Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

कुलिङ पिरियडबारे छानविन समिति बनाउनुपर्छ तर सहयोग पाइएला जस्तो छैनः सांसद बडू


काठमाडौँ। नेपाली काँग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले कुलिङ पिरियडबारे भएको चलखेलमा छानविन समिति बनाउन सभामुख देवराज घिमिरेसँग आग्रह गरेका छन् ।

बुधवारको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो आग्रह गरेका हुन् । उनले मंगलवार सभामुखसँगको भेटमा पनि छानसिवन समितिको माग गरेपनि अहिलेसम्म सहयोग हुन नसकेको बताए । उनले राष्ट्रिय सभामा प्रश्तुत गर्दा सच्याएर पठाइनुपर्ने बताए । सभामुखलाई यसबारेमा अनुसन्धान गर्न छानविन समिति बनाउन माग गरेको तर सहयोगको अवस्था नरहेको बताए । राष्ट्रिय सभामा विधेयक पेश भइसकेको भन्दै जालझेलको शुरुवात बिन्दुबाट नै अनुसन्धान गरेर कारबाही गर्न माग गरे ।

उनले भने, ‘हामी सबै लेखेर दिन्छौँ । तपाईं अपर हाउसमा सरकारले प्रश्तुत गर्ने हो । सरकारको तर्फबाट संशोधनसहित ल्याएको छु भनेर संसदमा पेश गर्नुस् । अप्पर हाउसमा । सभामुखलाई सहयोग गरिदिनुस् भनेको छु । तर त्यो सहयोग पाइने अवस्था देखिरहेको छैन । अप्पर हाउसमा दर्ता भइसक्यो । मन्त्री नै जाने हो पेश गर्न त । त्यसकारण मन्त्रीजीलाई भन्न चाहन्छु यो समितिबाट अब हामी यसलाई संशोधनप्रश्तावसहित अघि बढाउँछौँ भन्नुपर्छ । हाम्रै सांसद त्यहाँ पनि छन् । संशोधन प्रश्ताव राखेर आउँदा त सकिहाल्यो । जालझेलको शुरुवात कहाँबाट कोको जोडिएको छ, यसको छानविन हुनुपर्छ । सभामुखबाट छानविनको अपेक्षा गरेका छौँ ।’

सांसद बडूले कुलिङ पिरियडबारे भएको जालझेलको निष्पक्ष छानविन हुनुपर्ने बताए ।


प्रकाशित मिति: १८ असार २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?