Trending
>>   बालश्रम शोषणको आरोपमा सांसद रेखा शर्मा पक्राउ >>   राइड शेयरिङमा मनोमानी बढेको भन्दै ‘प्रो राइडर समूह’ आन्दोलित, प्रतिकिलोमिटर २७ रुपैयाँ भाडा तोक्न माग >>   सरकारको कार्ययोजनाः सार्वजनिक खरिद सुधारदेखि ऊर्जा निर्यात रणनीतिसम्म >>   ‘बखान’ उपन्यासलाई शहीद शिवप्रसाद पौडेल स्मृति राष्ट्रिय पुरस्कार >>   पीएसपीपी कार्यान्वयन गर्ने सरकारी निर्णयको निजी क्षेत्रबाट स्वागत >>   पूर्वप्रधानमन्त्री र गृहमन्त्रीको पक्राउः कानूनको शासन कि शक्तिको कानून ? >>   सरकारको कदम प्रतिशोधपूर्ण र घृणायुक्त, अध्यक्ष र पूर्व गृहमन्त्रीलाई तत्काल रिहा गरियोस्ः महेश बस्नेत >>   अहंकार >>   अध्यक्ष ओलीको गिरफ्तारी प्रतिशोधपूर्ण र गैरकानूनी, आजैबाट प्रदर्शनका कार्यक्रम शुरुः एमाले >>   प्रतिशोधको जवाफ प्रतिवाद हुन्छः लालबाबु पण्डित
Logo
१६ चैत्र २०८२, सोमबार
१६ चैत्र २०८२, सोमबार

पूर्वराष्ट्रपतिलाई राजनीतिमा ल्याउन खोज्नु राष्ट्रपति पदकै अपमान होः प्रधानमन्त्री ओली


काठमाडौँ। प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पुनः सक्रिय राजनीतिमा ल्याउन खोज्नु राष्ट्रपति पद र गरिमाप्रति नै अपमान हुने बताएका छन् ।

मंगलवार राति एमाले केन्द्रिय कमिटीको बैठक समापन गर्दै अध्यक्ष ओलीले राष्ट्रिय गौरवका रुपमा रहेको व्यक्तिलाई राजनीतिमा ल्याउँदा उनलाई दिएको सम्मानप्रति नै अपमान हुने बताएका हुन् । बैठकपछि केन्द्रिय कमिटीका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले अध्यक्ष ओलीको भनाई उद्धृत गर्दै प्रचार विभाग प्रमुख गौतमले पूर्वराष्ट्रपति भण्डारीलाई पूर्वराष्ट्राध्यक्षकै रुपमा सम्मान कायम राख्नुपर्ने बताए ।

गौतमले भने, ‘पूर्वराष्ट्रपति भण्डारी हाम्रो आफैंमा एउटा गौरवको नाम हो । उहाँ एउटा देशभक्त, राम्रो अडान भएको, कार्यसम्पादन क्षमता भएको राष्ट्रपतिको रुपमा आफूलाई स्थापित गर्नुभएको छ । उहाँले आफूलाई देशभक्ति भावनाले ओतप्रोत गर्नुभएको छ । उहाँले लोकतन्त्रप्रति बाल्यकालदेखि नै लामो संघर्षको जीवन बिताउनुभएको छ । राष्ट्राध्यक्ष जस्तो हाइटमा पुगेको व्यक्तित्वलाई तल ल्याएर पार्टीमा काम लगाउनु उहाँको सम्मानप्रति पनि अपमान हुनसक्छ ।’

मंगलवार राति सम्पन्न एमाले केन्द्रिय कमिटी बैठकले पूर्वराष्ट्रपति भण्डारीलाई राजनीतिमा आउनबाट रोक्ने निर्णय गरेको छ ।नेता गौतमले एमालेले ७० वर्षे उमेरहद कायम राख्दा अध्यक्ष ओलीलाई पुनः अध्यक्ष बन्नबाट रोक्ने हुँदा ७० वर्षे उमेरहद हटाइएको स्पष्ट पारे ।

पार्टीका वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष लगायत नेताहरूलाई ११ औँ महाधिवेशनमा नेतृत्वको लागि प्रतिष्पर्धा गर्न नरोकेको भन्दै केन्द्रिय कमिटीले पुनः अध्यक्षमा ओलीलाई नै अघि सार्न चाहेको बताए । बैठकले विधान अधिवेशनको तयारी लगायतका विषयमा निर्णय गरेको छ ।


प्रकाशित मिति: ७ श्रावण २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?