Trending
>>   सुरेश रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय >>   प्रधानमन्त्रीसँगको भेटपछि दुर्गा प्रसाईंः फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह हुन्छ >>   आगामी निर्वाचनमा दुई तिहाई बहुमत ल्याउछौँः वामदेव गौतम >>   ईश्वर पोखरेलले पार्टी कार्यालयमा बुझाए पार्टी महाधिवेशनका लागि तयार पारिएको अवधारणा पत्र >>   देशको खाद्य सुरक्षा कायम गर्न सरकार लागिपरेको छः मन्त्री परियार >>   क्रान्तीकारी विकास आजको आवश्यकताः हर्क साम्पाङ >>   ओलीले महाविधेशन पञ्चायतको गाँउ फर्क शैलीमा गर्न खोजिरहेका छन्ः उपाध्यक्ष पाण्डे >>   तन्त्रमन्त्र गरी दुःख दिएको भन्दै हत्या >>   संक्रमणकालीन न्याय प्रक्रिया टुंग्याउनु आजको प्रमुख आवश्यकताः गृहमन्त्री अर्याल >>   सुशासन कमजोर भए भ्रष्टाचार मौलाउँछः अध्यक्ष मगर
Logo
२२ मंसिर २०८२, सोमबार
२२ मंसिर २०८२, सोमबार

राससले खोजमूलक समाचारलाई प्राथमिकता दिनुपर्छ ः मन्त्री शर्मा


सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राष्ट्रिय समाचार समिति (रासस) ले खोजमूलक आलेख र समाचार सङ्कलनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभएको छ । राससको ६२औँ वार्षिकोत्सव समारोहलाई आज केन्द्रीय कार्यालयमा आज सम्बोधन गर्नुहुँदै उहाँले सूचना प्रविधि र पाठकको रुचिमा आएको परिवर्तनलाई सम्बोधन गर्न खोजमूलक सामग्री उत्पादनमा जोड दिनुभएको हो । स्थानीय समाचारदातालाई अझ बढी व्यवस्थितरुपमा परिचालन गरिनुपर्ने मन्त्री शर्माले बताउनुभयो । सेवाग्राहीको सङ्ख्या वृद्धि, संस्थामा उपलब्ध स्रोत, साधनको अधिकतम सदुपयोग, आर्थिक रुपमा मितव्ययी बन्ने र भौतिक सम्पत्तिको संरक्षण एवं संवद्र्धनलाई प्राथमिकता दिन पनि मन्त्री शर्माले आग्रह गर्नुभयो ।

“आगामी दिनमा रासस थप सबल बन्दै सामाजिक उत्तरदायित्वका सेवामा समेत सहभागी हुन आफ्नै कोषको स्थापना गर्ने योजना ल्याउनुपर्छ, राससलाई अझ बढी विश्वसनीय र प्रभावकारी बनाउन श्रव्यदृश्य समाचार सेवालाई प्राथमिकता दिइ आवश्यक जनशक्तिलाई तालिमको व्यवस्था गर्नुपर्छ, आवश्यक स्रोतसाधन र कर्मचारीको वृत्तिविकासमा सरकारबाट आवश्यक सहयोग हुने विश्वास दिलाउन चाहन्छु”, उहाँले भन्नुभयो । सरकारले सञ्चारमाध्यमसँग सम्बन्धित सबै सरोकार भएकासँग सहकार्य गर्दै सङ्घीयताको मर्म र भावनाअनुरुप स्थानीय तहसम्म अनुभूति हुनेगरी कानुनमा संशोधन, परिमार्जन एवं नयाँ कानुन बनाइ समसामयिक सुधार गर्न लागिएको सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री शर्माले बताउनुभयो । नेपाली सञ्चारमाध्यममा देखिएका मिथ्या सूचनाको प्रवाह गर्ने तथा सामाजिकद्वेष फैल्याउने काममा नियन्त्रण गर्न सञ्चार सम्बद्ध सबै पक्षको सकारात्मक सहयोगका लागि उहाँले आह्वान गर्नुभयो ।

कार्यक्रममा सार्वजनिक गरिएको ‘रासस हिजो र आज’, ‘रासस शैली पुस्तक’ ले पत्रकारिता अध्ययन र अध्यापन गर्ने एवं यस सम्बद्ध सबैका लागि अभिलेख बन्ने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो । सेवाग्राही सम्मानलाई निरन्तरता दिन पनि मन्त्री शर्माले सुझाव दिनुभयो । सूचना प्रविधिलाई अधिकतम उपयोग गरी सेवालाई विविधीकरण र व्यावसायिकीकरण गर्दै रासस राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा विश्वसनीय एवं भरपर्दो सञ्चारमाध्यमका रुपमा स्थापित हुनसक्ने विश्वास उहाँको थियो । राससका चारसयभन्दा बढी सञ्चारमाध्यम ग्राहक रहेकामा खुसी व्यक्त गर्नुहुँदै मन्त्री शर्माले त्यसलाई अझ वृद्धि गरिनुपर्नेमा जोड दिनुभएको थियो ।


प्रकाशित मिति: ७ फाल्गुन २०७९, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?