गत वर्ष यति बेला खेत बारीमा लगाइएका गहुँ जौँले बाला हाल्न सुरु गर्थे । समयमै वर्षा हुँदा कृषकले गहुँ उत्पादनमा घाटा ब्यहोर्नुपरेन । तर, यस वर्ष गहुँ लगाएपछि पानी नपर्दा किसान निरास बनेका छन् । लामो समयदेखि खडेरीले पसाउन थालेको गहुँ सुक्न थालेपछि कृषक चिन्तित बनेका हुन् । त्यसै त
कर्णालीमा लागूऔषध दुव्र्यसनी बढेको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । लागूऔषधको अवैध ओसापसार र बिक्री वितरण रोक्ने विशेष पहल गर्नुपर्नेमा सरोकारवालाको जोड छ । सबैको समन्वयमा नै अहिले बढिरहेको लागूऔषध दुर्व्यसन नियन्त्रण गर्न सकिने उहाँहरुको भनाइ छ । नागरिक समाजका अगुवा पिताम्बर ढकाल विभिन्न नाकामा कडाइ गर्नाका साथै सचेतनामूलक
श्रीलङ्का भ्रमणमा रहनुभएका परराष्ट्रमन्त्री डा विमला राई पौड्यालले आज उच्चस्तरीय भेटघाट गर्दै हुनुहुन्छ । श्रीलङ्काको ७५औँ स्वतन्त्रता दिवसको अवसरमा सहभागी हुन त्यहाँ पुग्नुभएका उहाँले आज साँझ श्रीलङ्काका प्रधानमन्त्री दिनेश गुणबद्र्धनेसँग शिष्टाचार भेट गर्नुहुने मन्त्रालयले जनाएको छ । प्रधानमन्त्रीसँगको भेटअघि परराष्ट्रमन्त्री पौडेलले श्रीलङ्काका विदेशमन्त्री अली सब्रिसँग भेट गर्र्नुहुनेछ । भेटवार्तापछि उहाँ
विराटनगरमा तेक्वान्दो खेलको ग्रेडिङ परीक्षा बिहीबारदेखि यहाँ सुरू भएको छ । प्रदेश नं १ आइटिएफ तेक्वान्दो सङ्घको आयोजनामा सुरु भएको ग्रेडिङ परीक्षामा तेक्वान्दोको कालोपेटी प्रथम, कालोपेटी दोस्रो र कालोपेटी तेस्रो डान ग्रेडिङ परीक्षा रहेको आइटिएफ तेक्वान्दोका केन्द्रीय उपाध्यक्ष तथा प्रदेश नं १ का अध्यक्ष प्रवीण कार्कीले जानकारी दिनुभयो । प्रदेशका
शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजना हुने छैटौँ संस्करणको राष्ट्रिय महिला भलिबल प्रतियोगिता यसै सातादेखि सुरु हुने भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सञ्चालन हुने उक्त प्रतियोगिता यही माघ २१ देखि २४ गतेसम्म हुने आयोजक प्रतिष्ठानका अध्यक्ष रञ्जन खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगितामा विभिन्न ६ टोलीको सहभागिता
‘वैकल्पिक सहायक राजमार्ग विकास कार्यक्रम’ अन्तरर्गतको सडकमा टुक्रे योजनालाई प्रथामिकता दिएसँगै नुवाकोटमा ती योजनाले लक्ष्य पूरा गर्न नसक्ने देखिएको छ । सङ्घीय सरकारले सञ्चालनमा ल्याएको हाल सञ्चालित मुख्य राजमार्ग बन्द हुँदा गन्तव्यमा पुग्न वैकल्पिक सडकको परिकल्पना गरिएको भए पनि ती योजना कार्यान्वयन गर्न बजेटको अभाव देखिएको हो । सडक डिभिजन
बागमती प्रदेशसभाको दोस्रो कार्यकालको तेस्रो बैठक यही माघ २२ गते अपराह्न २ बजेका लागि आह्वान गरिएको छ । प्रदेशसभाको बैठक गत माघ ३ गते मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विश्वासको मत प्राप्त गर्नुभएपछि स्थगित भएको थियो । सभामा नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राप्रपा, नेमकिपा र हाम्रो
महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्र विकास कोषले फागुन १ गतेदेखि लिङ्ग पुराण महायज्ञ आयोजना गर्ने भएको छ । लिङ्ग पुराणको नेपाली अनुवादसहित प्रकाशन गरेको कोषले महाशिवरात्रिका अवसरमा पहिलोपटक अनुष्ठान गर्न लागेको हो । नेपाली अनुवादसहितको लिङ्ग पुराण महाशिवरात्रिकै अवसरमा जगन्नाथपुरीस्थित गोवद्र्धन मठका शङ्कराचार्य निश्चलानन्द सरस्वतीले विमोचन गर्नुहुने भएको छ । विमोचनपछि
“हावा मात्र चल्छ, हिउँ पर्दैन”, मुस्ताङको ठिनी गाउँका आशबहादुर थकालीले भन्नुभयो, “पोहोर परार यतिबेलासम्म धेरैपटक हिमपात भइसक्थ्यो, यसपालि कुनै छाँटकाँट छैन ।” मध्यजाडो गुज्रिसक्दा पनि मुस्ताङमा हिउँ परेको छैन । गाउँबस्ती सुक्खा छन् । डाँडाकाँडा फुस्रा र नाङ्गा । हिमपात नहुँदा किसानलाई खेतीबालीको पिरलो छ । सिँचाइ नभएका ठाउँमा त
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति बन्ने बताउनुभएको छ । आज इलामको फिक्कलमा पत्रकारसँगको कुराकानीका क्रममा साझा अपनत्व ग्रहण हुने गरी कांग्रेसले प्रस्ताव गरेको व्यक्ति नै अबको नयाँ राष्ट्रपति हुने उहाँको भनाइ छ । कांग्रेसबाट राष्ट्रपतिको उम्मेदवार को बन्ने भन्ने बारेमा शर्माले विधिवत् छलफलपछि सम्भावित उम्मेदवारको