Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

कुलिङ पिरियडमा समिति सभापति र सचिवले अपराध गर्नुभयोः सांसद श्रेष्ठ


काठमाडौँ। नेकपा एमाले सांसद कृष्णगोपाल श्रेष्ठले कुलिङ पिरियडमा समिति सभापति रामहरि खतिवडा र समिति सचिव सुरजकुमार दुराले अपराध गर्नुभएको आरोप लगाएका छन् ।

राज्य व्यवस्था तथा सुशासन समितिको बुधवारको बैठकमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् । उनले विधेयकमा सभापति र सचिवको हस्ताक्षर रहेकाले हस्ताक्षर गर्नेले थाहा पाइन भन्ने नमिल्ने तर्क गरे । उनले आफ्ना निर्वाचन क्षेत्रका जनतालाई हेरेर बेलैमा विचार पुर्याउन सुझाव दिए । उनले समिति सभापतिले नजानेर, नबुझेर नभइ जानाजान हस्ताक्षर गर्नुभएको आरोप लगाए ।

उनले भने, ‘विधेयकमा अहिलेसम्म हेर्दा त सभापतिज्युको र दुराजीको हस्ताक्षर छ त । तपाईंहरु दुई जनाको हस्ताक्षर भएपछि मैले थाहै पाइन भन्न पाइन्छ ? हामी कानून मन्त्रालय पनि देख्दैनैँ । सामान्य प्रशासन मन्त्रालय पनि देख्दैनौँ । हामीले विश्वास गरेको समितिको सभापतिज्युले नै त्यो विधेयकमा मैले चाल नै नपाइकन दुराजीले ल्याइदिनुभयो, मैले सुरक्क साइन गरेँ भनेर पाइन्छ ? त्यसकारण पहिला सभापतिज्यु रामहरि खतिवडा, अब विचार गर्नुस् । तपाईंको निर्वाचन क्षेत्रको जनतालाई नै हेर्नुस् । अहिलेको जनता लाटो छैन । बुद्धि पुयाउनुस् । यो ब्लण्डर मिस्टेक हो । मैले के बुझेको छु भने तपाईंले हेरेरै बुझेरै साइन गर्नुभएको छ । यो मेरो तपाईंलाई आरोप हो । तपाईंले नदेखेर साइन गरेको छैन । बरु तपाईंले मन्त्रीलाई छक्याएको हुनसक्छ । तपाईंले अपराध गर्नुभयो । दुराजी तपाईंको राज्य व्यवस्था समितिको सचिव बन्ने नैतिक अधिकार गुम्यो ।’

सांसद श्रेष्ठले राज्य व्यवस्था समितिमा सचिवको रुपमा मान्न नसकिने बताए ।


प्रकाशित मिति: १८ असार २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?