Trending
>>   बालश्रम शोषणको आरोपमा सांसद रेखा शर्मा पक्राउ >>   राइड शेयरिङमा मनोमानी बढेको भन्दै ‘प्रो राइडर समूह’ आन्दोलित, प्रतिकिलोमिटर २७ रुपैयाँ भाडा तोक्न माग >>   सरकारको कार्ययोजनाः सार्वजनिक खरिद सुधारदेखि ऊर्जा निर्यात रणनीतिसम्म >>   ‘बखान’ उपन्यासलाई शहीद शिवप्रसाद पौडेल स्मृति राष्ट्रिय पुरस्कार >>   पीएसपीपी कार्यान्वयन गर्ने सरकारी निर्णयको निजी क्षेत्रबाट स्वागत >>   पूर्वप्रधानमन्त्री र गृहमन्त्रीको पक्राउः कानूनको शासन कि शक्तिको कानून ? >>   सरकारको कदम प्रतिशोधपूर्ण र घृणायुक्त, अध्यक्ष र पूर्व गृहमन्त्रीलाई तत्काल रिहा गरियोस्ः महेश बस्नेत >>   अहंकार >>   अध्यक्ष ओलीको गिरफ्तारी प्रतिशोधपूर्ण र गैरकानूनी, आजैबाट प्रदर्शनका कार्यक्रम शुरुः एमाले >>   प्रतिशोधको जवाफ प्रतिवाद हुन्छः लालबाबु पण्डित
Logo
१६ चैत्र २०८२, सोमबार
१६ चैत्र २०८२, सोमबार

कम्युनिष्ट आन्दोलनको भविष्य अझै छः अध्यक्ष नेपाल


काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कम्युनिष्ट आन्दोलनको भविष्य अझै रहेको बताएका छन् ।

बुधवार कीर्तिपुरमा आयोजित ४७ औं पुष्पलाल स्मृति दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले चुनौति आए भनेर निराश हुनुपर्ने आवश्यकता नरहेको बताए । उनले चुनौति आउँदैमा पलयन नै हुनुपर्ने भन्ने नरहेको बताए । उनले चुनौतिको सामना गर्दै उद्देश्यअनुसार अघि बढ्नसके सही विचार प्राप्त गर्न सकिने बताए । आन्तरिक कुराहरु पार्टीकै बैठकमा गर्नु उचित हुने उनको भनाइ छ । पार्टीको विरुद्धमा कसैले निराशाको प्रचार गर्छ भने, पार्टीका विरुद्धमा लाग्छ, जथाभावी बोल्छ, अनुशासन तोड्छ भने त्यसको प्रतिवाद गर्नुपर्ने बताए । पार्टीलाई अनुशासनमा अघि बढाउनसके त्यसले जनतामा आशा जगाउनसक्ने बताए ।

अध्यक्ष नेपालले भने, ‘चुनौति आए भनेर निराश हुनुपर्ने आवश्यकता छैन । पलायन हुनुपर्ने कुनै आवश्यकता छैन । सबै किसिमको चुनौतिको सामना गर्ने वैचारिक संघर्षसित जोडिएको कुरा होस्, संगठनात्मक निर्माणसँग जोडिएको होस्, आन्दोलनको मोर्चामा उत्रिनुपर्ने कुरा होस्, जस्तोसुकै चुनौतिको पनि सामना गर्ने यदी आँट, साामथ्र्य छ भने र त्यही उद्देश्यअनुरुप अघि बढिरहिन्छ भने सही विचार पनि प्राप्त गर्न सकिन्छ । संगठनालाई उचाईमा पुर्याउन सकिन्छ । यो हाम्रो अनुभवले बताएको कुरा हो । आन्तरिक कुरा पार्टीभित्र गर्ने हो । जनवादी केन्द्रियताको संगठनात्मक सिद्धान्त भन्दा अर्को वैज्ञानिक र क्रान्तिकारी व्यवहारिक सिद्धान्त आएको छैन । कम्युनिष्ट आन्दोलनको भविष्य छ । पार्टीको पक्षपोषण गर्ने हो, पार्टीको विरुद्धमा कसैले निराशाको प्रचार गर्छ भने, पार्टीका विरुद्धमा लाग्छ, जथाभावी बोल्छ, अनुशासन तोड्छ भने त्यसको प्रतिवाद गर्नुपर्छ । पार्टीलाई अनुशासनमा अघि बढाउनसके त्यसले जनतामा आशा जगाउँछ ।’

अध्यक्ष नेपालले समाजको परिवर्तन र रुपान्तरण गर्ने जिम्मेवारी अझै आफूहरुको काँधमा रहेको बताए । समाजवादको ध्येय र उद्देश्यलाई सफल बनाउने अभिभारा अझै आफूहरुको काँधमा रहेको बताए ।


प्रकाशित मिति: ७ श्रावण २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?