Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

मधेसमा पानी नभए घर छोड्दा समेत सरकार जिम्मेवार भएनः सांसद कंशाकार


काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद विन्दबासिनी कंशाकारले मधेसमा खानेपानीको अभावका कारण स्थानीय बासिन्दा घर छोड्न बाध्य हुँदा पनि सरकार गैरजिम्मेवार भएको बताएकी छिन् ।

प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै सांसद कंशाकारले पानीको हाहाकार भएको बारा, पर्सा र महोत्तरी जानुपर्ने मन्त्रीहरु विदेश भ्रमणमा व्यस्त रहेको भन्दै आपत्ति जनाएकी हुन् । भिजिट भिसामार्फत भइरहेको संगठित मानव तस्करीविरुद्ध आफूहरु ४८ दिनदेखि आवाज उठाइरहेको भएपनि सरकारले नजरअन्दाज गरेको उनको भनाइ छ । भिजिट भिसा दुरुपयोगको अनुसन्धानका लागि संसदीय छानविन विशेष समिति वा उच्चस्तरीय छानविन आयोग गठन गर्नुपर्ने उनको माग छ ।

उनले भनिन, ‘मधेशमा पिउने पानीका लागि मानिसहरु घर छोड्न बाध्य छन् । तर मन्त्रीहरु विदेश भ्रमणमै मस्त छन् । बारा, पर्सा, महोत्तरी पुग्नुपर्ने अर्जेन्सी सरकालाई छैन । संसदमा हामी ४८ दिनदेखि उभिएका छौं । भिजिट भिसाको नाममा हुने संगठित तस्करीबारे सरकारलाई खबरदारी गरिरहेका छौं । तस्करको सेटिङ नभत्किएको आजकै राष्ट्रिय दैनिकहरुमा छापिएको छ । भ्रष्ट र तस्करहरु सरकारसँग डराएका छैनन् ।’

उनले भिजिट भिसा दुरुपयोगसम्बन्धी छानविन गर्न संसदीय समिति नबनेसम्म आन्दोलन जारी रहने बताइन ।


प्रकाशित मिति: ७ श्रावण २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?