Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

नेकपा (एकीकृत समाजवादी) द्वारा पार्टीको आगामी कार्ययोजनाबारे छलफल


काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) ले पार्टीको आगामी कार्ययोजनाका बारेमा छलफल गरेको छ ।

बिहीवार पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकमा पार्टीको आगामी कार्ययोजनाबारे छलफल भएको हो । छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका उपाध्यक्ष जगन्नाथ खतिवडाले पार्टीको सचिवालय बैठक असार १३ गतेदेखि नै जारी रहेको र आज छोटो समय बसेर स्थगित गरेको बताए । सचिवालयका केही सदस्यहरुमा भएको स्वास्थ्य समस्याका कारण बैठक लामो समय बस्ने नसकेको उनको भनाइ छ । बैठकमा समसामयिक राजनीति परिस्थितिको विश्लेषण, पार्टी अध्यक्ष माधवकुमँर नेपालमाथि अख्तियारले लगाएको मुद्दा र त्यस मुद्दासँग जोडिएका विभिन्न कानूनी पक्षमा छलफल भएको बताए ।

उनले भने, ‘हाम्रो गत १३ गतेदेखि बसेको केन्द्रिय सचिवालयको बैठक आज छोटो समय मात्रै बसेर स्थगित गयौँ । सचिवालय सदस्यहरुको स्वास्थ्य समस्या आएका कारणले अरु समय बस्नसक्ने अनुकुलता भएन । हामी यो बैठक आउँदो २२ गते ११ बजे बस्नेछौँ । समसामयिक राजनीति परिस्थितिको विश्लेषण, पार्टी अध्यक्षमाथि अख्तियारले लगाएको मुद्दा र त्यो मुद्दासँग जोडिएका विभिन्न कानूनी पक्षहरुको चर्चा, विश्लेषण, पार्टीको आगामी कार्ययोजनाका बारेमा छलफल भयो ।’

उनले पार्टीको आगामी सचिवालय बैठक असार २२ गते बस्ने जानकारी दिए ।


प्रकाशित मिति: १९ असार २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?