Trending
>>   रास्वपाले नेपाललाई परराष्ट्र र अन्तर्राष्ट्रिय सम्बन्धमा भारतको सहमतिमा चल्ने राष्ट्र बनाउन चाहेको हो ? >>   पहिलो खेलमै सुदूरपश्चिम रोयल्सको हार टर्‍यो – इशान पाण्डे >>   एनपिएलः सुदूरपश्चिमको पहिलो जित >>   दलहरुलाई प्रमुख निर्वाचन आयुक्त कार्कीको आग्रह >>   रास्वपाका सबै सांसद व्यक्ति विशेषको निर्देशनमा परिचालित छैनन्ः सांसद खरेल >>   विदेशमा रहेका नेपालीलाई मताधिकारको माग गर्दै उज्यालो नेपाल पार्टी निर्वाचन आयोगमा >>   स्थानीय तहको निर्वाचन ‘घण्टीमय’ हुँदैनः कुलमान घिसिङ >>   देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली >>   जतिसुकै विद्वान् किन नहोस्, नेपालीलाई हामी विद्वान ठान्दैनौँः केपी ओली >>   हाँडीगाउँमा मनाइयो ‘कहीँ नभएको जात्रा’ (तस्बिरसहित)
Logo
१२ कार्तिक २०८३, बिहीबार
१२ कार्तिक २०८३, बिहीबार

काठमाडौं बिग्रिन थालेको ५० वर्ष भइसक्यो, अहिले केही राम्रा काम भएका छन्’-हरिवंश आचार्य


दिपेन्द्र बिस्त -९८५१०४०७९७ सुजन पुधसैनी जिलिङ्ग -९८५११११३९१ काठमाडौँ।वरिष्ठ कलाकार हरिवंश आचार्यले काठमाडौं महानगरपालिका करिव ५० वर्षदेखि बिग्रिन थाले पनि पछिल्लो समय महानगरलाई सफा, सुन्दर र व्यवस्थित बनाउने दिशामा केही राम्रा काम भएको बताएका छन् । आईतवार काठमाडौं महानगर प्रहरी बलको ३४ औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै आचार्यले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा निर्माण भएका फल्चाले मौलिक सम्पदा र संस्कृति संरक्षणमा महत्वपूर्ण भुमिका खेल्ने बताएका हुन् । फल्चा बाहिरबाट हेर्दा बस्ने वा ओत लाग्ने सामान्य ठाउँजस्तो देखिए पनि त्यसको संरचनाभित्र काठमाडौंका मौलिक सम्पदा र सांस्कृतिक पहिचान लुकेको उनको भनाइ छ । आचार्यले काठमाडौंलाई देवताहरूको शहरका रूपमा चित्रण गर्दै यहाँका बासिन्दाले पनि देवताकै रूपमा आफ्नो सम्पदा र महानगरको संरक्षण गर्नुपर्ने बताए । उनले केही महिनाअघि भारतीय युट्युबरहरूले काठमाडौंको सरसफाई र सौन्दर्यबारे तयार पारेको कार्यक्रम आफूले हेरेको पनि बताए । भारतीय सञ्चारमाध्यम तथा युट्युबरहरूले नेपाल र काठमाडौंको प्रशंसा गरेको देख्दा आफूलाई गर्व लागेको उनको भनाइ छ । ‘काठमाडौं अहिले कति सफा र सुन्दर देखिएको छ, यसबाट हामीले सिक्नुपर्छ’ भन्ने आशयका सामग्री भारतीय युट्युबमा हेर्न पाएको उल्लेख गर्दै आचार्यले त्यसले नेपालीको गौरव बढाएको बताए । उनले काठमाडौं महानगरपालिकामा पछिल्लो समय भएका सकारात्मक परिवर्तनलाई निरन्तरता दिँदै सम्पदा संरक्षण, सरसफाई र सुन्दरतामा थप ध्यान दिनुपर्नेमा जोड दिएका छन् । उनले भने, ‘करिव ५० वर्षअघिदेखि नै महानगर बिग्रिन शुरु भएको हो । तर अब जति बिग्रिनु थियो, धेरै बिग्रिसकेको छ । पछिल्लो समय भने महानगर सफा, सुन्दर र व्यवस्थित बनाउने केही राम्रा कामहरू भएका छन् । ठाउँ–ठाउँमा फल्चा निर्माण भएका छन् । हेर्दा फल्चा बस्ने र ओत लाग्ने ठाउँजस्तो देखिए पनि त्यसको भित्र हाम्रो सम्पदा र संस्कृति लुकेको हुन्छ । देवतैदेवताले भरिएको काठमाडौं महानगरपालिकालाई हामी यहाँका नागरिकले पनि देवताकै रूपमा मानेर संरक्षण गर्नुपर्छ । केही महिनाअघि भारतीय युट्युबरहरूले काठमाडौंबारे बनाएको एउटा कार्यक्रम हेरेँ । उनीहरूले काठमाडौँ अहिले कति सफा र सुन्दर भएको छ र यसबाट हामीले पनि सिक्नुपर्छ भनेर प्रशंसा गरेका रहेछन् । त्यो देख्दा नेपाली भएको नाताले हाम्रो गर्वले छाती फुलेको छ ।’ आचार्यले महानगरको विकास र संरक्षणमा महानगरवासीको समेत महत्वपूर्ण भुमिका रहने भन्दै सबैले आफ्नो सहरप्रति जिम्मेवार बन्नुपर्ने बताएका हुन् ।

