Trending
>>   दिनेशको उत्कृष्ट बलिङमा पुलिस विजयी >>   ‘शिक्षाभन्दा खेलकुद पहिलो’: खेलकुद मन्त्रालय अलग बनाउन सांसद लामिछानेको प्रश्ताव >>   ‘काँग्रेसमा ए टु जेड सबै खुइलिएका छन्, दम्भ त्यागेर एकताको बाटो रोजौँ’: वीरबहादुर बलायर >>   भृकुटीमण्डपमा तेस्रो नेशनल हर्टिकल्चर एक्स्पो हुँदै >>   पूर्वप्रधानमन्त्री र पूर्वगृहमन्त्रीको गिरफ्तारीमा राज्यले विधि र प्रक्रिया मिच्योः नेता पाण्डे >>   सर्वोच्चको फैसला नआउन्जेलसम्म खड्का–कोईराला पक्षले गगनलाई सभापति नमान्ने >>   खेलकुदलाई विद्यालयको पाठ्यक्रममै जोड्ने शिक्षामन्त्री पोखरेलको घोषणा >>   सहकारी पीडितको वचत फिर्तामा सरकार संवेदनशील, १ लाख मुनिकालाई प्राथमिकता >>   सरकारद्वारा चैत १९ मा संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस, संविधान संशोधनका लागि कार्यदल गठन >>   सांसदहरुलाई पूर्णबहादुर खड्काले भने–‘संविधान संशोधनको मुद्दा उठेको छ, ख्याल गर्नुहोला’
Logo
१७ चैत्र २०८२, मंगलवार
१७ चैत्र २०८२, मंगलवार

संसद्‍बाट बहुमतले पारित भयो बजेट


१३ असार, काठमाडाैँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले जेठ १५ गते पेश गरेको आगामी आर्थिक वर्षको बजेट प्रतिनिधि सभाको बुधबारको दोस्रो बैठकले बहुमतले पारित गरेको छ।

अर्थमन्त्री महतले आर्थिक वर्ष २०८०/८१ का लागि १७ खर्ब ५१ अर्ब रुपियाँको बजेट विनियोजन गरेका थिए। बैठकमा सभामुख देवराज घिमिरेले बजेटसम्बन्धी प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दा बहुमतले पारित भएको हो।

बजेट पारित गर्नका लागि मत विभाजनको प्रक्रिया अपनाइएको थियो। कुल उपस्थित सांसद २५५ मध्ये प्रस्तावको पक्षमा १४७, विपक्षमा १०८ मत परेको छ। मत दिन्न भन्ने सांसदको संख्या शून्य रहेको छ।

नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टीसहित सत्ता गठबन्धनका दलले बजेट पारित गर्न संसदीय दलमा अनिवार्य उपस्थिति हुन र प्रस्तावको पक्षमा मतदान गर्न ह्वीप लगाएका थिए। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) र राष्ट्रिय स्वतन्त्र पार्टीसहितका विपक्षी दलले विपक्षमा मतदान गरेका हुन्।

पारित भएसँगै आगामी साउन १ गतेबाट नयाँ आर्थिक वर्षको बजेट कार्यान्वयनमा आउनेछ।


प्रकाशित मिति: १३ असार २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?