Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

गण्डकी प्रदेशसभा: बजेटमाथि मन्त्रालयगत छलफल जारी


१३ असार, गण्डकी । गण्डकी प्रदेशसभामा आगामी आर्थिक वर्ष २०८०/८१ का लागि विनियोजित बजेटको मन्त्रालयगत छलफल जारी छ।

बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, आर्थिक मामिला मन्त्रालय, प्रदेशसभा सचिवालय, प्रदेश लोकसेवा आयोग लगायत प्रतिष्ठान र निकायसँग सम्बन्धित शीर्षकहरुमा छलफल भयो।

यही असार ८ गते प्रदेशसभा समक्ष प्रस्तुत भएको विनियोजन विधेयक–२०८० माथि मङ्गलबारदेखि छलफल सुरु भएको थियो। मङ्गलबारको प्रदेशसभा बैठकमा उद्योग, पर्यटन, वन तथा वातारण मन्त्रालय र ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल गरिएको थियो।

मन्त्रालयगत छलफलका क्रममा प्रदेशसभा सदस्यहरुले बजेटबारे पक्ष र विपक्षमा आ–आफ्ना धारणा राखिरहेका छन्। बुधबारको छलफलमा भाग लिँदै प्रदेशसभा सदस्य हरिबहादुर चुमानले बजेट वितरणमुखी नभई परिणाममुखी रहेको बताए। उनले भौतिक, ऊर्जालगायत मन्त्रालयले टुक्रे योजना कटौती गर्नुलाई सकारात्मक रुपमा लिनुपर्ने उल्लेख गरे।

प्रदेशसभा सदस्य बिन्दुकुमार थापाले प्रदेश सरकारले जनमुखी बजेट ल्याएको धारणा राखेका छन्। उनले पोखराका तालमा हुने दुर्घटना न्यूनीकरणका लागि अस्थायी सुरक्षा पोष्ट स्थापना, कारागार सुधार र व्यवस्थापन लगायतका क्षेत्रमा बजेट विनियोजन गरिएकामा सन्तोष व्यक्त गरे। आन्तरिक आय वृद्धिका लागि आर्थिक मामिला मन्त्रालयले ल्याएको योजना कार्यान्वयन हुनुपर्नेमा उनको जोड थियो।

प्रदेशसभा सदस्य रोशनबहादुर गाहा थापाले शक्ति र पहुँचका आधारमा बजेट बाँडफाँट गरिएको आरोप लगाए। प्रदेशसभा सदस्य बिन्दु पौडेल, भक्तबहादुर कुँवरलगायतले छलफलमा भाग लिएका थिए।

यही असार १ गते सार्वजनिक गरिएको आगामी आव २०८०/८१ को बजेटमाथिको छलफल सकिएपछि मन्त्रालयगत शीर्षकमा छलफल सुरु भएको हो।

छलफलका क्रममा उठेका विषयमाथि सम्बन्धित मन्त्रीले जवाफ दिनुहुने प्रदेशसभा सचिवालयका सूचना अधिकारी प्रेम सुवेदीले जानकारी दिए। विनियोजन विधेयकसँगै आर्थिक विधेयकमा छलफल भएपछि बजेट पासको प्रक्रिया अगाडि बढ्ने उनले बताए।


प्रकाशित मिति: १३ असार २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?