काठमाडौंः सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माको प्रेस विज्ञमा नरेन्द्र केसी नियुक्त भएका छन् ।
मन्त्री परिषद् बैठकले केसीलाई प्रेस विज्ञमा नियुक्त गरेको हो । दाङका केसी विगत २० वर्षदेखि पत्रकारितामा सक्रिय छन् ।
प्रकाशित मिति: ११ फाल्गुन २०७९, बिहीबार