Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

सचिवहरूको सरुवाबारे संसद्मा सवाल उठ्दा प्रधानमन्त्रीले भने – मेरो ध्यान गएको छ, संरचना बदलिन्छ


१३ असार, काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री कार्यालयमा सचिवहरू उत्साहित हुन नसकेको प्रति आफु जानकार रहेको बताएका छन् ।

सांसद् सांसद अमरेशकुमार सिंहले प्रधानमन्त्री कार्यालयमा सरुवा हुँदा सचिवहरूले कारबाहीमा परेको जस्तो महसुस गर्ने गरेकोबारे सवाल उठाएका थिए । सांसद् यादवको सवालको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले सेवा कसरी सुदृढीकरण गर्ने भन्ने विषयमा छलफल भएको समेत बताएका थिए ।

सांसद यादवले प्रधानमन्त्रीलाई सोधेका थिए, ‘प्रधानमन्त्री कार्यालयमा जो सचिवहरू सरुवा हुन्छन्, उनीहरू झोक्राएर बस्छन् । किनकि प्रधानमन्त्रीले आफ्नै आसेपासे र सचिवालयबाट प्रधानमन्त्री कार्यालय चलाउनुहुन्छ । सचिवले त झन् गर्व गर्नुपर्ने म प्रधानमन्त्री कार्यालयमा छु, देशको प्राइम सत्ताको ठाउँमा छु भनेर, तर त्यस्तो हुन सकेको छैन । यसको कारण के हो ?’

जवाफमा प्रधानमन्त्रीले भने, ‘प्रधानमन्त्री कार्यालयमा सचिवहरू उत्साहित हुनुपर्ने ठाउँमा झोक्राएर बस्नुपर्ने स्थिति छ भन्ने कुरामा प्रधानमन्त्रीका रूपमा मेरो ध्यान गएको छ । कसरी सुदृढीकरण गर्ने भन्ने विषयमा छलफल भएको छ । सम्भवतः केही समयभित्रै यो संरचनालाई बदलिन्छ ।’


प्रकाशित मिति: १३ असार २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?