१० ,भाद्र ,चितवन । कालिका नगरपालिकाले चालु आर्थिक वर्षमा एक हजार विपन्न परिवारको स्वास्थ्य बीमा गर्ने भएको छ । नगरक्षेत्रभित्र स्थायी बसोबास गर्ने आर्थिक रुपमा विपन्न परिवारलाई नगरपालिकाले स्वास्थ्य बीमाका लागि फाराम भर्न आज सूचना जारी गरेको हो । नगरपालिकाले आफ्नो नीति तथा कार्यक्रममै समावेश गरेको ‘नगर प्रमुख विपन्न स्वास्थ्य
१० ,भाद्र ,मनाङ । हिमाली जिल्ला मनाङको सदरमुकाम चामे आसपासका घट्टे खोलामाथि काठेपुल निर्माण गरिएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयवासीको सहयोगमा घट्टे खोला बढेर क्षति पुगेको काठेपुल निर्माण गरिएको हो । यही भदौ ८ गते दिउँसो एक्कासि घट्टे खोलामा माथिल्लो क्षेत्रबाट बढेर आउँदा काठे पुल पूर्णरूपमा
१० ,भाद्र ,जानकी (बाँके) । मानिसलाई आक्रमण गर्ने पोथीबाघलाई नियन्त्रणमा लिइ बाँके राष्ट्रिय निकुञ्जमा संरक्षणका लागि राखएको छ । सल्यानको कालिमाटी गाउँपालिका–७ स्थित स्वामीबास वन क्षेत्रबाट उक्त पोथीबाघलाई नियन्त्रणमा लिइ संरक्षणका लागि निकुञ्जमा राखिएको निकुञ्जका संरक्षण अधिकृत श्याम शाहले जानकारी दिए । उक्त पोथीबाघले सुर्खेतको भेरीगङ्गा नगरपालिका–५ गेरुवानीमा दुई जनालाई
१० भदाै, काठमाडाैँ । कोकाकोला बिक्रेता कालिञ्चोक ट्रेडिङ नेपाललाई काठमाडाैँ महानगरपालिकाले १ लाख ५० हजार रूपैयाँ जरिबाना तिराएको छ । उक्त बिक्रेताले ढुसी परेको कोक बेचेको पाइएपछि उक्त जरिबाना तिराइएको हो । शुक्रबार अनुगमनका क्रममा महानगरको टोलीले उक्त पसलबाट ढुसी परेको कोकको बोतल भेटाएको थियो । जरिवानापत्रमा जार व्यवस्थापन तथा अनुगमन
१० भदौ, बैतडी । करेन्ट लागेर बैतडीमा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दशरथचन्द नगरपालिका– ५ पल्लाचौडालीका ४४ वर्षीय नवराज लेखक रहेका बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिए । उनका अनुसार घरभित्र कोठामा बिजुलीको तार जोड्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका लेखकको जिल्ला अस्पतालमा उपचारको
१० भदौ, रसुवा। पवित्र तीर्थ गोसाइँकुण्डको यात्रा सहज पार्ने उद्देश्यले नेपाली सेनाद्वारा आजदेखि घुम्ती शिविरमार्फत स्वास्थ्य परीक्षण गर्न थालिएको छ । गोसाइँकुण्ड जाने भक्तजनलाई सेनाको विष्णुदल गणले चन्दनबारीदेखि गोसाइँकुण्डसम्म पर्ने पैदल मार्गका ठाउँठाउँमा स्वास्थ्य परीक्षण सुरू गरेको हो । चिकित्सकसहितको स्वास्थ्य शिविर चोलाङपाटीमा रहने र सेनाका स्वास्थ्य प्राविधिकमार्फत उकालो चढ्दै
१० भदौ, दोलखा । दोलखामा पहिरोले चार घरमा क्षति पुर्याएको छ । अविरल वर्षासँगै गए राती बिगु गाउँपालिका–३ ओलीटारमा पहिरोले क्षति पुर्याएको हो । पहिरो आउनु अघि नै घर छोडेर भागेका कारण मानवीय क्षति हुन नपाएको स्थानीय कुमार खड्काले जानकारी दिए । पहिरोबाट स्थानीय राजकुमार ओली, कमलप्रसाद ओली, उद्धवप्रसाद ओली
१० भदाै, बाजुरा । बाजुराको धार्मिक तथा पर्यटकीय क्षेत्रका रूपमा रहेको बडीमालिकाको पूजाका लागि सरकारी टोली आज त्यसतर्फ प्रस्थान गरेको छ । हरेक वर्ष साउन शुक्ल चतुर्दशीका दिन लाग्ने बडीमालिकाको मेलाका लागि चार दिनअघि नै तीर्थ यात्री त्यसतर्फ लागेका हुन् । बडी मालिकामा रहेको २२ पाटन र खेतीबेतीलगायत रमणीय ठाउँको अवलोकनसँगै
१० भदौ, झापा । मेचीनगर नगरपालिका क्षेत्रभित्र बन्दै गरेका तीन खानेपानी आयोजनाबाट छ हजार घरपरिवार लाभान्वित बन्ने भएका छन् । मेचीनगर सहलगानी खानेपानी तथा सरसफाइ आयोजना अन्तर्गत चारआली, धुलाबारी र भृकुटीमा निर्माणाधीन आयोजनाबाट करिब छ हजार घरपरिवार लाभान्वित हुने आयोजनाका अध्यक्ष राजकुमार पोखरेलले जानकारी दिए । उनले ती आयोजनाको निर्माण
१० भदौ, सर्लाही । सर्लाही जिल्लाका उखु उत्पादक किसानले उखु बेचेको लामो समयसम्म पनि सरकारबाट पाउनुपर्ने अनुदानबापतको रकम नपाएको गुनासो गरेका छन् । उनीहरूले उत्पादन गरेको उखु बेचेको करिब नौ महिना हुँदासमेत सरकारले दिनुपर्ने प्रतिक्विन्टल ७० अनुदानबापतको रकम अझैसम्म पनि नपाइएको गुनासो गरेका हुन् । उखु बिक्री गरेको नौ महिना