Trending
>>   दोहोराे मित्रताका प्रतीक बने खगेन्द्रप्रसाद र रुद्रकली >>   महाधिवेशनले पार्टीलाई संगठनात्मक र वैचारिक रुपमा पुनःव्यवस्थित गर्दै परिवर्तनको अपेक्षा पूरा गर्छः ईश्वर पोखरेल >>   ट्रान्सपोर्ट र नासरिन जितविहीन रहँदै बाहिरिए >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की >>   निर्वाचनमार्फत नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की >>   जेन–जीहरुले निर्वाचन हुन दिन्न भन्न पाइदैंन :मेयर महर्जन >>   वैदेशिक लगानी प्रतिवद्धता प्रत्येक महिना बढ्दोः पाँच महिनामै ३८ अर्ब ५९ करोडको प्रतिवद्धता >>   प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट >>   तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानमा बोलाउने तयारी >>   जनकपुरधाममा भारत–नेपाल गोलमेच छलफल सम्पन्न
Logo
३ पुष २०८२, बिहीबार
३ पुष २०८२, बिहीबार

नेप्सेमा ३३ दशमलव ५७ अङ्कको वृद्धि


नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज उच्च अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक ३३ दशमलव ५७ अङ्कले बढेर दुई हजार ८० दशमलव ३८ को बिन्दुमा कायम भएको हो । आज दुई सय ६९ वटा कम्पनीको ४७ लाख ७९ हजार सात सय ९६ कित्ता शेयर ३९ हजार नौ सय ९६ पटक खरिद बिक्री हुँदा रु एक अर्ब ८० करोड ३२ लाख ८२ हजार बराबरको कारोबार भएको छ ।

आजको कारोबारपछि लघुवित्त, म्युचुअल फन्ड र व्यापार समूहको उपसूचक क्रमशः ६१ दशमलव ५०, शून्य दशमलव ०२ र शून्य दमशलव ०८ अङ्कले घटेको छ भने बाँकी सबै समूहको उपसूचक बढेको छ । आज सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक एक सय ९६ दशमलव ३६ अङ्क र निर्जीवन बीमा समूहको उपसूचक एक सय ८० दशमलव ८५ अङ्कले बढेको छ । बैंकिङ समूह १६ दशमलव ८३, विकास बैंक समूह ८० दशमलव ५४, वित्त समूह ४८ दशमलव ९० र होटल तथा पर्यटन समूह ९४ दशमलव ९९ अङ्कले बढेको छ । त्यस्तै, जलविद्युत् समूह ९६ दशमलव ९२, लगानी समूह एक दशमलव ६३, उत्पादन समूह ७१ दशमलव ९० र अन्य समूह २६ दशमलव २५ अङ्कले बढेको छ ।

छ्याङ्दी हाइड्रोपावर लिमिटेडका शेयर कारोबारीले आज सबैभन्दा धेरै ९ दशमलव ८० प्रतिशतले कमाएका छन् भने आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै हिमालयन डिस्ट्रिलरी लिमिटेडको रु १३ करोड २७ लाख ७५ हजार बराबरको शेयर खरिदबिक्री भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने ग्लोबल आइएमई बैंकको दुई लाख २७ हजार चार सय ९७ कित्ता शेयर किनबेच भएको छ ।


प्रकाशित मिति: १० फाल्गुन २०७९, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?