Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश


राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश

काठमाडौँ। राष्ट्रिय सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेश गरिएको छ ।

आईतवार शीतलनिवासमा आयोजित विशेष कार्यक्रममा अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा उक्त प्रतिवेदन बुझाइएको हो । राष्ट्रपति पौडेललाई भेटेर प्रधानमन्त्री कार्कीले नेपालको संविधानको धारा २६६ को उपधारा (३) बमोजिम राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन औपचारिक रूपमा हस्तान्तरण गरेकी छिन् । कार्यक्रममा सुरक्षा निकायका उच्च अधिकारीहरूको पनि सहभागिता रहेको जनाइएको छ ।

प्रतिवेदनमा नेपालको समसामयिक सुरक्षा अवस्था, सीमा सुरक्षा, आन्तरिक शान्ति,सुव्यवस्था तथा राष्ट्रिय हितसँग सम्बन्धित विषयहरू समेटिएको छ । अन्तरिम सरकारले सुरक्षा चुनौतीहरूलाई सम्बोधन गर्दै राष्ट्रिय सुरक्षा नीतिलाई प्रभावकारी बनाउने प्रतिवद्धता व्यक्त गरेको छ ।

राष्ट्रपति पौडेलले प्रतिवेदन ग्रहण गर्दै राष्ट्रिय सुरक्षालाई सुदृढ बनाउन सरकारको प्रयासको प्रशंसा गरेका छन् ।


प्रकाशित मिति: २८ मंसिर २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?