियामा जोडिन चाहाने थप देशहरूको सहभागिताको बारेमा पनि छलफल भएको बताइएको छ ।

कोहेनले प्यालेस्टिनी आतङ्कवादको बिरूद्ध लड्ने र आफ्ना नागरिकहरूको सुरक्षाको लागि तम्तयार रहने पनि प्रतिबद्धता व्यक्त गरेका छन् ।

छलफलमा इरानको आणविक कार्यक्रम विरुद्धको लडाइँलाई प्रवर्द्धन गर्दै इजरायली नागरिकहरूलाई अमेरिका भ्रमण सहजीकरण गर्ने प्रक्रियाको प्रगतिको बारेमा पनि छलफल गरिएको छ ।


प्रकाशित मिति: १३ असार २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?