Trending
>>   बीमा क्षेत्रमा विश्वसनियता बढाउन आवश्यक छः अध्यक्ष ओझा >>   अमेरिका–चीन व्यापार वार्ता सकारात्मकः संयुक्त राष्ट्र संघ >>   लिबियाको त्रिपोलीमा झडप हुँदा ६ जनाको मृत्यु >>   नेपाल बीमा प्राधिकरणको ५७ औं वार्षिकोत्सव प्रभातफेरी (तस्बिरहरु) >>   काठमाडौंको मखनटोलमा भिषण आगलागी, एक जनाको मृत्यु >>   आज मिति २०८२ साल वैशाख ३१ गते बुधबार ,हेर्नूहोस् आजको राशिफल >>   २० बुँदे घोषणा पत्र जारी गर्दै प्रेस युनियनको लोमानथाङ अन्तर्राष्ट्रिय मिडिया समिट सम्पन्न >>   १० महत्वपूर्ण बानीहरु जसले तपाइँलाई सफलताको उचाईमा पुर्याउँछ ! >>   औषधि लिमिटेडको औषधि तीन तहमै उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयद्वारा सहजीकरण समिति गठन >>   गभर्नरको विषयलाई सरकारले राजनीतिकरण गर्यो : वर्षमान पुन
Logo
१ जेष्ठ २०८२, बुधबार
१ जेष्ठ २०८२, बुधबार

सरकारले तोक्यो गहुँको समर्थन मूल्य, प्रतिक्विन्टल तीन हजार तीन सय ५१


सरकारले गहुँको समर्थन मूल्य प्रतिक्विन्टल रु तीन हजार तीन सय ५१ तोक्ने निर्णय गरेको छ । यही फागुन ११ गते बसेको मन्त्रिपरिषद् बैठकले चालु आर्थिक वर्ष २०७९/०८० का लागि उक्त मूल्य निर्धारण गर्ने निर्णय गरेको हो । बैठकले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) ऐन, २०७९ सम्बन्धी विधेयक सङ्घीय संसद्समक्ष पेस गर्न स्वीकृति दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो । सरकारले सङ्घीय संसद् सचिवालयमा दर्ता भई हाल राष्ट्रियसभामा विचाराधीन रहेको प्रतिलिपि अधिकार (पहिलो संशोधन) विधेयक, २०७६ लाई फिर्ता लिन स्वीकृति दिने निर्णय गरेको छ । बैठकले नेपालको संविधानको धारा ५३ एवं सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४१ बमोजिम तयार गरिएको नेपाल सरकारको आव २०७८/०७९ को वार्षिक प्रतिवेदनलाई स्वीकृत गरी राष्ट्रपतिसमक्ष पेस गर्ने निर्णय गरेको छ ।

सरकारले आगामी चैत १३ देखि १६ सम्म थाइल्यान्डको बैंककमा आयोजना हुने दीगो विकाससम्बन्धी १०औँ एशिया प्यासिफिक फोरम कार्यक्रममा सहभागी हुन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठलाई स्वीकृति दिएको छ । मन्त्रिपरिषद्ले आयोगका सदस्य रामकुमार फुयाँललाई आगामी चैत १३ देखि १४ गतेसम्म स्वीट्जरल्यान्डमा आयोजना हुने ‘स्याहारसुसार रोजगारी (आर्थिक) क्षेत्रमा समावेशी वृद्धि नीति र लगानीमार्फत महिलाका लागि मर्यादित रोजगारी प्रवर्द्धन’ सम्बन्धी कार्यक्रममा सहभागी हुन स्वीकृति दिएको छ । बैठकले विकास आयोजनाको सञ्चालन तथा व्यवस्थापन गर्ने सम्बन्धमा विधेयक तर्जुमा गर्न सैद्धान्तिक सहमति दिएको छ । मध्यस्थता विवाद चलिरहेको मेलम्ची खानेपानी आयोजनाको ठेक्का सम्झौता अन्त्यसम्बन्धी निर्णयउपर दर्ता भएको मध्यस्थता विवादको निर्णय नभएसम्म थाइल्यान्डस्थित नेपाली दूतावासले खानेपानी मन्त्रालयसँग निकट सम्पर्क र समन्वयमा रही कानूनी प्रतिरक्षासम्बन्धी आवश्यक कामकाज गर्ने निर्णय गरेको मन्त्री शर्माले जानकारी दिनुभयो । बैठकले यही फागुन १७ गते दक्षिण सुडानमा हुने फम्र्ड पुलिस युनियन (एफपियु) को मेडल परेड कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललाई सहभागी हुन स्वीकृति दिएको छ ।

बैठकले दक्षिणकाली नगरपालिकाको प्रशासकीय भवन निर्माण गर्नका लागि सरकारी जग्गा उपयोग गर्न तथा यही फागुन २९ देखि चैत ३ गतेसम्म बेलायतमा हुने स्कुल लिडरसीप स्टडिज भिजिटमा भाग लिन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीलाई स्वीकृति दिने निर्णय गरेको छ । सरकारले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीलाई यही फागुन २३ देखि २५ सम्म जर्मनको बर्लिन सहरमा आयोजना हुने इन्टरनेशनल टुरिजम ब्रोसे (आइटिबी) बर्लिन २०२३ पर्यटन मेलामा सहभागी हुन स्वीकृति दिएको छ । बैठकले राष्ट्रिय तथ्याङ्क कार्यालयको सङ्गठन संरचना र दरबन्दी तेरिज स्वीकृत गर्ने तथा नेपाल दूरसञ्चार प्राधिकरणमा कानून सदस्यको पदमा नाम सिफारिस गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिवको नेतृत्वमा सिफारिस समिति गठन गर्ने निर्णय गरेको छ । सरकारले लोकसेवा आयोगको सिफारिसमा स्वास्थ्य सेवाका ११औँ तहमा दुई जनालाई नियुक्ति तथा पदस्थापन गर्ने निर्णय गरेको छ ।


प्रकाशित मिति: १२ फाल्गुन २०७९, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?