Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

मधेसमा पानी नभए घर छोड्दा समेत सरकार जिम्मेवार भएनः सांसद कंशाकार


काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद विन्दबासिनी कंशाकारले मधेसमा खानेपानीको अभावका कारण स्थानीय बासिन्दा घर छोड्न बाध्य हुँदा पनि सरकार गैरजिम्मेवार भएको बताएकी छिन् ।

प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै सांसद कंशाकारले पानीको हाहाकार भएको बारा, पर्सा र महोत्तरी जानुपर्ने मन्त्रीहरु विदेश भ्रमणमा व्यस्त रहेको भन्दै आपत्ति जनाएकी हुन् । भिजिट भिसामार्फत भइरहेको संगठित मानव तस्करीविरुद्ध आफूहरु ४८ दिनदेखि आवाज उठाइरहेको भएपनि सरकारले नजरअन्दाज गरेको उनको भनाइ छ । भिजिट भिसा दुरुपयोगको अनुसन्धानका लागि संसदीय छानविन विशेष समिति वा उच्चस्तरीय छानविन आयोग गठन गर्नुपर्ने उनको माग छ ।

उनले भनिन, ‘मधेशमा पिउने पानीका लागि मानिसहरु घर छोड्न बाध्य छन् । तर मन्त्रीहरु विदेश भ्रमणमै मस्त छन् । बारा, पर्सा, महोत्तरी पुग्नुपर्ने अर्जेन्सी सरकालाई छैन । संसदमा हामी ४८ दिनदेखि उभिएका छौं । भिजिट भिसाको नाममा हुने संगठित तस्करीबारे सरकारलाई खबरदारी गरिरहेका छौं । तस्करको सेटिङ नभत्किएको आजकै राष्ट्रिय दैनिकहरुमा छापिएको छ । भ्रष्ट र तस्करहरु सरकारसँग डराएका छैनन् ।’

उनले भिजिट भिसा दुरुपयोगसम्बन्धी छानविन गर्न संसदीय समिति नबनेसम्म आन्दोलन जारी रहने बताइन ।


प्रकाशित मिति: ७ श्रावण २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?