Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
९ माघ २०८२, शुक्रबार
९ माघ २०८२, शुक्रबार

राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनका लागि मतदाता नामावली सार्वजनिक


राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनका लागि स्थापित निर्वाचन अधिकृतको कार्यालयले ती निर्वाचनका लागि सङ्घीय संसद्का तीन सय ३१ र प्रदेशसभाका पाँच सय ५० गरी कूल आठ सय ८१ मतदाता समावेश गरेको मतदाता नामावली आज सार्वजनिक गरेको छ । निर्वाचन आयोगबाट स्वीकृत निर्वाचन कार्यक्रम र नामावलीअनुसार नाम सार्वजनिक भएको उक्त कार्यालयका सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिनुभयो ।

ती नामबारे फागुन १० गते बिहान ११ बजेदेखि भोलि ११ गते १२ बजेसम्म उजुरी दिन सकिने र फागुन ११ गते १२ बजेदेखि अपराह्न ३ बजेसम्म आवश्यक जाँचबुझ गर्ने र सोही दिनको ३ देखि ४ बजेसम्म अन्तिम नामावली सार्वजनिक गर्ने कार्यसूची रहेको छ । यही फागुन २५ गते राष्ट्रपति र आगामी चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन हुँदैछ । विद्यमान कानूनअनुसार सङ्घीय संसद्का प्रतिसदस्य मतभार ७९ र प्रदेशसभा सदस्यको प्रतिसदस्य मतभार ४८ रहेको छ ।

स्वीकृत निर्वाचन कार्यक्रमअनुसार राष्ट्रपतिको निर्वाचनका लागि यही फागुन १३ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयनपत्र दर्ता गरिनेछ । उपराष्ट्रपतिको निर्वाचनका लागि फागुन २७ गते बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता गर्नेलगायतका कार्यक्रम तय गरिएको छ ।


प्रकाशित मिति: १० फाल्गुन २०७९, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?