Trending
>>   संसद् कमजोर भएको महसुस मैले पटक्कै गरेको छैन:सभामुख अर्याल >>   धक्का खाए पनि दुई तिहाईको लक्ष्यमा पुग्न सकिन्छः अध्यक्ष ओली >>   प्रतिनिधि सभाको दोस्रो अधिवेशन सम्पन्नः १४५ दिनमा १२ विधेयक पारित >>   राष्ट्रिय सभाको २१ औं अधिवेशन सम्पन्नः १४५ दिनमा ५२ बैठक, के–के भए उपलब्धि ? >>   काठमाडौंमा साढे ३ हजार प्रहरी परिचालन >>   संसदीय अधिवेशन कानून निर्माण र जनजीविकामा केन्द्रित रह्योः सांसद ढकाल >>   ग्लोवल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित >>   सरकार र निजी क्षेत्रबीचको टकरावलाई अल्झिन नदिन पूर्वाधार अदालत गठन गर्ने तयारी >>   रास्वपा सरकार नेपालको इतिहासकै निजी क्षेत्रमैत्री र सुधारमुखी सरकार भएको कुरा पुष्टि हुँदैछः अर्थमन्त्री वाग्ले >>   वीरगञ्जको नेशनल मेडिकल कलेजमा ‘मुन्ना भाइ’ शैलीको गोरखधन्दाः संसदमा उठ्यो छानबिनको माग
Logo
१७ आश्विन २०८३, शनिबार
१७ आश्विन २०८३, शनिबार

एक हजार विपन्नको स्वास्थ्य बीमा गर्दै कालिका नगरपालिका


१० ,भाद्र ,चितवन । कालिका नगरपालिकाले चालु आर्थिक वर्षमा एक हजार विपन्न परिवारको स्वास्थ्य बीमा गर्ने भएको छ ।

नगरक्षेत्रभित्र स्थायी बसोबास गर्ने आर्थिक रुपमा विपन्न परिवारलाई नगरपालिकाले स्वास्थ्य बीमाका लागि फाराम भर्न आज सूचना जारी गरेको हो ।

नगरपालिकाले आफ्नो नीति तथा कार्यक्रममै समावेश गरेको ‘नगर प्रमुख विपन्न स्वास्थ्य बीमा कार्यक्रम’लाई कार्यविधि बनाएर कार्यान्वयनमा ल्याउन लागेको हो ।

यो कार्यक्रमका लागि नगरपालिकाले चालु आर्थिक वर्षका लागि रु ३० लाख बजेट विनियोजन गरेको छ ।

यो आर्थिक वर्षमा करिब एक हजार विपन्न परिवारको निःशुल्क स्वास्थ्य बीमा गर्ने लक्ष्य रहेको नगरपालिकाका प्रमुख विनोद रेग्मीले बताए ।

स्वास्थ्य बीमामा आबद्ध हुन इच्छुक लाभग्राहीले आफू र आफ्नो परिवार आर्थिक रुपमा विपन्न रहेको स्वघोषणा गर्दै सम्बन्धित टोल विकास संस्थाको सिफारिस लिएर वडा कार्यालयमा आवेदन दिन नगरपालिकाले आह्वान गरेको छ ।

प्राप्त निवेदनका आधारमा आवश्यकताअनुसार स्थलगत जाँचबुझसमेत गरी वडा समितिको बैठकले निर्देशक समितिलाई सिफारिस गरेको आधारमा स्वास्थ्य बीमामा आबद्ध हुन सक्ने व्यवस्था गरिएको रेग्मीले जनकारी दिए ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशवप्रसाद उपाध्यायले बीमामा लाग्ने शतप्रतिशत शुल्क नगरपालिकाले व्यवस्थापन गर्ने बताए ।

परिवारको कुनै सदस्य सरकारी सेवामा रहेको, अन्य कुनै कार्यक्रमबाट बीमा सुविधा लिइरहेको, परिवारको कुनै सदस्य वैदेशिक रोजगारी वा विदेशमा बसोबासमा रहेको, परिवारको सदस्य दक्ष श्रम गर्ने नियमित प्रकृतिको स्थायी जागिरमा रहेको, घरबासबाहेक पाँच कट्ठाभन्दा बढी जग्गा रहेको व्यक्ति वा परिवारले नगरप्रमुख विपन्न स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध हुने पाउने छैनन् ।

यो कार्यक्रमलाई प्रभावकारी कार्यान्वयनका लागि नगरप्रमुख संयोजक रहने गरी निर्देशक समिति गठन गरिएको छ ।

समितिमा नगर उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, सबै वडाअध्यक्ष, नगर अस्पताल प्रमुख सदस्य रहने व्यवस्था छ ।

कालिका नगर अस्पताललाई प्रथम सेवा विन्दु कायम गरी स्वास्थ्य बीमा गर्ने नीति लिएको स्वास्थ्य शाखाप्रमुख दीपक भण्डारीले बताए ।

१५ दिनभित्र आवेदन दिन सूचना जारी गरिसकिएको उनले जानकारी दिए ।

नगरपालिकाको पहाडी क्षेत्रमा चेपाङ सामुदायको बसोबास छ । अधिकांश चेपाङ विपन्न छन् ।


प्रकाशित मिति: १० भाद्र २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?