Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला


मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला

काठमाडौँ। काठमाडौं महानगरपालिकाले रैथाने मौलिक खानाहरुको प्रवर्द्धनका लागि मेला आयोजना गरेको छ ।

महानगरले आईतवार नक्शालको नारायण चौरमा रैथाने मौलिक खाद्य मेला, २०८२ आयोजना गरेको हो । स्थानीय खानाहरुको प्रवर्द्धन र बजारीकरण गर्न सहयोग गर्ने उद्देश्यले मेला आयोजना गरिएको काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले जानकारी दिएकी छिन । उनकाअनुसार महानगरले परम्परागत रैथाने खाना र खाद्य सामग्रीहरुलाई बजारीकरण गर्नको लागि गतवर्षदेखि मेला गर्दै आएको छ । महानगरले बजार अनुगमनको क्रममा धेरैले खाद्य सुरक्षाको मापदण्डको पालना गरेको नपाइएकाले गतवर्ष फुड हाईजिन एण्ड सेफ्टीको बुटक्याम्प नै आयोजना गरेको जानकारी दिइन् । साना व्यवसायीहरुलाई महानगरले फुड हाईजिन र सेफ्टीको तालिम दिएर उनीहरुले उत्पादन गरेका रैथाने खानाहरुलाई पनि प्रवद्र्धन गर्न सहयोग गरेको उनको भनाई छ । तालिमपश्चात व्यवसायीहरुको चाहनाअनुसार नै खाद्य मेला आयोजना गरेको र मेलामा रैथाने खाद्यवस्तुको किनमेलका साथै जानकारी पनि लिन सकिने उनले बताइन् । गतवर्ष दरबार हाई स्कुलमा खाद्य मेला भएको थियो ।

मेलाका धेरै स्टलहरुमा खानको लागि तयार पारिएका खाद्यवस्तु राखिएका छन् भने खाद्यवस्तु विक्री वितरणको लागि पनि राखिएका छन् । मेलामा रैथाने नेवारी परिकार योमरी, चीज, बारा, मःम, अचार, लड्डु, सुत्केरी मसला लगायत अन्य स्थानीय उत्पादनहरु राखिएका छन् । मेलामा मनोरञ्जनको लागि परम्परागत संस्कृति झल्किने बाजागाजा संगीत पनि रहेको छ ।


प्रकाशित मिति: २८ मंसिर २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?