Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
२९ आश्विन २०८३, बिहीबार
२९ आश्विन २०८३, बिहीबार

सञ्चार गृह अगाडिको घटनामा छानबिन र कारबाही हुनुपर्छः सभापति लामिछाने


काठमाडौँ। सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सञ्चार गृहको मूल ढोका अगाडि गाडी पार्किङ गरिएको विषयमा छानबिन र कारबाही हुनुपर्ने बताएका छन् ।

प्रधानमन्त्रीसँगको भेटघाटपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सभापति लामिछानेले उक्त घटनालाई पार्टीले गम्भीरतापूर्वक लिएको र यसबारे आधिकारिक धारणा सार्वजनिक गरिसकेको बताएका छन् । सभापति लामिछानेले आफ्नो पार्टीले विगतमा पनि गलत गर्ने सांसदलाई ७२ घण्टाभित्र कारबाही गरेको उदाहरण दिँदै कानूनी प्रक्रियामा कसैलाई पनि छुट नहुने स्पष्ट पारेका छन् । उनले यस्ता गतिविधि रोक्न प्रशासन र प्रहरीले आफ्नो अधिकार प्रयोग गर्नुपर्नेमा जोड दिएका छन् ।

प्रधानमन्त्रीसँगको भेटमा सुकुम्बासी समस्याको दीर्घकालीन समाधान र व्यवस्थापनका विषयमा छलफल भएको उनले जानकारी दिएका छन् । आम नागरिकले दुःख नपाउने गरी सुकुम्बासी समस्या समाधानका कदमहरूलाई थप प्रभावकारी बनाउनुपर्ने विषयमा छलफल केन्द्रित रहेको उनको भनाइ छ ।

उनले भने, ‘उनीहरुलाई कारबाही गर्नुपर्छ । पार्टीले भनिसक्यो, विज्ञप्ति निकाल्यो । सबैभन्दा पहिला हामीले नै भन्यौँ,यो गलत कुरा हो । यो हुनुहुँदैन । छानबिन हुनुपर्छ, कारबाही हुनुपर्छ । हामीले भनेका छौँ र त्यसमा अडिग छौँ । एउटा कुरा के हुन्छ भने, पार्टीले यो विषयलाई एकदमै गम्भीरतापूर्वक लिएको छ । पार्टीको विज्ञप्तिमा पनि त्यो स्पष्ट रूपमा उल्लेख गरिएको छ । त्यसकारण, तत्काल के गरियो भन्ने एउटा पाटो हो । तर यो घटनालाई हेर्ने पार्टीको दृष्टिकोण स्पष्ट छ । हामी त्यसैमा अडिग छौँ । तत्काल छोडियो कि समातियो, मुद्दा लाग्यो कि लागेन, त्यो बेग्लै कुरा हो । तर समग्रमा जुन प्रवृत्ति देखियो, त्यो अस्वाभाविक थियो । त्यसैले पार्टीले विज्ञप्तिमार्फत आफ्नो धारणा स्पष्ट गरिसकेको छ र त्यसमा अडिग छ । रास्वपा त्यस्तो पार्टी हो, जसले सबैभन्दा पहिला आफ्नै सांसदलाई ७२ घण्टाभित्र कारबाही गरेको थियो । त्यसैले रास्वपालाई यो प्रश्न सोध्नुहुन्छ भने, जो भए पनि कारबाही हुन्छ। त्यस्तो छुट कसैलाई छैन । हामीले सम्पूर्ण विषयमा, विशेष गरी सुकुम्बासी समस्या समाधान गर्न आवश्यक कदमहरू कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छलफल ग¥यौं । कतै आम नागरिकले दुःख नपाऊन् भन्ने विषय र त्यसको व्यवस्थापनप्रति हामीले अझ बढी चिन्ता व्यक्त गर्दै त्यसअनुसार काम गरेका छौँ । अन्य विभिन्न उठेका विषयहरूमा पनि हामीले घनीभूत रूपमा छलफल ग¥यौं । राष्ट्रिय राजनीतिको अवस्था, विभिन्न समसामयिक परिस्थिति, आगामी बाटो तथा दुई शीर्ष नेताबीच हुने राजनीतिक छलफलबारे पनि विस्तृत रूपमा कुराकानी भयो । समग्रमा, त्यो छलफल निकै सुमधुर, सकारात्मक र परिणाममुखी रह्यो ।’

भेटका क्रममा राष्ट्रिय राजनीति, वर्तमान परिस्थिति र आगामी कार्यदिशाका विषयमा पनि दुई नेताबीच संवाद भएको हो । प्रधानमन्त्रीसँगको छलफल सुमधुर र परिणाममुखी रहेको बताउँदै सभापति लामिछानेले राजनीतिक सहकार्यलाई थप व्यवस्थित बनाउँदै लैजाने विश्वास व्यक्त गरेका छन् ।


प्रकाशित मिति: ३० असार २०८३, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?