Trending
>>   नेपाल एयरलाइन्स अब बिग्रिने ठाउँ नै छैन, निजी कम्पनी हुन्थ्यो भने बन्द भैसक्थ्यो:पर्यटनमन्त्री >>   नेपाल वायुसेवा निगमको लज्जास्पद अवस्था अन्त्य गर्न आवश्यकःएमाले सांसद कार्की >>   संकटको घेरामा नेपाल वायुसेवा निगम: महँगो ऋण र जहाज अभावले थलिए राष्ट्रिय ध्वजावाहक >>   सरकार ठिक ढंगले अगाडि बढ्न सकेनः प्रचण्ड >>   कृषि तथा वन क्षेत्रलाई उद्योग र बजारसँग जोड्ने गरी सरकारले नीतिगत तयारी गर्दैछः मन्त्री चौधरी >>   चितवन जिल्ला प्रशासनको चेपाङ बस्तीमा घुम्ती शिविर, ९० जनाले पाए नागरिकता >>   आशा गरिएकी जुडोकी पुनमको खराब प्रदर्शन >>   प्रस्तावित राष्ट्रिय जलवायु परिवर्तन नीति २०८३ लाई थप कार्यान्वयनमुखी बनाउन सुझाव >>   द्वन्द्व बढे नयाँ हतियार प्रयोग गर्ने इरानको चेतावनी ,तनाव कायमै >>   ज्येष्ठ नागरिकको अनुभव पुस्तान्तरण गर्न ‘अनुभव बैङ्क’ स्थापना गर्दैर्छौंः मन्त्री वादी
Logo
१६ आश्विन २०८३, शुक्रबार
१६ आश्विन २०८३, शुक्रबार

नेकपा (एकीकृत समाजवादी) द्वारा पार्टीको आगामी कार्ययोजनाबारे छलफल


काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) ले पार्टीको आगामी कार्ययोजनाका बारेमा छलफल गरेको छ ।

बिहीवार पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकमा पार्टीको आगामी कार्ययोजनाबारे छलफल भएको हो । छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका उपाध्यक्ष जगन्नाथ खतिवडाले पार्टीको सचिवालय बैठक असार १३ गतेदेखि नै जारी रहेको र आज छोटो समय बसेर स्थगित गरेको बताए । सचिवालयका केही सदस्यहरुमा भएको स्वास्थ्य समस्याका कारण बैठक लामो समय बस्ने नसकेको उनको भनाइ छ । बैठकमा समसामयिक राजनीति परिस्थितिको विश्लेषण, पार्टी अध्यक्ष माधवकुमँर नेपालमाथि अख्तियारले लगाएको मुद्दा र त्यस मुद्दासँग जोडिएका विभिन्न कानूनी पक्षमा छलफल भएको बताए ।

उनले भने, ‘हाम्रो गत १३ गतेदेखि बसेको केन्द्रिय सचिवालयको बैठक आज छोटो समय मात्रै बसेर स्थगित गयौँ । सचिवालय सदस्यहरुको स्वास्थ्य समस्या आएका कारणले अरु समय बस्नसक्ने अनुकुलता भएन । हामी यो बैठक आउँदो २२ गते ११ बजे बस्नेछौँ । समसामयिक राजनीति परिस्थितिको विश्लेषण, पार्टी अध्यक्षमाथि अख्तियारले लगाएको मुद्दा र त्यो मुद्दासँग जोडिएका विभिन्न कानूनी पक्षहरुको चर्चा, विश्लेषण, पार्टीको आगामी कार्ययोजनाका बारेमा छलफल भयो ।’

उनले पार्टीको आगामी सचिवालय बैठक असार २२ गते बस्ने जानकारी दिए ।


प्रकाशित मिति: १९ असार २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?