Trending
>>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे >>   नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी >>   प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ >>   नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः आईजीपी कार्की >>   मदन पुरस्कार र जगदम्बा–श्री पुरस्कार प्रदान >>   पुस्तान्तरण स्वाभाविक प्रक्रिया हो, यसमा धेरै लफडा गरिराख्न पर्दैनः अध्यक्ष ओली >>   मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ >>   दशैँघरमा जमरा राखियो >>   गलौँदीमा भासिएको सडक आजबाट खुलाउने तयारी
Logo
२७ आश्विन २०८३, मंगलवार
२७ आश्विन २०८३, मंगलवार

पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु


पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु

काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हाले आफू कुनैपनि खालको दबाब लिने पक्षमा नरहेको बताएका छन् ।

आईतवार सिंहदरबारमा पदभार ग्रहण गर्ने क्रममा उनले सञ्चारकर्मीहरुमाझ संक्षिप्त प्रतिक्रिया दिँदै सो प्रतिक्रिया दिएका हुन् मन्त्री सिन्हाले आफू मातहतको संस्थाहरुको नेतृत्व चयन प्रक्रिया सोही संस्थाको हितमा केन्द्रित हुनेगरी गर्ने समेत बताए । कसैको दबाब र प्रभावमा परेर आफूले संस्थाहरुको नेतृत्व नियुक्ति नगर्ने उनको भनाई थियो । मन्त्री सिन्हाले सञ्चार माध्यामहरुले दिने सूचनाहरु आफ्नो कार्य सम्पादनमा प्राथमिकतामा पर्ने समेत स्पष्ट पारेका छन् ।

उनले भने,‘मलाई नियुक्ति गरिदेउ भन्ने दबाब पनि छैन । दबाब लिनेवाला पनि छैन । तर जे गर्छु, तत्तत संस्थाहरुको हितमा हुनेगरी काम गर्छु । हिमाली क्षेत्रहरुमा भएका जुन फोहोरहरु हुन्छ । ती फोहोरहरु यति जम्मा भएर बसेका थिए । त्यसबारे अदालतले पनि एक पटक आदेश जारी गरेको छ । त्यो आदेशको पालना गर्नका निमित्त जुन कार्यनीति उहाँहरुले बनाउनुभएको छ । त्यसैलाई अहिले स्वीकृति गरेको हुँ ।’

त्यस अवसरमा मन्त्री सिन्हाले हिमाली क्षेत्रमा रहेका फोहोरहरु व्यवस्थापन गर्ने सम्बन्धि पहिलो निर्णय पनि गरेका छन्। अदालतले समेत सो विषयमा आदेश दिइसकेकाले त्यसलाई कार्यान्वयनमा लैजाने कार्यनीति स्वीकृत गर्ने निर्णय आफूले गरेको उनले बताएका छन् ।


प्रकाशित मिति: २८ मंसिर २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?