काठमाडौँ। वरिष्ठ कलाकार हरिवंश आचार्यले काठमाडौं महानगरपालिका करिव ५० वर्षदेखि बिग्रिन थाले पनि पछिल्लो समय महानगरलाई सफा, सुन्दर र व्यवस्थित बनाउने दिशामा केही राम्रा काम भएको बताएका छन् ।

आईतवार काठमाडौं महानगर प्रहरी बलको ३४ औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै आचार्यले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा निर्माण भएका फल्चाले मौलिक सम्पदा र संस्कृति संरक्षणमा महत्वपूर्ण भुमिका खेल्ने बताएका हुन् । फल्चा बाहिरबाट हेर्दा बस्ने वा ओत लाग्ने सामान्य ठाउँजस्तो देखिए पनि त्यसको संरचनाभित्र काठमाडौंका मौलिक सम्पदा र सांस्कृतिक पहिचान लुकेको उनको भनाइ छ । आचार्यले काठमाडौंलाई देवताहरूको शहरका रूपमा चित्रण गर्दै यहाँका बासिन्दाले पनि देवताकै रूपमा आफ्नो सम्पदा र महानगरको संरक्षण गर्नुपर्ने बताए । उनले केही महिनाअघि भारतीय युट्युबरहरूले काठमाडौंको सरसफाई र सौन्दर्यबारे तयार पारेको कार्यक्रम आफूले हेरेको पनि बताए । भारतीय सञ्चारमाध्यम तथा युट्युबरहरूले नेपाल र काठमाडौंको प्रशंसा गरेको देख्दा आफूलाई गर्व लागेको उनको भनाइ छ ।

‘काठमाडौं अहिले कति सफा र सुन्दर देखिएको छ, यसबाट हामीले सिक्नुपर्छ’ भन्ने आशयका सामग्री भारतीय युट्युबमा हेर्न पाएको उल्लेख गर्दै आचार्यले त्यसले नेपालीको गौरव बढाएको बताए । उनले काठमाडौं महानगरपालिकामा पछिल्लो समय भएका सकारात्मक परिवर्तनलाई निरन्तरता दिँदै सम्पदा संरक्षण, सरसफाई र सुन्दरतामा थप ध्यान दिनुपर्नेमा जोड दिएका छन् ।

उनले भने, ‘करिव ५० वर्षअघिदेखि नै महानगर बिग्रिन शुरु भएको हो । तर अब जति बिग्रिनु थियो, धेरै बिग्रिसकेको छ । पछिल्लो समय भने महानगर सफा, सुन्दर र व्यवस्थित बनाउने केही राम्रा कामहरू भएका छन् । ठाउँ–ठाउँमा फल्चा निर्माण भएका छन् । हेर्दा फल्चा बस्ने र ओत लाग्ने ठाउँजस्तो देखिए पनि त्यसको भित्र हाम्रो सम्पदा र संस्कृति लुकेको हुन्छ । देवतैदेवताले भरिएको काठमाडौं महानगरपालिकालाई हामी यहाँका नागरिकले पनि देवताकै रूपमा मानेर संरक्षण गर्नुपर्छ । केही महिनाअघि भारतीय युट्युबरहरूले काठमाडौंबारे बनाएको एउटा कार्यक्रम हेरेँ । उनीहरूले काठमाडौँ अहिले कति सफा र सुन्दर भएको छ र यसबाट हामीले पनि सिक्नुपर्छ भनेर प्रशंसा गरेका रहेछन् । त्यो देख्दा नेपाली भएको नाताले हाम्रो गर्वले छाती फुलेको छ ।’

आचार्यले महानगरको विकास र संरक्षणमा महानगरवासीको समेत महत्वपूर्ण भुमिका रहने भन्दै सबैले आफ्नो सहरप्रति जिम्मेवार बन्नुपर्ने बताएका हुन् ।


प्रकाशित मिति: २८ भाद्र २०८३, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?