Trending
>>   बालेनलक्षित ओलीको टिप्पणी :‘देशमा चर्चित भनिएकाहरु नै नसामा भेटिन्छन्’ >>   नेपालको न्यायपालिका विकास विरोधी छैनः न्यायाधीश ढुंगाना >>   कुहिरो र हुस्सुले जनकपुरको जनजीवन प्रभावितः स्थानीय सरकारले चासो नदिएको गुनासो >>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा
Logo
१० पुष २०८२, बिहीबार
१० पुष २०८२, बिहीबार

पूर्वराष्ट्रपतिलाई राजनीतिमा ल्याउन खोज्नु राष्ट्रपति पदकै अपमान होः प्रधानमन्त्री ओली


काठमाडौँ। प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पुनः सक्रिय राजनीतिमा ल्याउन खोज्नु राष्ट्रपति पद र गरिमाप्रति नै अपमान हुने बताएका छन् ।

मंगलवार राति एमाले केन्द्रिय कमिटीको बैठक समापन गर्दै अध्यक्ष ओलीले राष्ट्रिय गौरवका रुपमा रहेको व्यक्तिलाई राजनीतिमा ल्याउँदा उनलाई दिएको सम्मानप्रति नै अपमान हुने बताएका हुन् । बैठकपछि केन्द्रिय कमिटीका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले अध्यक्ष ओलीको भनाई उद्धृत गर्दै प्रचार विभाग प्रमुख गौतमले पूर्वराष्ट्रपति भण्डारीलाई पूर्वराष्ट्राध्यक्षकै रुपमा सम्मान कायम राख्नुपर्ने बताए ।

गौतमले भने, ‘पूर्वराष्ट्रपति भण्डारी हाम्रो आफैंमा एउटा गौरवको नाम हो । उहाँ एउटा देशभक्त, राम्रो अडान भएको, कार्यसम्पादन क्षमता भएको राष्ट्रपतिको रुपमा आफूलाई स्थापित गर्नुभएको छ । उहाँले आफूलाई देशभक्ति भावनाले ओतप्रोत गर्नुभएको छ । उहाँले लोकतन्त्रप्रति बाल्यकालदेखि नै लामो संघर्षको जीवन बिताउनुभएको छ । राष्ट्राध्यक्ष जस्तो हाइटमा पुगेको व्यक्तित्वलाई तल ल्याएर पार्टीमा काम लगाउनु उहाँको सम्मानप्रति पनि अपमान हुनसक्छ ।’

मंगलवार राति सम्पन्न एमाले केन्द्रिय कमिटी बैठकले पूर्वराष्ट्रपति भण्डारीलाई राजनीतिमा आउनबाट रोक्ने निर्णय गरेको छ ।नेता गौतमले एमालेले ७० वर्षे उमेरहद कायम राख्दा अध्यक्ष ओलीलाई पुनः अध्यक्ष बन्नबाट रोक्ने हुँदा ७० वर्षे उमेरहद हटाइएको स्पष्ट पारे ।

पार्टीका वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष लगायत नेताहरूलाई ११ औँ महाधिवेशनमा नेतृत्वको लागि प्रतिष्पर्धा गर्न नरोकेको भन्दै केन्द्रिय कमिटीले पुनः अध्यक्षमा ओलीलाई नै अघि सार्न चाहेको बताए । बैठकले विधान अधिवेशनको तयारी लगायतका विषयमा निर्णय गरेको छ ।


प्रकाशित मिति: ७ श्रावण २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?