Trending
>>   दिनेशको उत्कृष्ट बलिङमा पुलिस विजयी >>   ‘शिक्षाभन्दा खेलकुद पहिलो’: खेलकुद मन्त्रालय अलग बनाउन सांसद लामिछानेको प्रश्ताव >>   ‘काँग्रेसमा ए टु जेड सबै खुइलिएका छन्, दम्भ त्यागेर एकताको बाटो रोजौँ’: वीरबहादुर बलायर >>   भृकुटीमण्डपमा तेस्रो नेशनल हर्टिकल्चर एक्स्पो हुँदै >>   पूर्वप्रधानमन्त्री र पूर्वगृहमन्त्रीको गिरफ्तारीमा राज्यले विधि र प्रक्रिया मिच्योः नेता पाण्डे >>   सर्वोच्चको फैसला नआउन्जेलसम्म खड्का–कोईराला पक्षले गगनलाई सभापति नमान्ने >>   खेलकुदलाई विद्यालयको पाठ्यक्रममै जोड्ने शिक्षामन्त्री पोखरेलको घोषणा >>   सहकारी पीडितको वचत फिर्तामा सरकार संवेदनशील, १ लाख मुनिकालाई प्राथमिकता >>   सरकारद्वारा चैत १९ मा संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस, संविधान संशोधनका लागि कार्यदल गठन >>   सांसदहरुलाई पूर्णबहादुर खड्काले भने–‘संविधान संशोधनको मुद्दा उठेको छ, ख्याल गर्नुहोला’
Logo
१८ चैत्र २०८२, बुधबार
१८ चैत्र २०८२, बुधबार

काँग्रेस–एमालेले अविलम्व सहकार्य गरेर अघि बढ्नुपर्छः रामबहादुर थापा


मुलुकलाई निकास दिन काँग्रेस–एमालेले अविलम्व सहकार्य गरेर अघि बढ्नुपर्छः रामबहादुर थापा

काठमाडौँ। नेकपा (एमाले)का उपाध्यक्ष एवं पूर्वगृहमन्त्री रामबहादुर थापाले एमाले–काँग्रेसबीच अविलम्व सहकार्य गरेर अघि बढ्नुपर्ने बताएका छन् ।

मुलुकमा निर्वाचनको माहौल खडा भइरहेका बेला उनले काँग्रेस र एमालेबीच तत्काल सहकार्य गरेर अघि बढ्नुपर्ने आवश्यकता औंल्याएका छन् । मंगलवार काठमाडौंमा मदन–आश्रित स्मृति प्रतिष्ठानले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उपाध्यक्ष थापाले मुलुकमा संकटमा फसेको उल्लेख गर्दै त्यसलाई निकास दिन काँग्रेस–एमाले मोर्चाबन्दी कसेर अघि बढ्न ढिलाई गर्न नहुने बताएका छन् । संसद पुनःस्थापना गरेर वा निर्वाचनमा गएर काँग्रेस एमालेले प्रतिगमनकारीहरुलाई परास्त गर्दै मुलुकलाई सही बाटोमा अघि बढाउनुपर्ने उनको भनाई थियो । उपाध्यक्ष थापाले निर्वाचनका लागि काँग्रेस र एमालेले बराबरी सिट संख्या बाँढेर सहकार्यका साथ अघि बढन सक्ने धारणा समेत राखेका छन्।

उनले भने, ‘काँग्रेस र एमालेको, दुवै शक्तिहरुको संयुक्त आन्दोलनबाट हामी लोकतन्त्रको पुनस्थापना गर्नसक्छौँ । त्यसकारण यो रणनीति, यो बाटोबाट हामी अगाडि बढ्यौँ भने हामीले लोकतन्त्रलाई फेरि पुनःस्थापना गर्न सकिन्छ । र, हाम्रो सहकार्य, हाम्रो मोर्चाले नै देशको राष्ट्रिय स्वाधिनता र अस्तित्वलाई हामी टिकाउन सक्छौँ । त्यसकारण अविलम्ब दुवै दलले अवको लोकतन्त्रलाई पुनस्थापित गर्ने रणनीति र यसका कार्यनीतिहरु सुविचारित ढंगले निश्चित गर्न जरुरी छ । त्यसकारणले नयाँ संसद पुनःस्थापना गरेर होस् वा विघटित संसद पुरानो संसदलाई पुनःस्थापना गरेर होस् । यो दुई वटा बोटाबाट हामी अगाडि बढ्नसक्छौँ । त्यसकारणले नयाँ संसदमा वामपन्थी लोकतन्त्रवादी शक्तिहरुको वर्चश्वलाई स्थापित गरेर हामी फेरि लोकतन्त्रलाई स्थापित गर्नसक्छौँ । वा हामीले विघटित संसदलाई पुनःस्थापित गरेर त्यो अदालतको बाटोबाट वा सडकको बाटोबाट फागुन २१ सम्म हामीलाई समय छ । त्यो हामीले हामीले पुरानो संसदलाई जहाँ वामपन्थी लोकतन्त्रवादीहरुको वर्चश्व थियो । त्यसलाई पुनःस्थापित गरेर लोकतन्त्रलाई पुनःस्थापित गर्न सकिन्छ । यो दुई वटा बाटो अहिले हाम्रो अगाडि छ । त्यसकारण यो दुई वटै बाटोबाट अघि बढने रणनीति हामीले तय गर्न जरुरी छ । त्यसकारण आगामी निर्वाचनमा जो फागुन २१ मा हुन गईरहेको छ । त्यो नहुन पनि सक्छ । यदि उनीहरुले आफू अनुकूल नभए त्यो नगर्न पनि सक्छन । तर त्यो उनीहरुले गर्दछन भन्ने मानेर हामीले दुई वटा शक्तिहरुले यो लडाईमा लोकतन्त्रवादीहरुलाई जिताउन र प्रतिगमनकारीहरुलाई परास्त गर्न मोर्चाबन्दी गर्न जरुरी छ ।’

उपाध्यक्ष थापाले भदौ २३ र २४ गते मुलुकमा प्रतिक्रान्ति भएको र देश गम्भिर संकटमा फसेको जिकीर गर्दै त्यसको निदान काँग्रेस, एमालेले मिलेर मात्रै दिनसक्ने समेत बताएका छन् ।


प्रकाशित मिति: १५ पुष २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?