Trending
>>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ >>   प्रतिक्रियावादीहरूसँग पञ्जा लडाउन तयार छौँः केपी ओली
Logo
३ आश्विन २०८३, शनिबार
३ आश्विन २०८३, शनिबार

प्रतिष्पर्धीको अन्तर्वार्ता नसकिँदै दूरसञ्चार प्राधिकरणको अध्यक्ष नियुक्त गरिएकोमा काँग्रेसको आपत्ति


प्रतिष्पर्धीको अन्तर्वार्ता नसकिँदै दूरसञ्चार प्राधिकरणको अध्यक्ष नियुक्त गरिएकोमा काँग्रेसको आपत्ति

काठमाडौँ। नेपाली काँग्रेसकी सांसद गीता गुरुङले सरकारले राजनीतिक नियुक्ति खारेज गरी खुला प्रतिष्पर्धाबाट सार्वजनिक निकायमा नियुक्ति गर्ने भनेपनि व्यवहारमा त्यसको पालना नगरेको आरोप लगाएकी छिन् ।

बिहीवार सिंहदरबारमा बसेको संघीय संसदको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन संयुक्त समितिको बैठकमा बोल्दै उनले नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष नियुक्ति गर्दा सरकारले अन्तर्वार्ता नै नलिई नियुक्त गरेको गुनासो आएको बताइन् । उनले यस विषयमा सरकारले स्पष्ट पार्नुपर्ने बताइन् ।

उनले भनिन्, ‘सरकारले राजनीतिक भागबण्डामार्फत राजनीतिक नियुक्ति भएका सार्वजनिक निकायका पदाधिकारीलाई खारेज गर्ने भनेर १ हजार ५ सयभन्दा बढी कर्मचारीको नियुक्ति खारेज ग¥यो । र खुला प्रतिस्पर्धाको आधारमा नियुक्ति गर्ने भनेर भन्यो । तर अहिले जताततैबाट कम्प्लेन आइरहेको छ । नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अन्तर्वार्ता समेत नसकिकन नियुक्त गरेको भनेर अन्य उम्मेदवारहरुले गुनासो गरिरहनुभएको छ । यो विषयमा भएको के हो ? म समितिमार्फत सरकारको ध्यानाकर्षण गराउन चाहान्छु । अर्को कुरा त्रिभुवन विश्वविद्यालयमा भिसी नियुक्त भएको दुई महिना बितिसक्दा समेत रेक्टर र रजिष्ट्रारको नियुक्त हुन सकेको छैन । जसले गर्दा कार्यकारी परिषद्को महत्वपूर्ण काम रोकिएको कारण बजेट पास नभएको गुनासो आइरहेको छ । यो विषयमा पनि सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’

सांसद गुरुङले त्रिवि सेवा आयोगको सदस्य पदमा प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार कुमार बेनकी काकी रेजिना बेनलाई नियुक्ति गरिएको भन्दै आपत्ति जनाएकी छिन् ।


प्रकाशित मिति: २१ श्रावण २०८३, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?