Trending
>>   आठौं अन्तर्राष्ट्रिय जुडोमा पाम र एमएमएसी च्याम्पियन >>   निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश >>   शतक प्रेरित आर्मी र एपिएफ विजयी >>   सुक्दै गएका ढुंगेधारा र काकाकुल काठमाडौंको ‘मौन चित्कार’ (फोटो फिचर) >>   लघुवित्त संस्थाहरुमा सुशासनको कमीः उपाध्यक्ष श्रेष्ठ >>   ‘उत्पादनशील योजनामा मात्रै ऋण परिचालन गर्नू’ >>   तत्कालीन पर्यटन सचिव अधिकारीसहित २१ जना व्यक्ति र २ कम्पनी विरुद्ध मुद्दा दायर >>   भक्तपुरको दुवाकोटमा पनि काठमाडौं मेडिकल कलेज (केएमसी) अस्पताल >>   विशेष महाधिवेशनको नाममा भएको ५ महिने झगडा नै काँग्रेस पराजयको मुख्य कारकः नेता घिमिरे >>   राष्ट्रिय परिचय पत्र र नागरिकता प्रणालीबीच अन्तरआवद्धता शुरु, अब छुट्टाछुट्टै फारम भर्नु नपर्ने
Logo
८ चैत्र २०८२, आईतवार
८ चैत्र २०८२, आईतवार

कसैको निगाहले राजनीतिमा आएको होइन, विधेयक बनाउने क्रममा मेरो संसदको लोगो खोसियो


काठमाडौँ। राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले निजामति कानून बनाउने क्रममा आफूमाथि आक्रमण भएको बताएका छन् ।

बुधवारको समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले विधेयक बनाउने क्रममा सांसदहरुले भनाइ खानुपरेको र बेइज्जती सहनुपरेको बताए । उनले जस्ताको त्यस्तै छ भनेर विश्वास गर्दा बीचमा तुहाउने काम भएको बताए । उनले यो गम्भीर प्रकृतिको अपराध भएको र अक्षम्य रहेको बताए । छानविनपछि आफ्नो गल्ती भएको प्रमाणित भए कुनैपनि सजाय भोग्न तयार रहेको बताए । आफू कसैको निगाहले राजनीतिमा नआएको बताए । आफू शहीदको छोरो र चन्दा दिएर सांसद नबनेको बताएका छन् ।

उनले भने, ‘हामीले कत्रो भनाइ, कठिनाइ खानुपरेको छ, बेइज्जती भोग्नुपरेको छ । हामी जस्ताको त्यस्तै छ भनेर लैजाने, बीचमा तुहाउने काम गर्नुहुन्छ । यो गम्भीर अपराध हो, अक्षम्य अपराध हो । हामी सभामुखलाई छानविनका लागि अनुरोध गर्न चाहन्छाँै । छानविनपछि गल्ती भए रामहरि खतिवडा जस्तो सुकै सजाय भोग्न तयार छ । म मेरो गल्ती देखिए जस्तोसुकै सजाय भोग्न तयार छु । समितिको रायबाट बाहेक राजीनामा दिएपछि र अन्य सरकारी बाहेक अरु केही थपेको छैन । म कसैको निगाहले राजनीतिमा आएको होइन । निर्वाचित भएरै आएको हुँ । एक पटक होइन, त्यो भन्दा बढी पनि भएको हौँला । मेरो बाउ शहीद भएर पनि आएको होइन, म चन्दा दिएर पनि आएको होइन । म राजनीतिमा दुःखै गरेर आएको हुँ । म क्यारेम्बोड खेलेको जस्तो यता देखाएर अर्कोतिर छिराउने मान्छे पनि होइन । निष्ठा र प्रतिष्ठासँग दृढ छु । कानून बनाउने काम गाह्रै हुन्छ । थाहा छ तर ममाथि आक्रमण भएको छ । प्रहार भएको छ ।’

उनले असार २ गते आफ्नो संसदको लोगो खोस्ने र आफूमाथि जाइलाग्ने काम भएको बताएका छन् ।


प्रकाशित मिति: १८ असार २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?