Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु


पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु

काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हाले आफू कुनैपनि खालको दबाब लिने पक्षमा नरहेको बताएका छन् ।

आईतवार सिंहदरबारमा पदभार ग्रहण गर्ने क्रममा उनले सञ्चारकर्मीहरुमाझ संक्षिप्त प्रतिक्रिया दिँदै सो प्रतिक्रिया दिएका हुन् मन्त्री सिन्हाले आफू मातहतको संस्थाहरुको नेतृत्व चयन प्रक्रिया सोही संस्थाको हितमा केन्द्रित हुनेगरी गर्ने समेत बताए । कसैको दबाब र प्रभावमा परेर आफूले संस्थाहरुको नेतृत्व नियुक्ति नगर्ने उनको भनाई थियो । मन्त्री सिन्हाले सञ्चार माध्यामहरुले दिने सूचनाहरु आफ्नो कार्य सम्पादनमा प्राथमिकतामा पर्ने समेत स्पष्ट पारेका छन् ।

उनले भने,‘मलाई नियुक्ति गरिदेउ भन्ने दबाब पनि छैन । दबाब लिनेवाला पनि छैन । तर जे गर्छु, तत्तत संस्थाहरुको हितमा हुनेगरी काम गर्छु । हिमाली क्षेत्रहरुमा भएका जुन फोहोरहरु हुन्छ । ती फोहोरहरु यति जम्मा भएर बसेका थिए । त्यसबारे अदालतले पनि एक पटक आदेश जारी गरेको छ । त्यो आदेशको पालना गर्नका निमित्त जुन कार्यनीति उहाँहरुले बनाउनुभएको छ । त्यसैलाई अहिले स्वीकृति गरेको हुँ ।’

त्यस अवसरमा मन्त्री सिन्हाले हिमाली क्षेत्रमा रहेका फोहोरहरु व्यवस्थापन गर्ने सम्बन्धि पहिलो निर्णय पनि गरेका छन्। अदालतले समेत सो विषयमा आदेश दिइसकेकाले त्यसलाई कार्यान्वयनमा लैजाने कार्यनीति स्वीकृत गर्ने निर्णय आफूले गरेको उनले बताएका छन् ।


प्रकाशित मिति: २८ मंसिर २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?