Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
३० आश्विन २०८३, शुक्रबार
३० आश्विन २०८३, शुक्रबार

जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल


अन्तरिम सरकारका अर्थमन्त्री रामेश्वर खनालले जातिय र भाषिक विविधता नेपालको सम्पती भएको बताउनुभएको छ । रोल... आईतवार आदिवासी जनजाति उत्थान प्रतिष्ठानले सिंहदरकारमा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सांस्कृतिक, भाषिक, आर्थिक गतिविधि गर्ने विविधता मुलुकलाई समृद्ध बनाउने आवश्यक कुरा भएको बताउनु भयो । उहाँले विविध विधिताहरुको सही उपयोग गर्न नसकिरहेको बताउनु भयो । कतिपय जातिहरुलाई अहिलेसम्म पनि चिन्न नसकिएको बताउनु भयो । मन्त्री खनालले प्रतिष्ठानका लागि आफू मन्त्रालयमा रहँदा आवश्यक कानूनी आधारहरु तयार पार्न आवश्यक अध्ययन गर्ने पनि बताउनु भयो । मन्त्री खनालले भन्नुभयो, ‘जातिय विविधता, भाषिक विविधता नेपालको सम्पती हो । हामीले यसलाई दायित्व सम्झिनुपर्छ । यसमा अफ्ठ्यारो कसैले सम्झनु हुँदैन । यो भनेको हाम्रो सांस्कृतिक, भाषिक, आर्थिक गतिविधि गर्ने विविधता यि भनेको मुलुलाई समृद्ध गर्नको निमित्त अत्यन्त आवश्यक कुरा हो । हामीले यसको सही परिचालन गर्न सकेका छैनौँ । कतिपय अवस्थामा समानुपातिक प्रतिनिधित्व हुन सकिरहेको छैन । कतिपय जातिहरुलाई अहिलेसम्म पनि चिन्न सकेका छैनौँ ।’ आदिवासी जनजाति उत्थान प्रतिष्ठानले कतिपय काम गर्नका लागि बजेट नभएको गुनासो गरेको भएपनि बजेट दिन तत्काल अधिकार नहुने बताउनु भयो । कार्यक्रम नभए कार्यक्रम थप गर्ने अधिकार अर्थमन्त्रीलाई नहुने र भएको कार्यक्रमअन्तर्गत थपघट गर्न सकिने जिकिर गर्नुभयो । अर्थमन्त्री खनालको भनाइ छ ।

काठमाडौँ। अन्तरिम सरकारका अर्थमन्त्री रामेश्वर खनालले जातिय र भाषिक विविधता नेपालको सम्पती भएको बताएका छन्।

आईतवार आदिवासी जनजाति उत्थान प्रतिष्ठानले सिंहदरकारमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सांस्कृतिक, भाषिक, आर्थिक गतिविधि गर्ने विविधता मुलुकलाई समृद्ध बनाउने आवश्यक कुरा भएको बताएका छन् । उनले विविध विधिताहरुको सही उपयोग गर्न नसकिरहेको पनि बताएका छन् । कतिपय जातिहरुलाई अहिलेसम्म पनि चिन्न नसकिएको बताउदै मन्त्री खनालले प्रतिष्ठानका लागि आफू मन्त्रालयमा रहँदा आवश्यक कानूनी आधारहरु तयार पार्न आवश्यक अध्ययन गर्ने पनि बताएका छन् ।

मन्त्री खनालले भने, ‘जातिय विविधता, भाषिक विविधता नेपालको सम्पती हो । हामीले यसलाई दायित्व सम्झिनुपर्छ । यसमा अफ्ठ्यारो कसैले सम्झनु हुँदैन । यो भनेको हाम्रो सांस्कृतिक, भाषिक, आर्थिक गतिविधि गर्ने विविधता यि भनेको मुलुलाई समृद्ध गर्नको निमित्त अत्यन्त आवश्यक कुरा हो । हामीले यसको सही परिचालन गर्न सकेका छैनौँ । कतिपय अवस्थामा समानुपातिक प्रतिनिधित्व हुन सकिरहेको छैन । कतिपय जातिहरुलाई अहिलेसम्म पनि चिन्न सकेका छैनौँ ।’

आदिवासी जनजाति उत्थान प्रतिष्ठानले कतिपय काम गर्नका लागि बजेट नभएको गुनासो गरेको भएपनि बजेट दिन तत्काल अधिकार नहुने बताएका छन् । कार्यक्रम नभए कार्यक्रम थप गर्ने अधिकार अर्थमन्त्रीलाई नहुने र भएको कार्यक्रमअन्तर्गत थपघट गर्न सकिने अर्थमन्त्री खनालको भनाइ छ ।


प्रकाशित मिति: २८ मंसिर २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?