Trending
>>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ >>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा >>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे >>   नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी >>   प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ >>   नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः आईजीपी कार्की >>   मदन पुरस्कार र जगदम्बा–श्री पुरस्कार प्रदान
Logo
२७ आश्विन २०८३, मंगलवार
२७ आश्विन २०८३, मंगलवार

राजनिति


सर्वहारा वर्गको नेतृत्वमा समाजवाद तत्काल सम्भव छैनः अध्यक्ष दाहाल

काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सर्वहारा वर्गको नेतृत्वमा समाजवाद तत्काल सम्भव नरहेको बताएका छन् । बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले सर्वहारा वर्गको अधिनायकत्व वा सर्वहारा वर्गको नेतृत्वमा समाजवाद तत्काल सम्भव नरहेको बताएका हुन् । उनले मध्यम वर्गलाई अगाडि ल्याउने, राष्ट्रिय पुँजीको

संसदीय प्रणाली खसीको टाउको झुन्ड्याउने र कुकुरको मासु बेच्ने सिस्टम हो : अध्यक्ष दाहाल

काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले संसदीय व्यवस्था ‘खसीको टाउको झुन्ड्याएर कुकुरको मासु बेच्ने’ प्रणाली भएको टिप्पणी गरेका छन् । बिहीवार काठमाडौंमा समाजवादी दर्शनको रुपरेखा नामक पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन् । उनले जनवादी क्रान्तिको क्रममा माक्सवादको प्रचार गर्दा संसदीय व्यवस्था

नेकपा (एकीकृत समाजवादी) द्वारा पार्टीको आगामी कार्ययोजनाबारे छलफल

काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) ले पार्टीको आगामी कार्ययोजनाका बारेमा छलफल गरेको छ । बिहीवार पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकमा पार्टीको आगामी कार्ययोजनाबारे छलफल भएको हो । छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका उपाध्यक्ष जगन्नाथ खतिवडाले पार्टीको सचिवालय बैठक असार १३ गतेदेखि नै जारी रहेको र आज छोटो समय बसेर

बैंकर्स र उद्योगी तत्काल छुट््याउँदा अर्थतन्त्रमा ठूलो समस्या आउनसक्छः सांसद जबरा

काठमाडौँ। नेपाली काँग्रेसका सांसद उदयसमशेर जबराले बैंकर्स र उद्योगी तत्कालै छुट्याउदा अर्थतन्त्रमा ठूलो समस्या आउने बताएका छन् । बिहीवार प्रतिनिधि सभाको अर्थसमितिमा बैंक तथा बाफिया विधेयकमाथिको छलफलमा बोल्दै एउटै व्यक्ति बैंकर्स पनि हुनुपर्ने र व्यापारी पनि हुनु भनेको गुड गभर्नेन्सको सिद्धान्तले नमिल्ने बताए । कतिपय व्यवहारिक पाटोलाई हेरिनुपर्ने बताए ।

सर्वोच्च अदालतले ५२ संवैधानिक पदाधिकारीको नियुक्ति सदर गर्‍यो

काठमाडौँ। सर्वोच्च अदालतको संवैधानिक इजलासले विवादित रूपमा नियुक्त भएका संवैधानिक निकायका ५२ पदाधिकारीको नियुक्तिलाई सदर गरेको छ। बुधबार बसेको संवैधानिक इजलासले साढे चार वर्षदेखि विचाराधीन रहेको उक्त नियुक्ति सम्बन्धी रिट खारेज गर्दै विवाद टुंग्याएको हो।तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले अध्यादेशमार्फत संवैधानिक परिषद्सम्बन्धी कानुन संशोधन गरी परिषद्को अभ्यासविपरीत बहुमतको निर्णयबाट

देशलाई दैनिक १८ घण्टा काम गर्ने प्रधानमन्त्री चाहिएको छः काँग्रेस नेता आचार्य

काठमाडौँ। नेपाली काँग्रेसका केन्द्रिय सदस्य महेश आचार्यले मुलुकलाई तिब्र आर्थिक रूपान्तरणको दिशामा अघि बढाउन सक्षम र प्रतिबद्ध नेतृत्वको आवश्यकता रहेको बताएका छन् । बुधवार पार्टी पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोईरालाको १०२ औं जन्मजयन्तीको अवसरमा काठमाडौंमा आयोजित गोष्ठीमा बोल्दै उनले यस्तो बताएका हुन् । अहिले देशलाई दैनिक १८ घण्टा काम गर्ने

कसैको निगाहले राजनीतिमा आएको होइन, विधेयक बनाउने क्रममा मेरो संसदको लोगो खोसियो

काठमाडौँ। राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले निजामति कानून बनाउने क्रममा आफूमाथि आक्रमण भएको बताएका छन् । बुधवारको समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले विधेयक बनाउने क्रममा सांसदहरुले भनाइ खानुपरेको र बेइज्जती सहनुपरेको बताए । उनले जस्ताको त्यस्तै छ भनेर विश्वास गर्दा बीचमा तुहाउने काम

कुलिङ पिरियडका सम्बन्धमा भएको चलखेलमा संसदीय छानविन समिति बनाउन संसदीय समितिको निर्देशन

काठमाडौँ। राज्य व्यवस्था तथा सुशासन समितिले कुलिङ पिरियडका सम्बन्धमा भएको चलखेलमा संसदीय छानविन समिति बनाएर अध्ययन गर्न सभामुख देवराज घिमिरेलाई अनुरोध गरेको छ । समितिको बुधवारको बैठकमा समितिको तर्फबाट सभापति रामहरि खतिवडाले कुलिङ पिरियडका सम्बन्धमा भएको चलखेलमा संसदीय छानविन समिति बनाएर अध्ययन गर्न सभामुखसँग आग्रह गर्ने निर्णय समितिले गरेको बताएका

कुलिङ पिरियडबारे छानविन समिति बनाउनुपर्छ तर सहयोग पाइएला जस्तो छैनः सांसद बडू

काठमाडौँ। नेपाली काँग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले कुलिङ पिरियडबारे भएको चलखेलमा छानविन समिति बनाउन सभामुख देवराज घिमिरेसँग आग्रह गरेका छन् । बुधवारको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो आग्रह गरेका हुन् । उनले मंगलवार सभामुखसँगको भेटमा पनि छानसिवन समितिको माग गरेपनि अहिलेसम्म सहयोग हुन नसकेको बताए । उनले

कुलिङ पिरियडमा समिति सभापति र सचिवले अपराध गर्नुभयोः सांसद श्रेष्ठ

काठमाडौँ। नेकपा एमाले सांसद कृष्णगोपाल श्रेष्ठले कुलिङ पिरियडमा समिति सभापति रामहरि खतिवडा र समिति सचिव सुरजकुमार दुराले अपराध गर्नुभएको आरोप लगाएका छन् । राज्य व्यवस्था तथा सुशासन समितिको बुधवारको बैठकमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् । उनले विधेयकमा सभापति र सचिवको हस्ताक्षर रहेकाले हस्ताक्षर गर्नेले थाहा पाइन भन्ने नमिल्ने

सम्वन्धित समाचारहरु