Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
३० आश्विन २०८३, शुक्रबार
३० आश्विन २०८३, शुक्रबार

मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी


काठमाडौँ। अन्तरिम सरकारका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले युवाहरुको रोजगारी व्यवस्थापनको लागि मन्त्रालयमा नै जेन–जी कक्ष राखेर काम गर्ने बताएका छन्।

मन्त्रालयमा जेन–जीका अगुवाहरुसँग आईतवार भएको छलफलमा मन्त्रालयमा जेन–जीको समेत प्रतिनिधित्व रहनेगरी सेल स्थापना गर्ने उनको भनाई छ । उक्त सेलले रोजगारीका लागि निजी क्षेत्रसँग सहकार्य गर्ने, सीपयुक्त जनशक्तिको लागि तालिम केन्द्रसँग समन्वय गर्ने उनले बताए । जेन–जी सेल स्थापना गर्नको लागि आफूले निर्देशन दिएको जानकारी दिंदै मन्त्रालयले चाँडै नै तयारी थाल्ने उल्लेख गरेका छन् । उनले रोजगारी र सुरक्षा हालको मुख्य विषय रहेकोले यसको लागी आफूले सक्दो प्रयास गर्ने प्रतिवद्धता पनि जनाएका छन् ।

उनले भने, ‘एउटा जेन–जीको सेल नै यही(मन्त्रालयमा) राख्ने, त्यो सेल राखेर रोजगार सम्बन्धीका सम्पूर्ण कुराहरु उहाँसंग छलफल गर्ने र उहाँहरुकै साथ र सहयोग लिएर हामीहरुले रोजगारको लागी प्राईभेट सेक्टरमा कसरी जान सकिन्छ, टे«निङका सेन्टरसंग कसरी जान सकिन्छ, तत्काल दिनुपर्ने राहतका कुराहरु केके हुन सक्छन्, त्यसका लागी जेनजस्ी सेलकै मैले यहाँ एउटा कुनै उपस्थिति, प्रतिनिधित्व रहने गरेर । आउनुस् न यहाँ लुकाउनुपर्ने के छ ? हाम्रो क्षमता यति छ, यो भित्र तपाईहरुलाई कहाँ कहाँ राख्ने त्यो ढंगबाट काम गर्नुस् भनेर कुरा गर्दाखेरी उहाँ (सचिव)ले राम्रो छ, हामी तयारी गर्छौं भन्नुभएको छ । मुख्य मुद्दा भनेको सामाजिक सुरक्षा र रोजगार यी दुई वटा कुराको ज्ञारेन्टीलाई कसरी सुरक्षित गर्ने भन्ने मुख्य कुरा यो हो । यसमा तपाईहरुकै प्रत्यक्ष संलग्नतामा, अझ म त के भन्छु भने हाम्रो निर्देशनमा होईन, तपाईहरुकै निर्देशनमा यसलाई अगाडी बढ्छौँ । त्यसको लागी चाहीँ मैले यहाँ भुमिका खेल्न प्रतिवद्ध छु ।’

उनले प्रधानमन्त्रीले सुशिला कार्कीले जेनजीको भावनाअनुरुप काम गर्न निर्देशन दिएकोले सोहीअनुसार आफूले काम गर्ने पनि जानकारी दिएका छन् ।


प्रकाशित मिति: २८ मंसिर २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?