Trending
>>   काँग्रेस–एमालेले अविलम्व सहकार्य गरेर अघि बढ्नुपर्छः रामबहादुर थापा >>   टुँडिखेलमा हर्षोल्लासका साथ तमु ल्होसार मनाइयो (तस्बिरहरु) >>   नेपालमा च्याउ खेतीको प्रचुर सम्भावना छः कृषिमन्त्री परियार >>   न्यु डायमण्ड सेमिफाइनलमा >>   कीर्तिपुरको डाँडामा बसेर महिनाको तीन लाख कमाउन सकिन्छः अर्थमन्त्री खनाल >>   सेन्ट्रल ओपनमा राहुलको अग्रता कायमै >>   रवि, बालेन, कुलमानलक्षित ओलीको टिप्पणीः कुखुरा, बाख्रा र स्यालको मोर्चा गरेर बाघको शिकार हुँदैन >>   नेपालमा अब नेपाली कम्युनिष्ट पार्टीको विकल्प छैनः माधव नेपाल >>   मदन–आश्रितका हत्यारालाई कानूनको कठघरामा उभ्याउनेछौँः रामबहादुर थापा >>   सामाजिक सञ्जाल र शहरमा होहल्ला गर्नेहरूले देश कब्जा गरिसकेको भ्रम फैल्याएः प्रचण्ड
Logo
१६ पुष २०८२, बुधबार
१६ पुष २०८२, बुधबार

सचिवहरूको सरुवाबारे संसद्मा सवाल उठ्दा प्रधानमन्त्रीले भने – मेरो ध्यान गएको छ, संरचना बदलिन्छ


१३ असार, काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री कार्यालयमा सचिवहरू उत्साहित हुन नसकेको प्रति आफु जानकार रहेको बताएका छन् ।

सांसद् सांसद अमरेशकुमार सिंहले प्रधानमन्त्री कार्यालयमा सरुवा हुँदा सचिवहरूले कारबाहीमा परेको जस्तो महसुस गर्ने गरेकोबारे सवाल उठाएका थिए । सांसद् यादवको सवालको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले सेवा कसरी सुदृढीकरण गर्ने भन्ने विषयमा छलफल भएको समेत बताएका थिए ।

सांसद यादवले प्रधानमन्त्रीलाई सोधेका थिए, ‘प्रधानमन्त्री कार्यालयमा जो सचिवहरू सरुवा हुन्छन्, उनीहरू झोक्राएर बस्छन् । किनकि प्रधानमन्त्रीले आफ्नै आसेपासे र सचिवालयबाट प्रधानमन्त्री कार्यालय चलाउनुहुन्छ । सचिवले त झन् गर्व गर्नुपर्ने म प्रधानमन्त्री कार्यालयमा छु, देशको प्राइम सत्ताको ठाउँमा छु भनेर, तर त्यस्तो हुन सकेको छैन । यसको कारण के हो ?’

जवाफमा प्रधानमन्त्रीले भने, ‘प्रधानमन्त्री कार्यालयमा सचिवहरू उत्साहित हुनुपर्ने ठाउँमा झोक्राएर बस्नुपर्ने स्थिति छ भन्ने कुरामा प्रधानमन्त्रीका रूपमा मेरो ध्यान गएको छ । कसरी सुदृढीकरण गर्ने भन्ने विषयमा छलफल भएको छ । सम्भवतः केही समयभित्रै यो संरचनालाई बदलिन्छ ।’


प्रकाशित मिति: १३ असार २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?