Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

बिजुलीको तार जोड्दा करेन्ट लागेर एक जनाको मृत्यु


१० भदौ, बैतडी । करेन्ट लागेर बैतडीमा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दशरथचन्द नगरपालिका– ५ पल्लाचौडालीका ४४ वर्षीय नवराज लेखक रहेका बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिए । उनका अनुसार घरभित्र कोठामा बिजुलीको तार जोड्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका लेखकको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

त्यस्तै, दशरथचन्द नगरपालिका– ५ आइतका ४३ वर्षीय केशवदत्त लेखक(लछु) मृत भेट्टिएका छन् । केशव वडा नं ५ को कार्यालय नजिकै मृत फेला परेका प्रहरी निरीक्षक केसीले बताए । उनका अनुसार शनिबार घरबाट निस्केका केशव आइतबार बिहान मृत फेला परेका हुन् ।

केशवको मृत्युको कारण खुल्न सकेको नसकेको प्रहरी प्रवक्ता केसीले जानकारी दिनुभयो । “शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ”, उनले भने, “परीक्षण रिपोर्टपछि के कति कारणले मृत्यु भएको खुल्ने छ ।” अहिले घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।


प्रकाशित मिति: १० भाद्र २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?