Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

कसैको निगाहले राजनीतिमा आएको होइन, विधेयक बनाउने क्रममा मेरो संसदको लोगो खोसियो


काठमाडौँ। राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले निजामति कानून बनाउने क्रममा आफूमाथि आक्रमण भएको बताएका छन् ।

बुधवारको समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले विधेयक बनाउने क्रममा सांसदहरुले भनाइ खानुपरेको र बेइज्जती सहनुपरेको बताए । उनले जस्ताको त्यस्तै छ भनेर विश्वास गर्दा बीचमा तुहाउने काम भएको बताए । उनले यो गम्भीर प्रकृतिको अपराध भएको र अक्षम्य रहेको बताए । छानविनपछि आफ्नो गल्ती भएको प्रमाणित भए कुनैपनि सजाय भोग्न तयार रहेको बताए । आफू कसैको निगाहले राजनीतिमा नआएको बताए । आफू शहीदको छोरो र चन्दा दिएर सांसद नबनेको बताएका छन् ।

उनले भने, ‘हामीले कत्रो भनाइ, कठिनाइ खानुपरेको छ, बेइज्जती भोग्नुपरेको छ । हामी जस्ताको त्यस्तै छ भनेर लैजाने, बीचमा तुहाउने काम गर्नुहुन्छ । यो गम्भीर अपराध हो, अक्षम्य अपराध हो । हामी सभामुखलाई छानविनका लागि अनुरोध गर्न चाहन्छाँै । छानविनपछि गल्ती भए रामहरि खतिवडा जस्तो सुकै सजाय भोग्न तयार छ । म मेरो गल्ती देखिए जस्तोसुकै सजाय भोग्न तयार छु । समितिको रायबाट बाहेक राजीनामा दिएपछि र अन्य सरकारी बाहेक अरु केही थपेको छैन । म कसैको निगाहले राजनीतिमा आएको होइन । निर्वाचित भएरै आएको हुँ । एक पटक होइन, त्यो भन्दा बढी पनि भएको हौँला । मेरो बाउ शहीद भएर पनि आएको होइन, म चन्दा दिएर पनि आएको होइन । म राजनीतिमा दुःखै गरेर आएको हुँ । म क्यारेम्बोड खेलेको जस्तो यता देखाएर अर्कोतिर छिराउने मान्छे पनि होइन । निष्ठा र प्रतिष्ठासँग दृढ छु । कानून बनाउने काम गाह्रै हुन्छ । थाहा छ तर ममाथि आक्रमण भएको छ । प्रहार भएको छ ।’

उनले असार २ गते आफ्नो संसदको लोगो खोस्ने र आफूमाथि जाइलाग्ने काम भएको बताएका छन् ।


प्रकाशित मिति: १८ असार २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?