Trending
>>   टर्की र युक्रेनबीचको स्वतन्त्र व्यापार सम्झौता कार्यान्वयनमाः द्विपक्षीय व्यापारमा नयाँ आयाम >>   सन् २०१३ को रेहानली बम विष्फोटका मुख्य योजनाकार टर्कीमा पक्राउ >>   किर्गिस्तानले अन्तरिक्षमा पठायो पहिलो राष्ट्रिय भू–उपग्रह >>   संसद् कमजोर भएको महसुस मैले पटक्कै गरेको छैन:सभामुख अर्याल >>   धक्का खाए पनि दुई तिहाईको लक्ष्यमा पुग्न सकिन्छः अध्यक्ष ओली >>   प्रतिनिधि सभाको दोस्रो अधिवेशन सम्पन्नः १४५ दिनमा १२ विधेयक पारित >>   राष्ट्रिय सभाको २१ औं अधिवेशन सम्पन्नः १४५ दिनमा ५२ बैठक, के–के भए उपलब्धि ? >>   काठमाडौंमा साढे ३ हजार प्रहरी परिचालन >>   संसदीय अधिवेशन कानून निर्माण र जनजीविकामा केन्द्रित रह्योः सांसद ढकाल >>   ग्लोवल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित
Logo
१७ आश्विन २०८३, शनिबार
१७ आश्विन २०८३, शनिबार

कुलिङ पिरियडबारे छानविन समिति बनाउनुपर्छ तर सहयोग पाइएला जस्तो छैनः सांसद बडू


काठमाडौँ। नेपाली काँग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले कुलिङ पिरियडबारे भएको चलखेलमा छानविन समिति बनाउन सभामुख देवराज घिमिरेसँग आग्रह गरेका छन् ।

बुधवारको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो आग्रह गरेका हुन् । उनले मंगलवार सभामुखसँगको भेटमा पनि छानसिवन समितिको माग गरेपनि अहिलेसम्म सहयोग हुन नसकेको बताए । उनले राष्ट्रिय सभामा प्रश्तुत गर्दा सच्याएर पठाइनुपर्ने बताए । सभामुखलाई यसबारेमा अनुसन्धान गर्न छानविन समिति बनाउन माग गरेको तर सहयोगको अवस्था नरहेको बताए । राष्ट्रिय सभामा विधेयक पेश भइसकेको भन्दै जालझेलको शुरुवात बिन्दुबाट नै अनुसन्धान गरेर कारबाही गर्न माग गरे ।

उनले भने, ‘हामी सबै लेखेर दिन्छौँ । तपाईं अपर हाउसमा सरकारले प्रश्तुत गर्ने हो । सरकारको तर्फबाट संशोधनसहित ल्याएको छु भनेर संसदमा पेश गर्नुस् । अप्पर हाउसमा । सभामुखलाई सहयोग गरिदिनुस् भनेको छु । तर त्यो सहयोग पाइने अवस्था देखिरहेको छैन । अप्पर हाउसमा दर्ता भइसक्यो । मन्त्री नै जाने हो पेश गर्न त । त्यसकारण मन्त्रीजीलाई भन्न चाहन्छु यो समितिबाट अब हामी यसलाई संशोधनप्रश्तावसहित अघि बढाउँछौँ भन्नुपर्छ । हाम्रै सांसद त्यहाँ पनि छन् । संशोधन प्रश्ताव राखेर आउँदा त सकिहाल्यो । जालझेलको शुरुवात कहाँबाट कोको जोडिएको छ, यसको छानविन हुनुपर्छ । सभामुखबाट छानविनको अपेक्षा गरेका छौँ ।’

सांसद बडूले कुलिङ पिरियडबारे भएको जालझेलको निष्पक्ष छानविन हुनुपर्ने बताए ।


प्रकाशित मिति: १८ असार २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?