Trending
>>   टर्की र युक्रेनबीचको स्वतन्त्र व्यापार सम्झौता कार्यान्वयनमाः द्विपक्षीय व्यापारमा नयाँ आयाम >>   सन् २०१३ को रेहानली बम विष्फोटका मुख्य योजनाकार टर्कीमा पक्राउ >>   किर्गिस्तानले अन्तरिक्षमा पठायो पहिलो राष्ट्रिय भू–उपग्रह >>   संसद् कमजोर भएको महसुस मैले पटक्कै गरेको छैन:सभामुख अर्याल >>   धक्का खाए पनि दुई तिहाईको लक्ष्यमा पुग्न सकिन्छः अध्यक्ष ओली >>   प्रतिनिधि सभाको दोस्रो अधिवेशन सम्पन्नः १४५ दिनमा १२ विधेयक पारित >>   राष्ट्रिय सभाको २१ औं अधिवेशन सम्पन्नः १४५ दिनमा ५२ बैठक, के–के भए उपलब्धि ? >>   काठमाडौंमा साढे ३ हजार प्रहरी परिचालन >>   संसदीय अधिवेशन कानून निर्माण र जनजीविकामा केन्द्रित रह्योः सांसद ढकाल >>   ग्लोवल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित
Logo
१७ आश्विन २०८३, शनिबार
१७ आश्विन २०८३, शनिबार

कुलिङ पिरियडमा समिति सभापति र सचिवले अपराध गर्नुभयोः सांसद श्रेष्ठ


काठमाडौँ। नेकपा एमाले सांसद कृष्णगोपाल श्रेष्ठले कुलिङ पिरियडमा समिति सभापति रामहरि खतिवडा र समिति सचिव सुरजकुमार दुराले अपराध गर्नुभएको आरोप लगाएका छन् ।

राज्य व्यवस्था तथा सुशासन समितिको बुधवारको बैठकमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् । उनले विधेयकमा सभापति र सचिवको हस्ताक्षर रहेकाले हस्ताक्षर गर्नेले थाहा पाइन भन्ने नमिल्ने तर्क गरे । उनले आफ्ना निर्वाचन क्षेत्रका जनतालाई हेरेर बेलैमा विचार पुर्याउन सुझाव दिए । उनले समिति सभापतिले नजानेर, नबुझेर नभइ जानाजान हस्ताक्षर गर्नुभएको आरोप लगाए ।

उनले भने, ‘विधेयकमा अहिलेसम्म हेर्दा त सभापतिज्युको र दुराजीको हस्ताक्षर छ त । तपाईंहरु दुई जनाको हस्ताक्षर भएपछि मैले थाहै पाइन भन्न पाइन्छ ? हामी कानून मन्त्रालय पनि देख्दैनैँ । सामान्य प्रशासन मन्त्रालय पनि देख्दैनौँ । हामीले विश्वास गरेको समितिको सभापतिज्युले नै त्यो विधेयकमा मैले चाल नै नपाइकन दुराजीले ल्याइदिनुभयो, मैले सुरक्क साइन गरेँ भनेर पाइन्छ ? त्यसकारण पहिला सभापतिज्यु रामहरि खतिवडा, अब विचार गर्नुस् । तपाईंको निर्वाचन क्षेत्रको जनतालाई नै हेर्नुस् । अहिलेको जनता लाटो छैन । बुद्धि पुयाउनुस् । यो ब्लण्डर मिस्टेक हो । मैले के बुझेको छु भने तपाईंले हेरेरै बुझेरै साइन गर्नुभएको छ । यो मेरो तपाईंलाई आरोप हो । तपाईंले नदेखेर साइन गरेको छैन । बरु तपाईंले मन्त्रीलाई छक्याएको हुनसक्छ । तपाईंले अपराध गर्नुभयो । दुराजी तपाईंको राज्य व्यवस्था समितिको सचिव बन्ने नैतिक अधिकार गुम्यो ।’

सांसद श्रेष्ठले राज्य व्यवस्था समितिमा सचिवको रुपमा मान्न नसकिने बताए ।


प्रकाशित मिति: १८ असार २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?