Trending
>>   पुस १२ गतेभित्र राष्ट्रिय सभा बैठक बोलाउँछौँः नारायणप्रसाद दाहाल >>   सडक पीडित श्रेष्ठ भन्छन् – हामी सुकुम्वासी हुने भयौँ >>   फागुन २१ मा निर्वाचन नभए सरकारको औचित्य समाप्त हुन्छः वर्षमान पुन >>   नेपाल आउने भारतीय र भारत जाने नेपालीले प्रतिव्यक्ति भा.रु. २५ हजारसम्म बोक्न पाउने >>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने
Logo
१ पुष २०८२, मंगलवार
१ पुष २०८२, मंगलवार

गुल्मीमा राँगाको तथ्याङ्क सङ्कलन गरिँदै


गुल्मीमा राँगाको तथ्याङ्क सङ्कलन गरिने भएको छ । भैँसीपालनलाई थप व्यवस्थित गर्नका लागि सत्यवती गाउँपालिकाले राँगाको तथ्याङ्क सङ्कलन गर्न लागेको हो । गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक नारायणप्रसाद खनालका अनुसार यसबारे गाउँपालिकाले किसानसँग छलफल गरिरहेको छ । राँगा पाल्ने तीन किसानलाई रु तीन हजारसहित सम्मानसमेत गरिएको खनालले बताउनुभयो ।

“राँगाको यथेष्ट तथ्याङ्क सङ्कलन गरी योजना बनाउँदै छौँ”, उहाँले भन्नुभयो । गाउँपालिकाका अध्यक्ष टीकाराम पाण्डेले दूध उत्पादनमा प्रोत्साहन, भैँसीपालनका लागि प्रेरित गर्न तथा पशुपालनतर्फ आकर्षित गर्न राँगाको तथ्याङ्क सङ्कलन गर्न लागिएको बताउनुभयो । “राँगाको नश्ल सुधारको योजना छ”, उहाँले भन्नुभयो । गाउँपालिकाले ५० प्रतिशत अनुदानमा उन्नत जातका राँगा किसानलाई वितरण गर्दै आएको छ ।

गाउँपालिकाले यस वर्ष १३ उन्नत जातका राँगा किसानलाई वितरण गर्दैछ । राँगाको तथ्याङ्क सङ्कलन गरी बीमासमेत गाउँपालिकाले गर्ने योजना बनाएको छ । पशुसम्बन्धी कार्यक्रमको सहजताका लागि यथेष्ट तथ्याङ्क अभिलेख गर्ने गाउँपालिकाको तयारी छ ।


प्रकाशित मिति: १० फाल्गुन २०७९, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?