Trending
>>   नेपाल एयरलाइन्स अब बिग्रिने ठाउँ नै छैन, निजी कम्पनी हुन्थ्यो भने बन्द भैसक्थ्यो:पर्यटनमन्त्री >>   नेपाल वायुसेवा निगमको लज्जास्पद अवस्था अन्त्य गर्न आवश्यकःएमाले सांसद कार्की >>   संकटको घेरामा नेपाल वायुसेवा निगम: महँगो ऋण र जहाज अभावले थलिए राष्ट्रिय ध्वजावाहक >>   सरकार ठिक ढंगले अगाडि बढ्न सकेनः प्रचण्ड >>   कृषि तथा वन क्षेत्रलाई उद्योग र बजारसँग जोड्ने गरी सरकारले नीतिगत तयारी गर्दैछः मन्त्री चौधरी >>   चितवन जिल्ला प्रशासनको चेपाङ बस्तीमा घुम्ती शिविर, ९० जनाले पाए नागरिकता >>   आशा गरिएकी जुडोकी पुनमको खराब प्रदर्शन >>   प्रस्तावित राष्ट्रिय जलवायु परिवर्तन नीति २०८३ लाई थप कार्यान्वयनमुखी बनाउन सुझाव >>   द्वन्द्व बढे नयाँ हतियार प्रयोग गर्ने इरानको चेतावनी ,तनाव कायमै >>   ज्येष्ठ नागरिकको अनुभव पुस्तान्तरण गर्न ‘अनुभव बैङ्क’ स्थापना गर्दैर्छौंः मन्त्री वादी
Logo
१६ आश्विन २०८३, शुक्रबार
१६ आश्विन २०८३, शुक्रबार

सर्वहारा वर्गको नेतृत्वमा समाजवाद तत्काल सम्भव छैनः अध्यक्ष दाहाल


काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सर्वहारा वर्गको नेतृत्वमा समाजवाद तत्काल सम्भव नरहेको बताएका छन् ।

बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले सर्वहारा वर्गको अधिनायकत्व वा सर्वहारा वर्गको नेतृत्वमा समाजवाद तत्काल सम्भव नरहेको बताएका हुन् । उनले मध्यम वर्गलाई अगाडि ल्याउने, राष्ट्रिय पुँजीको विकास गर्ने र दलाल पुँजीपति, विचौलिया र नोकरशाहहरुले कायम गरेको हैकमलाई नियन्त्रण र नियमन गर्न जरुरी रहेको बताए । समाजवादको आधार निर्माणको मुख्य तगारो दलाल पुँजीवाद र नोकरशाही पुँजीवाद रहेको बताए । अहिले विचौलियाहरुले नेपाली अर्थतन्त्रलाई कब्जा गर्ने प्रक्रिया चलेको बताए ।

अध्यक्ष दाहालले भने, ‘अहिले पनि सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको बाटो, राष्ट्रिय पुँजीको विकासको बाटो अहिले भर्खरै सर्वहारा वर्गको अधिनायकत्व वा सर्वहारा वर्गको नेतृत्वमा समाजवाद तत्काल सम्भव छैन । गर्नुपर्ने भनेको हामीले मध्यम वर्गलाई अगाडि ल्याउने, राष्ट्रिय पुँजीको विकास गर्ने र दलाल पुँजीपति, विचौलिया र नोकरशाहहरुले जो हैकम कायम गरेका छन्, त्यसलाई नियन्त्रण र नियमन गर्ने हो । भ्रष्टाचारका विरुद्ध, दलाल पुँजीवादका विरुद्ध नेपाली जनताको, नेपाली समाजको अहिले समाजवादी निर्माणको आधार निर्माणको मुख्य तगारो दलाल पुँजीवाद र नोकरशाही पुँजीवाद नै हो । अहिले विचौलियाहरुले नेपाली अर्थतन्त्रलाई जसरी कब्जा गर्ने प्रक्रिया चलेको छ । समाजवादका ठूला ठूला कुरा गर्ने त एउटा भयो, व्याख्या गर्नेकुरा एउटा भयो । व्याख्या धेरै भयो, मुख्य भनेको बदल्ने कुरा हो ।’

अध्यक्ष दाहालले भ्रष्टाचार गर्ने र भ्रष्टाचारीलाई संरक्षण गर्ने, विकृत नोकशाही, दलाल पुँजीवादको पक्षपोषण गर्नेलाई वामपन्थी नै भनिएको र त्यसविरुद्ध लड्नेलाई पनि वामपन्थी नै भन्ने गरिएकोप्रति आपत्ति जनाए ।


प्रकाशित मिति: १९ असार २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?