Trending
>>   नम्बर नमिलेको जुत्ता >>   मध्यपूर्वमा रहेका नेपालीहरुलाई सरकारले तत्काल उद्धार गर्नुपर्छः श्रमविज्ञ नेपाल >>   अर्थतन्त्र प्रतिष्पर्धी बनाउन दुई तहको मूल्य अभिवृद्धि कर र भन्सार दरमा कटौती आवश्यकः चेम्बर अध्यक्ष… >>   उपभोक्ता अदालतमा सरकारले मुद्दा नै दर्ता गरेन >>   “चुनावी खर्च खुल्दै: बालेन १४ लाख, रवि ९ लाख, महावीर पुन २८ लाख” >>   निजी क्षेत्रका मुद्दामा अर्थमन्त्री खनालको चासो, समसामयिक विषयमा छलफल >>   धितोपत्र बजार पुँजीकरण ४४ खर्ब ८४ अर्ब ७९ करोड कायम >>   विदेशमा बसेका नागरिकका लागि ग्लोवल आइएमइले २४ सै घण्टा सेवा प्रवाह गर्ने >>   एमालेको वर्तमान अवस्थाबारे गोकुल बास्कोटाको चिन्ता >>   नयाँ सरकारले स्थायी नीति लिनुपर्छ: अध्यक्ष ढकाल
Logo
३० फाल्गुन २०८२, शनिबार
३० फाल्गुन २०८२, शनिबार

बाँके राष्ट्रिय निकुञ्जको संरक्षणमा पोथीबाघ


१० ,भाद्र ,जानकी (बाँके) । मानिसलाई आक्रमण गर्ने पोथीबाघलाई नियन्त्रणमा लिइ बाँके राष्ट्रिय निकुञ्जमा संरक्षणका लागि राखएको छ ।

सल्यानको कालिमाटी गाउँपालिका–७ स्थित स्वामीबास वन क्षेत्रबाट उक्त पोथीबाघलाई नियन्त्रणमा लिइ संरक्षणका लागि निकुञ्जमा राखिएको निकुञ्जका संरक्षण अधिकृत श्याम शाहले जानकारी दिए ।

उक्त पोथीबाघले सुर्खेतको भेरीगङ्गा नगरपालिका–५ गेरुवानीमा दुई जनालाई आक्रमण गरी मारेको थियो ।

अधिकृत शाहका अनुसार नियन्त्रणमा लिइएको उक्त पोथीबाघ १२ वर्ष उमेरको छ । दुई सय ६८ सेन्टिमिटर लम्बाइ रहेको पोथीबाघको उचाइ ९८ सेन्टिमिटर छ भने छातिको गोलाई ९४ सेन्टिमिटर भएको उनले जानकारी दिए ।

हाल बाघको स्वास्थ्य अवस्था पूर्णरुपमा राम्रो रहेको शाहको भनाइ छ ।

उनका अनुसार बाघको रेखदेखका लागि हेमराज चौधरी, दीपेन्द्र खड्का, हिरेप्रसाद जैसी र हेमराज रोकाय गरी निकुञ्जका चार जना गेम स्काउट खटिएका छन् ।

गेम स्काउट दीपेन्द्र खड्का अनुसार बाघलाई आहारका रुपमा एक पटकमा १५ केजी भैँसीको मासु खुवाउने गरिएको छ ।

“भोकाएको अवस्था बुझेर तीनदेखि पाँच दिनको फरकमा आहारका रुपमा भैँसीको मासु दिने गरेका छौँं”, उनले भने ।

बाघ बस्ने ठाउँको आवश्यकताका आधारमा सरसफाइ पनि भइरहेको खड्काले जानकारी दिए ।

उनले भने, “बाघलाई तीन वटा ब्लकमा राखिएको छ । तीनमध्ये एउटामा बाघलाई थुनेर राख्छौँ र अन्य दुई वटा ब्लक सफा गर्छौँ । सफा गरिएको ब्लकमा मासु राखिदिएर बाघले मासु खान गएको मौका छोपी फेरि अर्को ब्लक सफा गर्छौँ ।”

बाघलाई आहार दिँदाभन्दा फोहर सफा गर्दा बढी खतरा हुने गेम स्काउट खड्काले बताए ।

उनका अनुसार संरक्षणमा राखिएको उक्त बाघको आवाज सुनेर संरक्षित क्षेत्रभन्दा बाहिर पनि बाघ देखा पर्ने गरेका छन् ।

वन्यजन्तुका लागि बनाइएको उक्त ‘होल्डिङ केज’को क्षेत्रफल एक सय ८६ मिटर रहेको गेम स्काउट हेमराज रोकायले जानकारी दिए ।

“उक्त क्षेत्रफलभित्र तीन वटा ब्लकमा मांसहारी वन्यजन्तु संरक्षणका लागि घर बनाइएको छ”, उनले भने, “सोही घरमा पोथीबाघलाई संरक्षणका लागि राखिएको छ ।”

खैरी चेक पोष्टमा रहेको उक्त क्षेत्रको सुरक्षा नेपाली सेनाको अर्जुनवाण गणअन्तर्गतको शिवखोला गुल्मको टोलीले गरिरहेको गणपति अशोक खड्काले जानकारी दिए ।


प्रकाशित मिति: १० भाद्र २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?