Trending
>>   संकटको घेरामा नेपाल वायुसेवा निगम: महँगो ऋण र जहाज अभावले थलिए राष्ट्रिय ध्वजावाहक >>   सरकार ठिक ढंगले अगाडि बढ्न सकेनः प्रचण्ड >>   कृषि तथा वन क्षेत्रलाई उद्योग र बजारसँग जोड्ने गरी सरकारले नीतिगत तयारी गर्दैछः मन्त्री चौधरी >>   चितवन जिल्ला प्रशासनको चेपाङ बस्तीमा घुम्ती शिविर, ९० जनाले पाए नागरिकता >>   आशा गरिएकी जुडोकी पुनमको खराब प्रदर्शन >>   प्रस्तावित राष्ट्रिय जलवायु परिवर्तन नीति २०८३ लाई थप कार्यान्वयनमुखी बनाउन सुझाव >>   द्वन्द्व बढे नयाँ हतियार प्रयोग गर्ने इरानको चेतावनी ,तनाव कायमै >>   ज्येष्ठ नागरिकको अनुभव पुस्तान्तरण गर्न ‘अनुभव बैङ्क’ स्थापना गर्दैर्छौंः मन्त्री वादी >>   कृषि समितिमा मन्त्रीसँग सांसदहरूको प्रश्नः ‘मल वितरणको पारदर्शी प्रणाली र अडियो काण्डको स्पष्टीकरण खै ?’ >>   उखु किसानको भुक्तानी समस्या अब एक–दुई दिनमै हल हुन्छ
Logo
१६ आश्विन २०८३, शुक्रबार
१६ आश्विन २०८३, शुक्रबार

देशलाई दैनिक १८ घण्टा काम गर्ने प्रधानमन्त्री चाहिएको छः काँग्रेस नेता आचार्य


काठमाडौँ। नेपाली काँग्रेसका केन्द्रिय सदस्य महेश आचार्यले मुलुकलाई तिब्र आर्थिक रूपान्तरणको दिशामा अघि बढाउन सक्षम र प्रतिबद्ध नेतृत्वको आवश्यकता रहेको बताएका छन् ।

बुधवार पार्टी पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोईरालाको १०२ औं जन्मजयन्तीको अवसरमा काठमाडौंमा आयोजित गोष्ठीमा बोल्दै उनले यस्तो बताएका हुन् । अहिले देशलाई दैनिक १८ घण्टा काम गर्ने प्रधानमन्त्रीको खाँचो रहेको उनको टिप्पणी छ । उनले देशमा लोकतन्त्रको लडाइँ बाँकी नरहेकोले आर्थिक एजेण्डालाई केन्द्रमा राखेर अगाडि बढ्नुपर्ने आवश्यकता रहेको बताए । विश्व अर्थतन्त्रको हिसावले छिमेकी देशहरु चीन र भारत क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेको उल्लेख गर्दै नेपालले अनावश्यक बहसमा अल्झिनु नहुने बताए ।

उनले भने, ‘अहिले देशलाई दैनिक १८ घण्टा काम गर्ने प्रधानमन्त्री चाहिएको छ । आर्थिक एजेण्डामा काम गर्ने प्रधानमन्त्री चाहिन्छ । नेपालमा अब लोकतन्त्रको लडाईको मुद्दा छैन । अब एउटै मुद्दा छ–यो देशलाई तिब्र गतिले विकासमामा लैजाने । यो किन पनि जरुरी थियो भने राष्ट्रियतासँग पनि जोडिएको छ । छिमेकी देश भारत विश्वकै तेस्रो ठुलो अर्थतन्त्र भएको देश बन्ने प्रक्रियामा पुगेको छ । दोस्रो ठुलो अर्थतन्त्र छिमेकी मुलुक चीन छ । यी दुई देशहरुलाई एकीकृत गर्न छाडेर अनावश्यक टिप्पणी र बहस गर्नमा बस्यौं भने कसरी हामीले हाम्रो देशको अस्मिताको रक्षा गर्न सक्छौं ? देशको राष्ट्रियतालाई बलियो बनाउनका लागि पनि हामीले उर्जावान युवाहरुको उपयोग गर्न जरुरी छ । यसरी युवाहरुलाई विदेशमा प्रयोग हुन बाध्य पार्ने जुन काम भएको छ यसले देश कसरी अगाडि बढ्छ ?’

आर्थिक सुधार र रोजगारी सिर्जना सरकारको प्रमुख प्राथमिकता हुनुपर्ने उनको भनाइ छ ।


प्रकाशित मिति: १८ असार २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?