Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

सर्वहारा वर्गको नेतृत्वमा समाजवाद तत्काल सम्भव छैनः अध्यक्ष दाहाल


काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सर्वहारा वर्गको नेतृत्वमा समाजवाद तत्काल सम्भव नरहेको बताएका छन् ।

बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले सर्वहारा वर्गको अधिनायकत्व वा सर्वहारा वर्गको नेतृत्वमा समाजवाद तत्काल सम्भव नरहेको बताएका हुन् । उनले मध्यम वर्गलाई अगाडि ल्याउने, राष्ट्रिय पुँजीको विकास गर्ने र दलाल पुँजीपति, विचौलिया र नोकरशाहहरुले कायम गरेको हैकमलाई नियन्त्रण र नियमन गर्न जरुरी रहेको बताए । समाजवादको आधार निर्माणको मुख्य तगारो दलाल पुँजीवाद र नोकरशाही पुँजीवाद रहेको बताए । अहिले विचौलियाहरुले नेपाली अर्थतन्त्रलाई कब्जा गर्ने प्रक्रिया चलेको बताए ।

अध्यक्ष दाहालले भने, ‘अहिले पनि सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको बाटो, राष्ट्रिय पुँजीको विकासको बाटो अहिले भर्खरै सर्वहारा वर्गको अधिनायकत्व वा सर्वहारा वर्गको नेतृत्वमा समाजवाद तत्काल सम्भव छैन । गर्नुपर्ने भनेको हामीले मध्यम वर्गलाई अगाडि ल्याउने, राष्ट्रिय पुँजीको विकास गर्ने र दलाल पुँजीपति, विचौलिया र नोकरशाहहरुले जो हैकम कायम गरेका छन्, त्यसलाई नियन्त्रण र नियमन गर्ने हो । भ्रष्टाचारका विरुद्ध, दलाल पुँजीवादका विरुद्ध नेपाली जनताको, नेपाली समाजको अहिले समाजवादी निर्माणको आधार निर्माणको मुख्य तगारो दलाल पुँजीवाद र नोकरशाही पुँजीवाद नै हो । अहिले विचौलियाहरुले नेपाली अर्थतन्त्रलाई जसरी कब्जा गर्ने प्रक्रिया चलेको छ । समाजवादका ठूला ठूला कुरा गर्ने त एउटा भयो, व्याख्या गर्नेकुरा एउटा भयो । व्याख्या धेरै भयो, मुख्य भनेको बदल्ने कुरा हो ।’

अध्यक्ष दाहालले भ्रष्टाचार गर्ने र भ्रष्टाचारीलाई संरक्षण गर्ने, विकृत नोकशाही, दलाल पुँजीवादको पक्षपोषण गर्नेलाई वामपन्थी नै भनिएको र त्यसविरुद्ध लड्नेलाई पनि वामपन्थी नै भन्ने गरिएकोप्रति आपत्ति जनाए ।


प्रकाशित मिति: १९ असार २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?