Trending
>>   मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ >>   दशैँघरमा जमरा राखियो >>   गलौँदीमा भासिएको सडक आजबाट खुलाउने तयारी >>   भोटेकोशी बाढीले बगाएको बेत्रावती पुल पुनर्निर्माणः यातायात सुचारु >>   बुढीगण्डकीमा आएको बाढीले गोरखा र धादिङमा ठूलो क्षति >>   बुढीगण्डकी बाढी तीन चरणमाः बेनीघाटसम्म उच्च जोखिम–८.५ मिटर सतहमाथि पुग्यो >>   बुढीगण्डकी बाढीको कारण वर्षा मात्र होइन, ड्यामिङको सम्भावनाः मौसम विभाग >>   बुढीगण्डकीमा भीषण बाढीः आरुघाटको पुल बगायो, धादिङ–गोरखा सम्पर्क विच्छेद >>   शिक्षामा आधुनिक प्रविधि र मानवीय मूल्यको सन्तुलन अपरिहार्यः राष्ट्रपति पौडेल >>   संविधानको सफल कार्यान्वयन र संघीयता सुदृढीकरण नै लोकतन्त्रको रक्षा होः विमलेन्द्र निधी
Logo
२५ आश्विन २०८३, आईतवार
२५ आश्विन २०८३, आईतवार

सरकार एक्लैले सक्दैन, उच्चस्तरीय सर्वदलिय संयन्त्रमार्फत राहत, उद्धार र पुनःस्थापनाको काम गर्छौंः रास्वपा


काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का प्रवक्ता एवं सांसदजगदीश खरेलले उच्चस्तरीय सर्वदलीय संसदीय संयन्त्रमार्फत वाढीपछिको उद्धार, राहत, पुनःस्थापना र पुनर्निर्माणका काम गर्ने बताएका छन् । रास्वपा सभापति रवि लामिछानेको आवह्वानमा बिहीवार बसेको सर्वदलिय बैठकमा भएको निर्णय सुनाउँदै उनले उच्चस्तरीय संसदीय सर्वदलीय समितिमार्फत काम गर्ने बताएका हुन् । बैठकले उच्चस्तरीय संसदीय सर्वदलिय समिति गठन गर्ने निर्णय गरेको छ । सरकार एक्लैले विपद्को खोजी, उद्धार, राहत, पुनःस्थापना र पुनर्निर्माणको सम्पूर्ण जिम्मेवारी वहन गर्न नसक्ने भएकाले राज्यका सबै पक्षको सहभागिता सुनिश्चित गर्न संसदीय संयन्त्र आवश्यक रहेको उनले बताएका छन् । उक्त संयन्त्र चाडै नै गठन हुने उनले जानकारी दिएका छन् । विपद्को राहत कार्यलाई गैरराजनीतिकरण गर्ने, आर्थिक सहयोग संकलनमा सरकारी एकद्वार प्रणाली अपनाउने, सामाजिक सञ्जालको विवेकपूर्ण प्रयोग गर्ने र संवेदनशील सूचना जिम्मेवार ढंगले प्रवाह गर्ने निर्णय पनि बैठकले गरेको उहाँले जानकारी दिएका छन् । हिमताल फुट्ने जोखिमको वैज्ञानिक अध्ययन गर्ने, सीमापार संयुक्त पहल, विपद् कुटनीति तथा देशका प्रमुख नदीहरूमा पूर्वसूचना प्रणाली विस्तार गर्ने लगायतका कार्य गर्न पहल गर्ने निर्णय गरिएको उनले बताएका छन् । जलवायु न्याय, अन्तर्राष्ट्रिय समुदायको सहयोग तथा दीर्घकालीन पुनर्निर्माणलाई पनि प्राथमिकतामा राखिएको खरेलले बताएका छन् । बैठकले सरकारको खोजी, उद्धार तथा राहत प्रयासको प्रशंसा गर्दै उद्धारको पर्खाइमा रहेका नागरिकलाई तत्काल उद्धार गर्न, घाइतेको उपचार तथा प्रभावितलाई राहत उपलब्ध गराउन सरकारलाई सुझाव दिएको छ । उनले भने, ‘संसदीय समिति बनाउनको लागि त्यो प्रक्रिया अब आरम्भ हुन्छ । अब सबै दलबीच संसदीय समिति बनाएर अगाडि बढ्ने सहमति भएको छ । यसले सरकारलाई, राजनीतिक दललाई एउटा कानुनी तवरबाटै, संवैधानिक तवरबाटै जवाफदेही, जिम्मेवार बनाउन पनि मद्दत गर्छ र सहयोग गर्न पनि मद्दत गर्छ । हामीले विगतका दिनमा यो खोजी, उद्धार, राहत, पुनःस्थापना र पुननिर्माणको कुरा हेरिराख्दा खेरि, सरकार एक्लैले गर्न सक्दैन भन्नेकुरा महशुस गरिसकेका छौँ । त्यसैले समग्र राज्यकै संलग्नता, सबैको संलग्नतामा गर्ने भएकोले यसलाई संसदीय समितिमार्फत, उच्चस्तरीय संसदीय समितिमार्फत अगाडि बढाउने भन्ने छ । अब आज यो निर्णय भएको छ, यो निर्णय भए पछाडि त्यो प्रक्रिया लगत्तै अगाडि बढ्छ ।’ खरेलकाअनुसार बैठकमा सरकारका तर्फबाट गृहमन्त्री सुदन गुरुङ र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जारी उद्धार तथा राहत कार्यबारे जानकारी गराएका छन् । सर्वदलीय बैठकमा रास्वपा सभापति रवि लामिछाने, काँग्रेस सभापति गगन थापा, नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल, एमालेका महासचिव शंकर पोखरेल, श्रम संस्कृति पार्टीका सांसद ध्रुव राई, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन, संसदीय दलका नेता ज्ञानबहादुर शाही, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव, महन्थ ठाकुर र जनमत पार्टीका नेता चन्दन सिंह लगायत सहभागी थिए ।

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का प्रवक्ता एवं सांसदजगदीश खरेलले उच्चस्तरीय सर्वदलीय संसदीय संयन्त्रमार्फत वाढीपछिको उद्धार, राहत, पुनःस्थापना र पुनर्निर्माणका काम गर्ने बताएका छन् ।

रास्वपा सभापति रवि लामिछानेको आवह्वानमा बिहीवार बसेको सर्वदलिय बैठकमा भएको निर्णय सुनाउँदै उनले उच्चस्तरीय संसदीय सर्वदलीय समितिमार्फत काम गर्ने बताएका हुन् । बैठकले उच्चस्तरीय संसदीय सर्वदलिय समिति गठन गर्ने निर्णय गरेको छ । सरकार एक्लैले विपद्को खोजी, उद्धार, राहत, पुनःस्थापना र पुनर्निर्माणको सम्पूर्ण जिम्मेवारी वहन गर्न नसक्ने भएकाले राज्यका सबै पक्षको सहभागिता सुनिश्चित गर्न संसदीय संयन्त्र आवश्यक रहेको उनले बताएका छन् । उक्त संयन्त्र चाडै नै गठन हुने उनले जानकारी दिएका छन् । विपद्को राहत कार्यलाई गैरराजनीतिकरण गर्ने, आर्थिक सहयोग संकलनमा सरकारी एकद्वार प्रणाली अपनाउने, सामाजिक सञ्जालको विवेकपूर्ण प्रयोग गर्ने र संवेदनशील सूचना जिम्मेवार ढंगले प्रवाह गर्ने निर्णय पनि बैठकले गरेको उहाँले जानकारी दिएका छन् । हिमताल फुट्ने जोखिमको वैज्ञानिक अध्ययन गर्ने, सीमापार संयुक्त पहल, विपद् कुटनीति तथा देशका प्रमुख नदीहरूमा पूर्वसूचना प्रणाली विस्तार गर्ने लगायतका कार्य गर्न पहल गर्ने निर्णय गरिएको उनले बताएका छन् । जलवायु न्याय, अन्तर्राष्ट्रिय समुदायको सहयोग तथा दीर्घकालीन पुनर्निर्माणलाई पनि प्राथमिकतामा राखिएको खरेलले बताएका छन् । बैठकले सरकारको खोजी, उद्धार तथा राहत प्रयासको प्रशंसा गर्दै उद्धारको पर्खाइमा रहेका नागरिकलाई तत्काल उद्धार गर्न, घाइतेको उपचार तथा प्रभावितलाई राहत उपलब्ध गराउन सरकारलाई सुझाव दिएको छ ।

उनले भने, ‘संसदीय समिति बनाउनको लागि त्यो प्रक्रिया अब आरम्भ हुन्छ । अब सबै दलबीच संसदीय समिति बनाएर अगाडि बढ्ने सहमति भएको छ । यसले सरकारलाई, राजनीतिक दललाई एउटा कानुनी तवरबाटै, संवैधानिक तवरबाटै जवाफदेही, जिम्मेवार बनाउन पनि मद्दत गर्छ र सहयोग गर्न पनि मद्दत गर्छ । हामीले विगतका दिनमा यो खोजी, उद्धार, राहत, पुनःस्थापना र पुननिर्माणको कुरा हेरिराख्दा खेरि, सरकार एक्लैले गर्न सक्दैन भन्नेकुरा महशुस गरिसकेका छौँ । त्यसैले समग्र राज्यकै संलग्नता, सबैको संलग्नतामा गर्ने भएकोले यसलाई संसदीय समितिमार्फत, उच्चस्तरीय संसदीय समितिमार्फत अगाडि बढाउने भन्ने छ । अब आज यो निर्णय भएको छ, यो निर्णय भए पछाडि त्यो प्रक्रिया लगत्तै अगाडि बढ्छ ।’

खरेलकाअनुसार बैठकमा सरकारका तर्फबाट गृहमन्त्री सुदन गुरुङ र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जारी उद्धार तथा राहत कार्यबारे जानकारी गराएका छन् । सर्वदलीय बैठकमा रास्वपा सभापति रवि लामिछाने, काँग्रेस सभापति गगन थापा, नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल, एमालेका महासचिव शंकर पोखरेल, श्रम संस्कृति पार्टीका सांसद ध्रुव राई, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन, संसदीय दलका नेता ज्ञानबहादुर शाही, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव, महन्थ ठाकुर र जनमत पार्टीका नेता चन्दन सिंह लगायत सहभागी थिए ।


प्रकाशित मिति: ११ भाद्र २०८३, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?